News 24 Television
बाढीबारे संसदमा प्रधानमन्त्रीको सम्बोधन, के–के भने ? हेर्नुहोस १० बुँदामा

काठमाडौं । संसदमा आउनै नचाहने प्रधानमन्त्री वालेन्द्र शाहको शैली बेग्लै छ। उनी संसदलाई पहिलो पटक सार्वभौम भन्दै सम्बोधन गरेपनि व्यवहारतः सम्मान भने गर्नेमा पर्दैनन्। यद्यपी रसुवा बाढीबारे संसदलाई सम्बोधन गर्दै पीडित परिवारसंग सरकार साथमै रहेको जिकिर गरेका छन् ।

प्रधानमन्त्री वालेन्द्र शाहले बाढीका कारण हजारौं नागरिक वेपत्ता र हजार बढिको मृत्युपछि समेत सार्वजनिक सम्बोधन नगरेका प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जालबाट सूचना संप्रेषण गर्दै आएका थिए। 

उनले आफ्नो सामाजिक सञ्जाल र प्रधानमन्त्री कार्यालयको सामाजिक सञ्जालबाट समेत सूचना प्रदान गरे। तर, उनले भिडियो सम्बोधन गर्दै लेखपढ गर्न नजान्नेका निम्ति औपचारिक सम्बोधन भने गरेका थिएनन्। यस्तोमा उनले संसदमा उभिएर बाढीको क्षति, सरकारले गरिरहेको तयारी र जलवायु न्यायको विषयमा सम्बोधन गरेका छन्। 

वालेन्द्रले संसदमा संसदमा उभिएर सार्वभौम संसदमा उपस्थित भई जिम्मेवारी बहन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। उनले नागरिकको पीडामा काम गर्न सरकार प्रतिबद्ध रहेको दाबी गर्दै तत्काल सक्रिय बनेको दाबी गरेका छन्।

ल्हेन्दे खोला हुँदै आएको बाढीले मच्चाएको वितण्डामा दुखी बनेको भन्दै प्रधानमन्त्री वालेन्द्रले शरीर थकित भएपनि विश्राम लिने छुट नभएको जिकिर समेत गरे।

संसदमा उभिएर नागरिकप्रति जिम्मेवार बन्ने प्रतिबद्धता व्यक्त गरेका उनले जलवायु न्यायको पक्षमा नेपालले अब आफ्ना विषय राख्ने बेला आएको समेत भनेका छन्। 

यस्तोमा प्रधानमन्त्री वालेन्द्रले भनेका केहि कुराहरु बुँदागत रुपमा हेरौं।

१. बाढी लगत्तै सरकार र सरकारी संयन्त्र सक्रिय बनेका हुन्।

२. राहत तथा उद्दारमा आएका गुनासोबाट विचलित हुदैनौं, प्रतिबद्धतापूर्वक काम गर्छाैं ।

३. राहत तथा उद्दारका निम्ति विदेशी राष्ट्रहरुसंग समन्वय शुरुदेखि नै भएको थियो।

४. टनेलमा फसेका नागरिक उद्दार विश्वको अनुभवभन्दा नयाँ हो। विश्वभर नै पहिरोले पुर्ने र उद्दार गर्ने परम्परा भएपनि नेपालमा बाढीले फरक स्थितिमा पु¥याएको छ। यसको उद्दारका लागि पर्याप्त पूर्वाधार र विज्ञताको अभाव देखियो।

५.  सुरुङ उद्दारका लागि तीन देशका विज्ञहरु परिचालन गरेका छौं। 

६. पूर्वसूचना दिएन भन्ने कुरा गलत हो। विपद् पूर्वानुमानभन्दा बाहिरको कुरा हो।

७. शव व्यवस्थापन वैज्ञानिक ढंगले गरिएको छ। डिएनए परीक्षण गरिएको छ, पछि म्याच गराएर अन्तिम संस्कार गर्न सकिन्छ। यसमा भ्रममा पर्न हुँदैन्।

८. सरकारले प्रदेश र स्थानीय तहसंग समन्वय गरिरहेको छ। समन्वयमार्फत नै राहत र उद्धारका कामहरू भइरहेका छन्।

९. हेलिकोप्टर ल्याण्ड गर्ने र स्क्याभेटर अडिने ठाउँ बनाउन समय लाग्यो। त्यसपछि सक्रियतापूर्वक उद्दारको काम भइरहेको छ।

१०. म स्थलमार्ग हुँदै पूर्वाधारमन्त्रीसहित अनुगमनमा पुगेको थिए। बागमती प्रदेशका मुख्यमन्त्री पनि आफ्नो टिम लिएर उपस्थित हुनुहुन्थ्यो।

प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा यस्ता धेरै कुरा राखेका छन्। तर, उनको शैली र सक्रियतामाथिका प्रश्नहरु भने उब्जिने गरेको पाइन्छ। 

बालेन्द्र किन बस्दैनन संसदमा ?

प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा बाढीबारे सम्वोधन गरिसकेपछि सम्बोधन सकेर आफ्नो सिटतर्फ नै नपुगी किन बाहिरिए ? उनी आफू नेतृत्वको सरकारले ल्याएको बजेटको बेला समेत राष्ट्रपतिले वाचन गर्दै गर्दा बाहिरिए जसरी किन संसदमा बस्न रुचाउदैनन? यी प्रश्नहरु भने पेचिला बन्दै गएका छन्। 

उसोतः प्रधानमन्त्री वालेन्द्र शाहले अहिलेसम्म कुनै पनि संसदमा बैठकमा पुरा समय बसेको इतिहास छैन्। यस्तोमा प्रधानमन्त्री शाहले संसदको अपमान गर्ने गरेको आरोप समेत लाग्दै आएको छ। वालेन्द्रले संसदप्रति देखाएको यो शैलीले संसदीय अभ्यास र परम्परामाथिका प्रश्नहरु भने पेचिला बन्ने खतरा देखिन्छन्। यस्तोमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले कसरी व्यवस्थापन गर्ला ? यो प्रश्न भने पेचिलो बन्न पुगेको छ।

संसदमा उठ्यो प्रश्न

संसदमा प्रधानमन्त्री वालेन्द्र शाहको शैलीबारे प्रश्न समेत उठेको छ। बाढीका कारण सिर्जित समस्या समाधानका लागि सहकार्य, सहजीकरण र विश्वासको वातावरण सिर्जना गर्नुपर्नेमा नै ध्यान दिनुपर्नेमा जोड दिइएको छ। प्रतिपपक्षी दलहरुले संसदमा आफ्ना कुरा राख्ने अनि निस्किने विषयलाई कडा रुपमा विरोधको रुपमा दर्ज गराउन थालेका छन्।

यसरी वालेन्द्र शाहको शैलीमाथि पहिलेदेखि नै प्रश्न भने उठ्ने गरेका छन्। उनी संसदमा आफ्नो समय आफ्नै शैलीमा देखाउने गरेका कारण पनि प्रश्नहरु उठेका हुन्। आफ्ना कुरा पनि सुनाउने र अन्यका कुरा पनि सुन्ने प्रचलन हुनुपर्ने भन्दै प्रश्न गर्ने गरिएको छ।

प्रकाशित मिति: बिहीबार, भदौ १८, २०८३  ०९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update