काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह मुस्तङ भ्रमणमा निस्किएका छन्। काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठकपछि दुई दिने क्लोज क्याम्प राखेको छ। तर, उनी मुस्ताङतर्फ दौडिरहेका छन्। नेपाली सेनाको हेलिकोप्टरबाट मुस्ताङ जाने योजना स्थगित गराएर सडकमार्ग हुँदै वालेन्द्र मुस्तातर्फ जानुलाई अर्थपूर्ण मानिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री वालेन्द्र शाह वरिष्ठ नेता पनि हुन्। तर, उनी पार्टीको बैठकमा सहभागी छैनन्। यसले एउटा बहस जन्माएको छ, रास्वपालाई वालेन्द्र शाह चाहिएको हो वा वालेन्द्रलाई रास्वपा ? यी प्रश्नको जवाफ वालेन्द्रबाहेकले दिन सक्ने स्थिति भने देखिन्न ।
रविले आफ्ना तर्फका मनोनयन पुरा गरेका छन्। सचिवालय विस्तारदेखि विभिन्न पदमा जिम्मेवारी दिदा वालेन्द्र पक्षका केहि नेताहरुको व्यवस्थापनलाई थाँती राखेका छन्। यसको एउटै कारण हो, वालेन्द्र शाहले दिने प्रतिक्रियाको ढिलासुस्ती । बाहिर ठिकठाक चलिरहेको छ भन्दै रविले नेता तथा जनतालाई आश्वस्त पार्न खोजेपनि वालेन्द्रको आफ्नै शैलीका कारण रास्वपाको राजनीति तरङ्गित बन्न पुगेकोमा शंका छैन्। यस्तोमा उनी निष्फिक्री मुस्ताङतर्फ सडकमार्ग हुँदै गएपछि केन्द्रीय समितिको क्लोज क्याम्पमा पनि सहभागी नहुने निश्चित जस्तै बन्न पुगेको छ ।
भ्रमण तालिका अनिश्चयमा
मुस्ताङ पुगेका वालेन्द्र शाहले कहाँ–कहाँ भ्रमण गर्छन भन्ने कुरा सार्वजनिक गरिएको छैन्। यद्यपी उनले मुक्तिनाथको दर्शन गर्ने विषय भने लगभग पक्काजस्तै भएको बताइन्छ। एकाबिहानै काठमाडौंबाट पोखरातर्फ शुक्रबार निस्किएका वालेन्द्रलाई साथ दिन पर्यटनमन्त्री गणेश पौडेल समेत साँझ मात्रै पुगेका थिए।
रिसोर्टमा साथ दिन पुगेका मन्त्री पौडेल पनि संगै रहेको बताइन्छ। लावालस्करसहित सडकमार्ग हुँदै मुस्ताङ जानेक्रममा वालेन्द्रले सर्वसाधारणसंग समेत केहि स्थानमा गफगाफ गरेको देखिन्छ। तर, उनी अन्तिम समयमा आएर किन सेनाको हेलिकोप्टरमा सवारी गरेनन भन्ने चासो भने देखिन्छ। तर, सेनाको हेलिकोप्टरबाट मुस्ताङ जाँदा आइतबार बिहान नै काठमाडौं पुग्ने अवस्था बन्ने र पार्टी क्लोज क्याम्प पनि रहेकाले सडकमार्ग हुँदै गएमा आफ्नै शुर कस्न सकिने विश्लेषण गरिरहेका छन्। तर, वालेन्द्रको शैली र स्वभावकै कारण उनी पार्टी काममा सक्रिय नहुने र सरकारमै केन्द्रित रहने चर्चा पनि उत्तिकै चल्ने गरेको छ।
मुस्ताङ ब्राण्ड एम्बेस्डर बन्लान ?
चुनावी प्रचारको बेला सुदूरपश्विमको बडामालिकाको नाम उच्चारण गरेपछि यो अहिले चर्चामा रहेको गन्तव्य बन्न थालेको छ। मुस्ताङ क्षेत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको भ्रमणपछि भइरहेको पर्यटकको फ्लोलाई थप बढाउने गरि वालेन्द्रको यो भ्रमणले काम गर्ने विश्वास गरिएको छ। वालेन्द्रले मुस्ताङ भ्रमण गर्दा भइरहेका चर्चाले नै धेरै मानिसहरुको आकर्षण त्यसतर्फ भने सोझिएको देखिन्छ। यसकारण पनि वालेन्द्र मोदीपछिका ब्राण्ड एम्बेस्डर बन्ने चर्चा चलिरहेको छ। प्रधानमन्त्री वालेन्द्रले गर्ने भ्रमण र दिने सन्देश कस्तो हुन्छ भन्ने विषयले पनि मुस्ताङमा पर्यटकको आवागमनमा उतारचढाव हुने चर्चा चलिरहेको छ।
