News 24 Television
चीनको १४ सदस्यीय साहित्यिक टोली काठमाडौंमा

काठमाडौं । जनवादी गणतन्त्र चीनको  साहित्यिक एवं साँस्कृतिक टोली काठमाडौं आइपुगेको छ । लु छुन कल्चरल फाउन्डेसनका अध्यक्ष झाउ लिङफेई नेतृत्वको टोलीलाई  एसएस फाउन्डेसनले काठमाडौंमा विशेष समारोहबीच स्वागत एवम सम्मान गरेको छ ।

krish-1793428755.JPG
 

फाउन्डेसनका संरक्षक शोभित उप्रेती र अध्यक्ष मदनदास श्रेष्ठले मित्र राष्ट्र चीनका सर्जकहरुको भ्रमणले एक अर्काको संस्कृति, साहित्य र सभ्यताको विकासमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।  

नेपालको कला,संस्कृतिबारे चर्चा गर्दै उनीहरुले  यश क्षेत्रमा आपसी  सहकार्य र सहयोगको आवश्यकता अझै बढेको धारणा राखे ।  समारोहमा नेपाली पहिचान झल्काउने कौडा, हुड्क्यौली र नेवारी गीत संगीत प्रस्तुत गरिएको थियोे । 

चिनियाँ टोलीले पाटन दरबार लगायत उपत्यकाका ऐतिहासिक एवम पुरातात्त्विक क्षेत्रको अवलोकन पनि गरेको थियो ।

प्रकाशित मिति: शनिबार, कात्तिक १४, २०८३  १२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update