काठमाडौं । नेपालमा जब प्राकृतिक विपत्ती आउँछ, नेपाली सेना अग्र मोर्चामा रहेर नागरिकको सेवामा समर्पित हुन्छ । रसुवामा आएको विनासकारी बाढीले दुई सय बढि नागरिकको मृत्यु, सयौँ घाइते र बेपत्ता हुँदा सेनाको सक्रियता प्रशंशायोग्य रह्यो ।
दिन रात नभनी नेपाली नेताले देखाएको सक्रियताले सयौँ घाइतको उद्धार र मृतकको पहिचान भएको छ । उद्धार, राहत र व्यवस्थापन कुनै कसुर बाँकी नराखेको सेना निकै प्रभावकारी देखिएको छ । थप चर्चा थर्दैछन् ।
जब देशमा संकट पर्छ, जब नागरिकको जिन्दगी नै खतरामा पर्छ, तब एउटै नाम अगाडि आउँछ— नेपाली सेना । हो, रसुवाको भोटेकोशीमा बाढीले ताण्डव मच्चायो । अचानक आएको लेदोसहितको विनाशकारी बाढीले टिमुरे र स्याफ्रुबेँसी सोहोरेर लैजाँदा हजारौँ नागरिक विस्थापित भए । अहिलेसम्म दुई सय बढि नागरिकको शव भेट्टिएका छन् । उद्धार तथा राहतमा राज्यका सम्पूर्ण संयन्त्र सक्रिय बने । तर अग्र मोर्चामा नेपाली सेना देखियो ।
सेनाको ‘¥यापिड रेस्क्यु र इमर्जेन्सी मेडिकल टिम’ले नागरिकको सेवामा अहोरात्र काम ग¥यो । अहिले पनि गरिरहेको छ । यो देखेर आम नेपालीको मनमा नेपाली सेना पुनः एकपटक बस्न सफल भयो । सेनाका जवान र पाइलटहरूले भने मृत्युको मुखमा पुगेका नागरिकलाई उद्धार गरे । सयौँ नागरिकको ज्यान जोगाउन सफल भयो सेना ।
सेनाले ¥यापिड रेस्क्यु काबिल !
बाढी वितण्डामा अहम् भुमिका खेलको नेपाली सेनाले अहिलेसम्म विभिन्न देशका स्वदेशी तथा विदेशीगरी साँढे तीन सयभन्दा बढिको हवाई मार्फत् उद्धार गरेको छ । जुन सेनाको ¥यापिड रेस्क्युबाट सम्भव भएको हो । साथै, करिब ४ हजार फौजद्वारा समन्वयात्मक रूपमा घाइतेहरूको खोज तथा उद्धार कार्य, आपत्कालीन उपचार तथा राहत सामग्री वितरण कार्य पनि चलाइरहेको छ । सेनाको उद्धार कार्यले दर्जनौँ नागरिक नयाँ जिवन पाउन सफल भए ।
आफ्नै ज्यान जोखिममा राखेर सक्रिय सेनाका जवान र मातहतको टोलीको तारिफ भइहेको छ । उसो त विपतको बेला सेना सक्रिय बन्ने कुरा संविधानमै छ । बाढि प्रभावित क्षेत्रमा नागरिकको उद्धारमा मात्रै होइन्, सेनाले उपचार र राहतमा पनि उत्तिकै ठुलो भुमिका खेल्न सफल भयो ।
विशेषगरी सेनाको हेलिकप्टर ¥यापिड रेस्क्यु टोली यो पटक बढि नै प्रभावभारी बन्यो । बाढी जस्तो विपतको बेला हवाई रेस्क्यु नै अचुक उपाय हो । रेस्क्युमा एक दर्जन बढि हेलिकप्टर प्रयोग गरिएका छन् । नेपाली सेनाले सम्पूर्ण शक्ती लगाएर दिनरात नभनी काम गर्न सफल भयो ।
सयौँ नागरिकको काल बनेर आएको विनासकारी बाढीमा नेपाली सेनाले अग्र मोर्चामा काम गर्न सफल भएको देखियो । यसमा तीन तहको सरकार र अन्य सुरुक्षा निकाय नेपाल प्रहरी र शशस्त्र प्रहरीको पनि प्रशंशा गर्न योग्य भुमिका देख्न पाइएको छ ।
विपत कुनै बाजा बजाएर आउने होइन् विपत पश्चात्को उद्धार राहतमा कसको कति भुमिका रह्यो भन्ने महत्वपूर्ण हो । रसुवाको भोटेकोशी विनासकारी बाढी पश्चात्को उद्धार र राहत भने प्रशंशा गर्न लायक नै छ । यो बाढीले इतिहासमै ठुलो जनधनको क्षति भएको मध्येको एक घटनाका रुपमा लिइएको छ । विपतमा उद्धार र राहतमा भुमिका खेलौँ, संयम बनौँ !
