News 24 Television
आजदेखि सुरु भयो एसईई, पाँच लाख बढी विद्यार्थी परीक्षामा सहभागी

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ । आज पहिलो दिन विद्यार्थीहरुले अनिवार्य अंग्रेजी विषयको परीक्षा भइरहेको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ  ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षा आउँदो २७ गतेसम्म सञ्चालन हुने छ । यस वर्ष एसईई परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय ६ वटा विद्यालयका पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी हुँदैछन् ।

कूल परीक्षार्थीमध्ये १५ हजार सात सय ४९ जना परीक्षार्थी प्राविधिकतर्फका रहेका छन् । परीक्षाका लागि दुई हजार ६४ परीक्षा केन्द्र निर्धारण गरिएको छ । 

सबैभन्दा कम मनाङ, मुस्ताङमा एक÷एक र सबैभन्दा बढी काठमाडौँमा एक सय २७ परीक्षा केन्द्र निर्धारण गरिएको छ । 

त्यस्तैगरी यस वर्षको एसइई परीक्षामा जापानबाट २३ जना सहभागी हुँदैछन् । जापानमा रहेको एभरेष्ट स्कूलमा एक परीक्षा केन्द्रबाट १५ छात्रा र आठ छात्र गरी २३ विद्यार्थीले परीक्षा दिँदैछन् । 
 

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  ०९:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update