News 24 Television
प्रचण्डको जोडः बाम एकता, बालेन्द्र विदेशी ब्रान्ड, एमाले–नेकपा एक स्वर !

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले बाम एकतामा सक्रियता बढाएको छ । आइतबार काठमाडौँको प्रज्ञाप्रतिष्ठानमा कम्युनिष्ट आन्दोलनमा सहकार्य, एकता र पुगर्गठन विषयमा अन्तरक्रिया नै आयोजना ग¥यो । कार्यक्रममा नेकपाका संयोजक पुष्पकमल दाहाल, एमाले नेता प्रदिप कुमार ज्ञवाली, गुणराज लोहनी, रामबहादुर बुढा र रामप्रकाश पुरी सहभागि थिए । कायत्र्रmममा बोल्ने नेताहरुले कम्युनिष्ट एकता र पुनर्गठन आवश्यक रहेको ठम्याईँ गरेका छन् । 

जबजब नेपालका बाम शक्तिहरु कमजोर बन्छन्, तबतब एकता, रुपान्तरण र पुर्नगठनको व्यमौसमी बाचा बजाइहाल्छन् । नेता र कार्यकर्तालाई भ्रममा पार्दै नेतृत्वमा हाबी हुने ओली र प्रचण्डको यो पुरानै रोग हो । आफ्नो पद जोगाउनकै लागि अनकौँ हतकण्डा अपनाउने गरेका यी पात्रको विश्राम बहस नेपाली राजनीतिमा चलिरहेको छ । नेताहरु भने त्यो मान्न तयार छैनन् । 

उसो त संघीयता र गणतन्त्र स्थापनामा नेताहरुको योगदानलाई कम आँकलन गर्नु भने हुँदैन । तर समय बदलीएको छ । मुलुकमा ३६ बर्षका युवा बालेन्द्र शाह ‘बालेन’ मुलुकको कार्यकारी प्रमुख छन् । जनताले पुराना र पाका नेताहरुलाई राजनीतिक विश्राम लिन जनमत मार्फत् सन्देश दिइसके । गत बर्ष फागुन २१ को प्रतिनिसभा त्यसको उदाहरण हो । जहाँ एमाले अध्यक्ष केपी ओलीले मात्रै होइन, युवाका ढुकढुकी मानिएका कांग्रेस सभापति गगनले पनि चुनावी हारको सामना गर्नुपर्याे ।

यति हुँदाहुँदै पनि नेपालका कम्युनिष्ट नेताहरु नेतृत्व छाड्नु त परेको कुरा हो, बरु एकता र पुर्नगठनको जोड दिन व्यस्त छन् । आइतबार नेत्रविक्रम चन्दबाट अलग भएको एउटा समूहले प्रज्ञा प्रतिष्ठान कमलादीमा ‘कम्युनिष्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन विषयमा गरेको अन्तरक्रियामा बोल्दै ‘प्रचण्ड’ले कम्युनिष्ट एकता अपरिहार्य रहेको दाबी गरे । विगतबाट पाठ सिक्दै नेपाली कम्युनिष्ट दल एक ठाउँमा हुनुपर्ने र विगत र वर्तमानको धरातलमा टेक्नु पर्ने उनको तर्क छ ।  

यस्तै, पूर्व मन्त्री तथा नेकपा एमालेका नेता प्रदिपकुमार ज्ञवाली पनि कम्युनिष्ट एकता र सहकार्यमा सकरात्मक छन् । एमालेको राजनीतिक उपलब्धी र कमजोरीको स्वीकार गर्दै नेता ज्ञवालीले एकतामा हतारो नगरी गोलबद्ध हुनुपर्ने बताउँछन् । 

पछिल्लो समय कम्युनिष्ट नेताहरुले राष्ट्रिय स्वाधिनताको चिन्ता गर्ने गरेका छन् । राष्ट्रिय स्वाधिनताको रक्षाका लागि कम्युनिस्ट घटकहरुबीच एकता वा सहकार्यमा जोड दिँदै आएका छन् । पार्टीभित्र पुनर्गठन र रुपान्तरणको बहस चर्किँदै गर्दा कम्युनिस्ट नेताहरुले बाम दलहरुबीचको एकतामा जोड दिइरहेका छन् । नेपाली राजनीतिमा गणतन्त्र स्थापना यता कम्युनिष्ट घटकहरु यो वा त्यो रुपमा सत्ताकै वरिपरि रहेका थिए । बाम दलहरु सत्तामुखी भए पनि जनतामुखी हुन नसक्दा नागरिकबाट तिरस्कृत हुँदै गएका छन् । 

सत्ता केन्द्रित राजनीतिकै कारण कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको भन्दै नेताहरुले पुनः बाम एकता र सहकार्यमा जोड दिँदै आएका छन् ।  विगतमा पनि कम्युनिस्ट एकता भन्दै ठूला कम्युनिस्ट पार्टीहरुबीच एकता भएका थिए । तर ती एकता लामो समय टिक्नै सकेन । त्यसैले एकताको जोड दिएका नेताहरु हतरो गरिहाल्ने पक्षमा भने छैनन् । 

 

प्रकाशित मिति: सोमबार, भदौ ८, २०८३  ०८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update