काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चीन भ्रमणमा नजाने भएका छन्। रविले चीन भ्रमणलाई केहि समय पछि धकेल्ने रणनीति अख्तियार गरेका हुन्। रविको चीन भ्रमणअघि नै अर्थमन्त्री समेत रहेका रास्वपा उपसभापति डा. स्वर्णिम वाग्ले भारत जाने भएका छन्।
भदौ तेश्रो साता चीन भ्रमणमा जाने तयारी गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ले चीन भ्रमण पछि धकेलेका छन्। चीन भ्रमणको अन्तिम तयारीमा रहेका रवि लामिछानेले चिनियाँ राष्ट्रपति सी जिनपिङसंग भेटवार्ताको समय नमिलेपछि रोकिएको बताइन्छ। तर, रविविरुद्ध नेपालका अदालतमा चलिरहेका सहकारी ठगीका मुद्दाकै कारण अन्य राष्ट्रहरुले पनि खास चासो नदिएको चर्चा चलिरहेको छ। रविलाई भ्रमण गराएपनि शीर्ष नेतृत्वले भने भेट्न नसकिने स्थिति बनिरहेको बताइन्छ। कारण, उनको नेपालका अदालतमा चलिरहेका मुद्दा र ती विषयलाई उनले अन्तराष्ट्रिय समर्थनको विषय बनाउन सक्छन भन्ने चासो देखिन्छ।
भदौ दोश्रो साताका लागि चीन भ्रमणमा निस्किने र बेइजिङबाटै कैलाश मानसरोवर जाने कार्यक्रम तय भएको थियो। तर, अन्तिममा आएर रविले चीन भ्रमण स्थगित गर्दै असोज पहिलो सातातिर मात्रै जाने गरि अघि बढेका हुन्। चिनियाँ पक्षले पनि सामान्य भ्रमण गराउन चाहेको देखिन्छ। चिनियाँहरुले रास्वपा, रवि र रास्वपा नेतृत्वको सरकारले के चाहन्छ भन्ने विषयमा ध्यानपूर्वक नियालिरहेको छ। यसकारण पनि चीनले उनको सामान्यस्तरको भ्रमणलाई जोड दिएको देखिन्छ। तर, रविले सीसंग नै भेट्ने अड्डी कस्दा भ्रमण अन्योलतामा फसेको देखिन्छ।
प्रधानमन्त्री वालेन्द्रको अब्जेक्सन
रास्वपा वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहले सभापति रवि लामिछानेलाई विदेश भ्रमणमा नजान सुझाव दिएको बताइन्छ। वालेन्द्रले रविलाई नेपालका अदालतमा चलेका मुद्दामा क्लिन चिट नलिई शक्ति सञ्चय गर्न खोज्ने परम्पराले सहि दिशा दिन नसक्ने भन्दै मुलुकमै पार्टीको काममा सक्रिय हुन सुझाव दिएका थिए। तर, रविले भारत पुगेपछि प्राप्त गरेको आथित्यतापछि भने हौसिएको बताइन्छ। जसअनुसार रविले आफ्नो चीन भ्रमणको तयारी धकेलिन पुगेको बतइान्छ। रविले सेप्टेम्बरकै मध्यतिर चीन भ्रमण गर्ने दाबी गरिएको छ।
स्वर्णिम चीन जाँदै
रविको चीन भ्रमण स्थगित भएपनि यता, उपसभापति डा. स्वर्णिम वाग्ले भारत भ्रमणमा जाने भएका छन्। वाग्लेले भारतमा उच्चस्तरिय भ्रमण गर्ने बताइएको छ। वाग्लेको भ्रमण निश्चित भएपनि विस्तृत जानकारी भने सार्वजनिक गरिएको छैन्।
सांसदको टोली चीन जाँदै
रविले चीन भ्रमण स्थगित गरेपनि सांसदहरुको एउटा टोली चीन भ्रमणमा निस्किने भएका छन्। बेइजिङमा हुने विकासशील देशका सांसदहरूको ८औँ सेमिनारमा सहभागी हुन पाँच जनाको टोली भोली भदौ ८ गते चीन जाने कार्यक्रम छ।प्रतिनिधिसभामा रास्वपाका सांसद कमल सुवेदीले नेतृत्व गर्ने टोलीमा राष्ट्रिय सभाका सांसद झक्कु सुवेदी, किरण बाबु श्रेष्ठ, प्रतिनिधिसभाका सांसद यज्ञ बहादुर बोगटी र संघीय संसदका उपसचिव शारदा भण्डारी रहने बताइएको छ।
