काठमाडौं । भोटकोशी बाढीमा निकै कठिन र रहस्यमय बनेको सुरुङ उद्धारमा सफलता मिलेको छ । उद्धार टोलीले त्रिशुली–३ ‘ए’बाट दुई जना नागरिकको जिवितै उद्धार गरेको छ । जिवित उद्धार भएका नागरिक हुन्, सञ्जय शाह र कविर महर्जन । यसले विभिन्न ११ जलविधुत्को सुरुङ भित्र फसेका र बेपत्ता परेका ३ सय हारहारी कर्मचारीको उद्धार हुने सम्भावना बढेको छ ।
भोटेकोशी बाढीको पछिल्लो दश दिनमा सुरुङ मार्गको खोज तथा उद्धार असफल भएपनि शुक्रबार विहान त्रिशुली–३ ‘ए’ मा भने सफलता मिल्यो । उद्धार टोलीले सुरुङमा फसेका दुई जना प्राविधिकलाई जिवितै उद्धार गर्न सफल भयो । ती दुई जना भाग्यमानी हुन्, सञ्जय साह र कविर महर्जन ।
मृत्युको दोसाँधमा पुगेर नयाँ संसार अर्थात् नवजिवन देख्न पाएका कविर र सञ्जयले भावुक र कहालिलाग्दो अभिव्यक्ति दिए । सञ्जय विधुत् प्राधिकरणका मेकानिकल फोरम्यान हुन् भने कविर सुभरभाइजर । मृत्युलाई जितेर फकिएका कविर र सञ्जयको उद्धारले परिवार, सिंगो देश र विश्वले नै राहतको सास फेरेको छ ।
यी दुई जनाको अहिले छाउनीस्थित नेपाली सेनाको विरेन्द्र अस्पतालमा सघन उपचार भइरहेको छ । कविरको अवस्था अलि जटिल भएपनि सञ्जय सुरुदेखि नै खतरामुक्त छन् । परिवार र आफन्तका जिवित उद्धार हुँदा खुशीका आँसु झरेका छन् । सुरुङबाट जीवितै उद्धार भएका कविरकी श्रीमति हीराशोभा महर्जन भनिन्–‘फर्किनुहुन्छ भनेर विश्वास नै लागेको थिएन, खुशीको सीमा छैन्’
कविरको अहिले सैनिक अस्पताल छाउनीको आईसीयू कक्षमा सघन उपचारमा भइरहेको छ । हीराशोभाका अनुसार कविरको खुट्टामा थोरै चोट र शरिर पहेँलो छ । चिकित्सकको विशेष टोलीले निगरानीमा गरिरहेको छ । सञ्जयका आफन्तले पनि उद्धार भएपछि परिवारजनमा खुशीको सिमान नरहेको बताएका छन् ।
यता, उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका साथै चीन र भारत सहित देशका विशेषज्ञको खुलेरै प्रशंशा भइरहेको छ । सुरुङभित्र अन्य व्यक्तिहरू पनि हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै नेपाली सेनासहितको प्राविधिक टोलीले उद्धार जारी राखेको छ । उसो त अझै ११ जलविद्युत आयोजनाको सुरुङमा ३०० जति मानिस फसेको अनुमान भइरहेका छन् । उनीहरुका परिवार पनि कविर र सञ्जयको जस्तै जिवित उद्धार हुने आशमा छन् ।
उद्धार कार्य जारी !
भदौँ १० को भोटेकोसी बाढी हजारौँ नागरिकको काल बन्यो । अहिलेसम्म १३ सय जति नागरिकको मृत्यु पुष्टी भइसकेको छ । अझै ४ देखि ५ हजार नागरिक बेपत्ता अवस्थामा छन् ।
१० हजार बढी उद्धार भइसकेको सरकारी तथ्याङ्क छ । बाढी वितण्डाको १० औँ दिन पुग्दा सबैभन्दा कठिन र विवादित बन्यो सुरुङ उद्धार कार्य ।
विभिन्न ११ जलविधुत आयोजनामा ठुलो क्षेत्री पु¥याउँदा त्यहाँ काम गर्ने सयौँ कर्मचारी व्यपत्ता छन् । कतिपय सुरुङ भित्र उद्धार नपाएर मृत्यु भएको हुनसक्ने र उद्धारको पखाई छन्, भन्ने अनुमान गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका साथै चीन र भारतका विशेषज्ञ सुरुङ उद्धार टोलीहरू अत्याधुनिक उपकरणसहित सुरुङ उद्धारमा खटिएका छन् ।
बालेनको अभिव्यक्ति र विरोध !
पछिल्लो ९ दिनसम्म सुरुङ उद्धार कार्यले सार्थकता पाउन सकेन । त्यसको मुख्य कारण हो, नेपाल भौगोलिक, प्राविधिक उपकरण र साधनको कठिनाँई । सुरुमा सरकारले स्वदेशी शक्ती र स्रोत साधनलाई मात्रै परिचालन ग¥यो ।
तर स्वदेशी स्रोत र साधनले काम गर्न सकेपछि सरकारले छिमेकी मुलुक भारत र चीनका साथै कोरिया सहितका मुलुकसंग हात फैलायो । दक्ष जनशक्ती परिचना हुँदा पनि सुरुङ उद्धार प्रभावकारी बन्न सकेन् । यता, सुरुङमा फसेको आशमा रहेको परिवार र नागरिकले चौतर्फी सरकारको आलोचना गरे । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले भदौ १७ गते संसदमा संबोधन गरे ।
बाढी बारे बृतान्त बताएका प्रधानमन्त्री बालेनले सुरुङ उद्धार बारे दिएको अभिव्यक्ति भने विवादित बन्यो । एकपटक त्यो अभिव्यक्ति हेरौँ र सुनौँ !
तर प्रधानमन्त्री बालेनको यो अभिव्यक्ती यसरी तोडमोड भयो की उनले विश्वमा कतै पनि नेपालको अहिलेको जस्तो बाढीको सुरुङ उद्धार गर्ने मेसिन छैन । खासमा प्रधानमन्त्रीले बाढीमा हिलो, माटो र लेदो पन्छाउन मिल्ने उपकरण अहिले सरकारी संयन्त्रसंग सम्पर्कमा नरहेको भन्न खोजेको बताइन्छ ।
विभिन्न विदेशी ठुला संचार माध्यम र सुरुङ विज्ञका विचार मार्फत् प्रधानमन्त्रीले स्रोत लिएको देखिन्छ पनि । तर प्रधानमन्त्री बालेनले यो विषयमा बोल्दा संयमता भने अपनाउनुपर्ने नै हुन्थ्यो ।
यसमा प्रधानमन्त्री चिप्लिएको मान्न सकिन्छ । तर जे सुकै होस् । ढिलै भएपनि सरकारले देखाएको तदारुकता, नेपाली सेना, शशस्त्र–नेपाल प्रहरीको अहोरात्र मेहनत अनि विदेशी उद्धार टोलीको सहयोगले सिंगो विश्वलाई सुरुङ उद्धारमा सास फेर्ने मौका दिएको छ । सुरुङ उद्धारले अन्य नागरिकको खोजीमा राहत त मिल्नेनै छ–पुरा विश्वलाई अनुभव आदानप्रदान गर्न सहज हुने विश्वास गर्न सकिन्छ ।


