News 24 Television
बागलुङ निसीखोलाका ३० घर बगरमा परिणत, स्थानीय सरकार के गर्दैछ ?

बागलुङ । अविरल वर्षासँगै निसीखोलामा आएको बाढीले बागलुङको निसीखोला गाउँपालिका–४ मा ठूलो क्षति पु¥याएको छ । चाडपर्वको मुखैमा आएको बाढीले घरबारबिहिन बनाउदा स्थानीयको विचल्ली भएको छ । 

आइतबार बिहान निसीखोलाको बहाव अस्वाभाविक रूपमा बढेपछि आएको बाढीले झिवाखोला बजार र कानाबगर क्षेत्रका घर तथा भौतिक संरचनामा क्षति पु¥याएको हो । चाडपर्वको मुखैमा आएको बाढीले घरबारबिहिन बनाउदा स्थानीयको विचल्ली भएको छ । अचानक आएको बाढीका कारण स्थानीयले घरभित्र रहेका सामान तथा अन्य सामग्रीसमेत केही स्थानमा सार्न सके भने केही ठूलो क्षति व्यहोर्नुपरेको छ । 

बाढीका कारण वडा नं. ४ अन्तर्गत झिवाखोला र कानाबगर क्षेत्रमा गरी ३० घर बाढीले बगाएर बगरमा परिणत गरेको छ । वडा नं ४ को कानाबगरमा ७ वटा घर तथा झिवाखोला बजार क्षेत्रमा २३ वटा घरमा ठूलो क्षति पु¥याएको छ । थप २३ घरमा आंशिक क्षति भएको छ । बाढीका कारण सर्वसाधारण मर्कामा परेपछि स्थानीय तहले काम थालेको छ।

स्थानीयले भने तत्काल सुरक्षित आवास, खाद्यान्न, लत्ताकपडा तथा आवश्यक राहत सामग्रीको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । अविरल वर्षाका कारण निसीखोलामा एकै परिवारका ४ जनासहित बागलुङ जिल्लामा १३ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति: शनिबार, असोज १७, २०८३  ०८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update