News 24 Television
नरेन्द्र मोदी र कंग्रेसको भिडन्त शुरु, आठ मन्त्री मैदानमा उभिए

काठमाडौं । भारत यतिबेला निर्वाचनमय बनेको छ । शुक्रबारदेखि लोकसभा सदस्य चयनका लागि पहिलो चरणको निर्वाचन प्रकृया शुरु भएसँगै भारतमा निर्वाचन सरगर्मी औपचारिक रुपमा बढेको हो । 

लोकसभाको ५ सय ४३ सिटका लागि भारतमा डेढ महिना लगाएर सात चरणमा निर्वाचन हुन लागेको छ । जस अनुसार शुक्रबार पहिलो चरणको मतदान भएको हो । पहिलो चरणको मतदान कहाँ कहाँ कसरी भयो त ? 

भातरको लोकसभाको ५ सय ४३ सिटका लागि शुक्रबारदेखि मतदान प्रकृया औपचारिक रुपमा सुरु भएको छ । लोकसभा सदस्य चयनका लागि डेढ महिना लगाएर सात चरणमा निर्वाचन गरिदै छ । 

पहिलो चरणमा शुक्रबार भारतका २१ राज्य र केन्द्र शासित प्रदेशका १ सय २ निर्वाचन क्षेत्रमा मतदान भएको छ । 

कुन प्रदेशमा कति सिटका लागि भयो मतदान ?

nagaland-1713574553.JPG
 

यस्तै, केन्द्र शासित अंडमान निकोबारलगायत अन्य क्षेत्र जम्मु–कश्मीर,लक्षद्धीप, पुडुचेरीमा समेत पहिलो चरणमा निर्वाचन भएको छ ।


नरेन्द्र मोदी सरकारका ८ मन्त्रीहरुदेखि तीन पूर्वमुख्यमन्त्रीको परीक्षा

यस निर्वाचनको पहिलो चरणमा मुख्य गरि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मन्त्रिपरिषद्मा रहेका मन्त्रीहरुको शुक्रबार परीक्षा भएको छ । यस चुनावी परीक्षाको नतिजा भने आगामी जुन ४ मा सार्वजनिक हुने छ । 

पहिलो चरणको निर्वाचनमा प्रतिस्पर्धामा रहेका ८ मन्त्रीहरु

१. नितिन गडकरी
नितिन गडकरी संघीय सडक तथा पारवहन मन्त्री हुन् । उनी महाराष्ट्रको नागपुरबाट चुनावी मैदानमा छन् । गडकरी यस चुनाव क्षेत्रबाट ह्याट्रिकको कोसिसमा छन् ।

      २. किरण रिजिजू
किरण रिजिजू केन्द्रीय उद्योग मन्त्री हुन् । उनी अरुणाञ्चल पश्चिमबाट चुनावी मैदानमा छन् । यस क्षेत्रबाट उनले सन् २००४ मा पहिलोपटक चुनाव जितेका   थिए । सन् २००९ को चुनावमा उनले हार व्यहोर्नुप¥यो भने सन् २०१४ मा जित निकालेका थिए ।

      ३. सर्बानन्द सोनेवाल
सर्बानन्द सोनेवाल केन्द्रीय जलमार्ग, बन्दरगाह मन्त्री हुन्् । उनी असमको डिब्रुगढबाट लोकसभा उम्मेदवार छन् । भाजपाले केन्द्रीय पेट्रोलियम राज्यमन्त्री रामेश्वर तेलीको टिकट खोसेर सोनेवाललाई उम्मेदवार बनाएको हो । सोनेवाल हाल राज्यसभा सदस्य छन् । 

      ४. भुपेन्द्र यादव
       भुपेन्द्र यादव केन्द्रीय पर्यावरण तथा जलवायु परिवर्तन मन्त्री हुन् । 
       उनी  राजस्थानबाट सांसद बन्ने प्रतिस्पर्धामा छन् । 
       लोकसभाका लागि यादवको यो पहिलो प्रतिस्पर्धा हो ।

      ५. संजीव बालियान
संजीव बालियान मत्स्य, पशु चिकित्सा राज्य मन्त्री हुन् । उनी मुजफ्फरनगरबाट प्रतिस्पर्धामा छन् । सन् २०१४ मा उनी यसै क्षेत्रबाट निर्वाचित भएका थिए । 

      ६. जितेन्द्र सिंह
जितेन्द्र सिंह प्रधानमन्त्री कार्यालयका राज्य मन्त्री हुन्  ।  उनी जम्मु कश्मिरबाट चुनावी मैदानमा छन् । उनी पनि ह्याट्रिकको दौडमा छन् । यसपटक उनको प्रतिस्पर्धा कंग्रेसका चौधरी लाल सिंहसँग हुँदैछ ।

    ७. अर्जुन राम मेघवाल
     अर्जुन राम मेघवाल केन्द्रीय कानुन मन्त्री हुन् । 
     राजस्थानको बिकानेरबाट लोकसभा सदस्यको उम्मेदवार छन् । 

    ८. एल मुरुगन
    एल मुरुगन केन्द्रीय मत्स्य पशु चिकित्सा तथा डेरी मन्त्री हुन् । 
    उनले मुख्य गरि  तमिलनाडुको नीलगिरी लोकसभा सिटमा ए राजासँग प्रतिप्रर्धा 
    गरेका छन् । 

विप्लव कुमार देव
विप्लव कुमार त्रिपुराका पूर्व मुख्यमन्त्री हुन् । उनी पश्चिम त्रिपुराबाट प्रतिस्प्रर्धामा छन् । उनको मुख्य प्रतिस्पर्धा कंग्रेसका प्रदेशअध्यक्ष आशिष कुमार साहसँग रहेको देखिन्छ ।

ए राजा, कार्ति चदंबरम, अन्नामलाई, तमिलिसाइ सौन्दर्यराजन, गौरव गोगाई, जतिन प्रसाद, नकुल नाथ, इमरान मसुद लगाएतका व्यक्तिहरु पनि चुनावी चर्चाको प्रमुख पात्र बनिरहेका छन् । 

प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  ०६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update