महोत्तरी । महोत्तरीको औरहि नगरपालिकाका नगरप्रमुख प्रदिपकुमार खड्कालाई स्थानीयले उनकै कार्यकक्षमा हातपात गरेको आरोप लागेको छ । औरहि नगरपालिकाको वडा नं ८ मा विद्युत पोल जडान गर्ने विषयमा असन्तुष्ट स्थानीय व्यक्तिहरुको समुहले नगरप्रमुखको कार्यकक्ष बन्द गरी नगरप्रमुख र त्यहाँ उपस्थित कर्मचारीहरु समेतलाई हातपात गर्दै दुव्र्यवहार गरेको नगरप्रमुखले आरोप लगाएका छन् ।
बुधबार औरहि नगरपालिकाको कार्यालयमा स्थानीय केहि व्यक्तिको समुह पुगी नगरप्रमुख खड्का माथि हातपात गर्नुसाथ कार्यालयका केहि कर्मचारी तथा कार्यालय परिसरमा तोड़फोड़ गरिएको नगरपालिकाले आरोप लगाएको छ । औरहि नगरपालिकाको वडा नं ८ मा विद्युत पोल जडान गर्ने विषयमा असन्तुष्ट स्थानीय व्यक्तिहरुको समुहले नगरप्रमुखको कार्यकक्ष बन्द गरी नगरप्रमुख र त्यहाँ उपस्थित कर्मचारीहरु समेतलाई हातपात गर्दै दुव्र्यवहार गरेका हुन् ।
विद्युत पोल जडान गर्दा ठाऊँको विषयलाई लिएर स्थानीय कृषकहरुले नगरप्रमुख समक्ष असन्तुष्टि व्यक्त गर्दै निवेदन समेत पेश गरेको नगरप्रमुख खड्काले जानकारी दिए । उक्त विषयमा स्थलगत अनुगमन गरि स्थानीयको समन्वय कायम गरि मात्र विद्युत पोल जडान गर्ने भनेर तत्काल रोक लगाएको नगरप्रमुख खड्काले बताए ।
उक्त घटनापछि नगरप्रमुख खड्काले किटानी जाहेरी दिई आरोपीहरु माथि प्रचलित कÞानून अनुसार कारवाही गर्न माग गरेका छन ।
यता यस विषयमा घटना भएको दिनदेखी नगरपालिकाको अत्यावश्यक बाहेकका सेवा ठप्प छ भने त्यही दिन केहि बेरका लागि जलेश्वर–औरहि–बर्दिबास सडक खण्डमा जसपा नेपाल औरहि नगर समितिले प्रदर्शन गरेको थियो ।
महोत्तरीका स्थानीय तहहरुले उक्त घटनाको विरोधमा ऐक्यबद्धता समेत जनाएका थिए । शुक्रवार जिल्ला समन्वय समिति प्रमुखको अध्यक्षतामा महोत्तरीका स्थानीय तह प्रमुखहरुले बैठक बसी घटना बारे आफ्नो धारणा राख्दै आरोपीहरुलाई कारवाही गर्न स्थानीय प्रशासनको थप ध्यानाकर्षण गराउने र जिल्लामा शान्ति सुरक्षा व्यवस्था कायम राख्न पहल गर्ने निष्कर्षमा पुगेको बताईएको छ ।
यता असन्तुष्टि र आफ्ना माग राख्न विविध प्रक्रिया हुँदाहुँदै त्यस्ता प्रक्रिया तर्फ अग्रसर नभई आक्रोश र आवेग पोखेको घटनाहरु सार्वजनिक भईरहेको देख्दा जिल्लाको सुरक्षा व्यस्था प्रति सम्बन्धित सरोकारवाला सहित नागरिक गम्भीर चिन्तित देखिएका छन ।


