काठमाडौं । के तपाईंको बैंक खाता साँच्चै सुरक्षित छ त ? अहिले यो प्रश्न बैंकिङ प्रणालीमाथि खडा भएको छ । नेपालका २० मध्ये १८ वटा वाणिज्य बैंकका कर्मचारी, सिस्टम एड्मिनिस्ट्रेटर र ग्राहकसँग सम्बन्धित ९ हजारभन्दा बढी संवेदनशील लगइन विवरण डार्क वेबमा फेला परेको छ । यसले बैंकिङ प्रणालीमा रहेको सुरक्षा चुनौती उजागर गरेको छ।
नेपालका २० मध्ये १८ वटा वाणिज्य बैंकका ९ हजारभन्दा बढी संवेदनशील लगइन विवरण डार्क वेबमा फेला परेका छन । करिब ६ सय अकाउन्टका विवरण बैंकका आन्तरिक प्रणालीसँग सम्बन्धित छन । आईटी कर्मचारी, सिस्टम एडमिन , एचआर सिस्टम, ई बैंकङ्ग,र बित्तिय रिपोङ्गि पोर्टल सग सम्बिन्धत अकाउन्ट पनि डार्क वेबमा फेला परेको छ ।
लिकमा परेका बाँकी दुई वटा बैंकको भने ग्राहकको डेटा मात्रै छ । ईमेल र पासवर्ड सहितका डेटाबाट कतिपय बैंकको संवेदनशील डेटामा सजिलै पहुँच पुग्न सकिने गरि राखिएको छ ।नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, स्टान्डर्ड चार्टर्ड, प्राइम कमर्सियल, सानिमा, हिमालयन, नबिल, कुमारी, एनएमबी, ग्लोबल आईएमई, लक्ष्मी सनराइज, प्रभु, सिटिजन्स, एनआईसी एसिया र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका कर्मचारी र सिस्टम एड्मिनको डेटा डार्क वेबमा फेला परेको छ ।
आखिर के हो त डार्क वेब ?
डार्क वेब इन्टरनेटको त्यो हिस्सा हो जसलाई सर्च इन्जिनमा सूचीकरण गरिँदैन। इन्टरनेटको जुन हिस्सा आम रुपमा हामीले प्रयोग गर्दछौँ त्यो केबल ४ प्रतिशत मात्रै हो ।प्रयोग हुने इन्टरनेटलाई सर्फेस वेब भनिन्छ ।
इन्टरनेटको आम प्रयोग बाहिरको बाँकी ९६ प्रतिशत हिस्सालाई डीप वेब अर्थात् डार्क वेब भनिन्छ । डार्क वेबमा हामी सामान्य तरिकाबाट प्रवेश गर्न सक्दैनौँ ।यसका लागि हामीले आफ्नो आइपी एड्रेस परिवर्तन गरेर एक खास ब्राउजरको प्रयोग गर्नुपर्दछ ।साथै डार्क वेबमा सर्फिङ गर्नका लागि भिपिएन वा अन्य विभिन्न छिद्र टूलहरुको प्रयोग गर्नुपर्ने हुन्छ ।डार्क वेबमा यस्ता गतिविधिहरु हुन्छन् जसको बारेमा हामीले कल्पना पनि गर्न सक्दैनौँ ।
वास्तवमा यो इन्टरनेटको कालो संसार नै हो भन्दा फरक पर्देन । जहाँ मानव तस्करी, लागु औषध तस्करी, सरकारका प्रतिरक्षा गोपनियताहरु ह्याक गर्ने, बालबालिका तस्करी, हतियारको खरीदबिक्रि लगायतका खतरनाक अपराधहरु हुने गर्दछन् ।डार्क वेबमा कति वेबसाइट छन् र को मानिसले यसमा के गर्दछ त्यो पत्ता लगाउन गाह्रो हुन्छ ।
डार्क वेबमा उपस्थित कारोबारीले कसलाई के बिक्रि गर्दछ र कसरी बिक्रि गर्दछ त्यसका बारेमा थाहा पाउन पनि निकै मुस्किल पर्दछ ।प्रायः कानूनले अपराधी घोषित गरेका व्यक्तिहरूले प्रयोग गर्ने वेबको रुपमा चित्रण गर्ने गरिएको पाइन्छ ।चोरी गरिएका आईपी र डेटा प्रायः डार्क वेबबाट नै खरिद ब्रिक्री गरिन्छ ।जसमा बिक्रेताले सयौँ टेराबाइट सूचनाहरूमा विभिन्न अफरहरू दिइरहेका हुन्छन् ।
अहिले यसरी नै डार्क बेबमा फेला परेका १६ वटा वाणिज्य बैंकका कर्मचारी र सिस्टम एड्मिनको ईमेल ,युजरनेम र पासवर्ड हेर्दा नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक लिमिटेड सबैभन्दा बढी जोखिममा परेको देखिएको छ ।कृषि विकास बैंक जसले सरकारी डोमेन प्रयोग गर्छ ।यस बैंकका २० ओटा ईमेल अकाउन्ट र पासवर्ड डार्क वेबमा भेटिएको छ ।
जुन अकाउन्ट १ सय १९ पटक लिक भएका छन् ।सरकारी स्वामित्वको बैंककै यति धेरै संवेदनशील डेटा बाहिरिनुले सरकारी क्षेत्रको डेटा सुरक्षामा थप चिन्ता थपिदिएको छ ।बाहिरिएका विवरण युजरनेम र पासवर्ड सबैभन्दा बढी माइक्रोसफ्ट ३६५÷युजर एडी र अफिसको वेबमेल लगइन पेजसँग सम्बन्धित छन् । त्यसपछि क्रमशः कर्मचारी प्रशासन प्रणाली अर्थात एचआर सिस्टम, कोर बैंकिङ, ई–बैंकिङ पोर्टल र ११ वटा घटनामा त नेपाल राष्ट्र बैंकको वित्तीय रिपोर्टिङ पोर्टलका विवरण बाहिरिएको छ ।
सानिमा बैंक, कुमारी बैंक, एनआईसी एसिया बैंक र प्राइम कमर्सियल बैंकका एक–एक जना सिस्टम एड्मिन वा आईटी कर्मचारीका अकाउन्ट लिक भएका छन् ।सानिमा बैंकको हकमा, एउटै एड्मिन अकाउन्टसँग सम्बन्धित विवरण विभिन्न समयमा गरी कूल ५ पटक बाहिरिएको देखिन्छ ।त्यसमा पनि दुई वटा थर्ड पार्टी प्रोजेक्टको प्लेटफर्ममा र तीन वटा बैंकको सिस्टममै एक्सेस पाउन सकिने किसिमको रहेको देखिन्छ ।
सबैभन्दा बढी प्रभावित नबिल बैंक देखिएको छ । जसको १२८ वटा क्रेडिन्सियल रेकर्ड बाहिरिएका छन् ।यसैगरी, राष्ट्रिय वाणिज्य बैंकका ६०, नेपाल बैंक लिमिटेडका ५६, सानिमा बैंकका ५२, एनएमबी बैंकका ५० र कुमारी बैंकका ४३ वटा रेकर्ड लिक भएको देखिन्छ ।
हिमालयन बैंकका ४४, सिटिजन्स बैंक इन्टरनेसनलका ३१, एनआईसी एसिया ३०, प्रभुका ३१, कृषि विकास बैंक २० र स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका २० वटा विवरण बाहिरिएका छन् । यसैगरी ग्लोबल आईएमई, प्राइम कमर्सियल, नेपाल इन्भेस्टमेन्ट मेगा र लक्ष्मी सनराइजका सबैभन्दा कम १–१ वटा क्रेडिन्सियल रेकर्ड मात्र लिक भएको छ ।यी रेकर्ड केबल बैंकका कर्मचारी र सिस्टम एड्मिनिस्ट्रेसनसँग मात्र सम्बन्धित छन् ।
यसैगरी, बैंकको मुख्य सिस्टम र ई–बैंकिङका २२ वटा अकाउन्ट तथा फोनपे जस्ता रकम भुक्तानी गर्ने गेटवेका १४ वटा अकाउन्ट पनि लिक भएको डेटामा समावेश छन् भने ११ वटा अकाउन्ट नेपाल राष्ट्र बैंकमा वित्तीय रिपोर्ट पठाउने लगइन पोर्टलका छन ।यस बाहेक, कर्मचारीहरूले चलाउने अन्य विभिन्न साधारण वेबसाइट र पोर्टलका ३२९ वटा अकाउन्ट पनि लिक भएका छन् ।
केही समय अगाडि प्रहरीको वेबसाईट नै ह्याक गरि काजु नाम गरेका ब्यक्तिले डार्क वेबमा २० हजार डेटा राखिदिएको थियो। जहाँ ब्यक्तिको संवेदनशील डेटा थियो ।यसअघि पनि प्रदेश लोकसेवा आयोग लुम्बिनीको वेबसाईट ह्याक गरेर तिन लाख प्रयोगकर्ताको डेटा लिंक गरिएको थियो ।
अब यो प्रहरी हुदै बैंक सम्म आईपुगेको छ।यसले पनि के देखाउँछ भने हामी कहाँ स्टिम बनाउन हतार हुन्छ तर सुरक्षा भने कुरा सधै पछि पर्छ ।अनि कसैले भत्काएर देखाएपछि बल्ल सर्च रिसर्च सुरु हुन्छ ।
