काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको दुई दिने बन्द प्रशिक्षण सकिएको छ । केन्द्रीय समिति सदस्यहरुलाई रास्वपाले प्रशिक्षण दिदै योजना ल्याउन निर्देशन दिएको छ । यस्तै पार्टीलाई थप सशक्त र बलियो बनाउन समेत रविले अनुशासन र इमान्दारितामा रहन समेत भनेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंमा दुई दिने ‘नीति, संगठन र नेतृत्व’ कार्यशाला सकेको छ। कार्यशालालाइ सम्बोधन गर्दै सभापति रवि लामिछानेले विगत ३५ वर्षको हिसाब माग्दै नहिँड्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।
पुराना दलका नेताहरुको आलोचनामा भन्दा योजना ल्याउनुपर्नेमा निर्देशित गरेका हुन्। यस्तै रविले रास्वपाका कारण लोकतन्त्र कमजोर नहोस भन्ने कुरामा समेत ख्याल राख्न रविले निर्देशन दिए।
रास्वपाको दुई दिने कार्यशाला सकिएको छ। यस्ता कार्यक्रम आयोजना गरिरहने समेत रविले भनेका छन्। यद्यपी यो बैठकमा वरिष्ठ नेता वालेन्द्र शाह भने उपस्थित भएनन्।
