काठमाडौं । प्रतिनिधिसभाले विशेष प्रस्ताव पारित गर्दै बाढीका कारण ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। संसदमा प्रधानमन्त्रीको सम्बोधन, सत्ता र विपक्षी दलको सम्बोधनसँगै बाढीको कहरसँग जुध्न सहकार्यको प्रस्ताव र सरकारी कार्यशैलीमाथिका प्रश्नमा केन्द्रित बन्न पुग्यो ।
प्रतिनिधिसभा बैठकले भोटेकोशी नदीमा आएको बाढीबारे विशेष प्रस्ताव पारित गरेको छ। योसंगै संसदमे बाढीका कारण ज्यान गुमाउनेहरुप्रति एक मिनेट मौन धारण गर्दै श्रद्धाञ्जली समेत अर्पण गरेको छ।
संसदमा प्रधानमन्त्रीको सम्बोधन र सत्ता र विपक्षी दलहरुको सम्बोधनसंगै भदौ १८ गतेसम्मका लागि बैठक स्थगित गरिएको छ। सभामुख डीपी अर्यालले बाढीबारे जानकारी दिदै घटनामा दुख व्यक्त गरे। यता बाढीमा सरकारले गरिरहेका कार्यसम्पादनमा प्रधानमन्त्री वालेन्द्र शाहले संसदलाई जानकारी दिएका छन्।
प्रधानमन्त्री शाहले संसदमा जानकारी गराएपनि सरकारी कार्यशैली र मन्त्रीहरुको बाढी प्रभावित क्षेत्रमा भएको सक्रियतामाथि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले नै प्रश्न उठाएको छ।
रास्वपाले सरकारले राहत तथा उद्दारमा राम्रो काम गरिरहेको दाबी समेत गरेको छ। सरकारलाई विपद्मा सबैले सहयोग गर्नुपर्नेमा रास्वपाको जोड पनि छ। यस्तै, विपक्षी दलहरुले भने सरकारले गरिरहेको काममा कडा प्रश्न र आलोचना गरेका छन्।
विपक्षी दलहरुले सरकारी कार्यशैलीले राहत तथा उद्दारको काम प्रभावकारी नभएको आरोप लगाएका छन्। प्रतिपक्षी दलका नेता प्रचण्डले पनि सामाजिक सञ्जालमा लेखेर चुनाव जितेपनि कार्यशैली नबदलेमा सहज नहुने भनेका छन्।
यता, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि सरकारले गरिरहेको काममा प्रश्न उठाएको छ। कांग्रेसले यो प्राण बचाउने समय भएको स्मरण गराएको छ।
उसोतः संसदमा प्रतिपक्षी दलका सांसदहरुले जनताको पीडा बुझ्न सरकारले नसकेको, झुठा दाबी गरेको समेत आरोप लगाएका छन्।
सरकारले बाढी प्रभावित क्षेत्रमा गरिरहेको काममा जनपरिचालनको योजना आवश्यक रहेको विपक्षीले औल्याएका छन्। सरकारले सेना परिचालन गरेपनि जनपरिचालन नगरेको भन्दै असन्तुष्टीहरु समेत देखिएका छन्। यद्यपी सरकारले सुरुङ मार्गमा मंगलबारदेखि नै निजी क्षेत्रलाई अनुमति दिएको छ भने प्रदेश र स्थानीय तहसंग समेत समन्वय भइरहेको दाबी गरेको छ।


