News 24 Television
कतारका राजा आउने भएपछि मंगलबार सार्वजिक बिदा

काठमाडौँ । सरकारले कतारका अमिर (राजा) शेख तमिम बिन हमाल अल थानीको नेपाल भ्रमणका क्रममा भोलि मंगलबार (वैशाख ११ गते) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

आज सोमवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले कतारका राजाले मंगलबारबाट नेपालको दुईदिने भ्रमण गर्ने हुनाले सो अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सञ्चारकर्मीहरुसँग बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त कुराको जानकारी दिइन् । 

यस्तै, सरकारले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गर्ने निर्णय समेत गरेको छ । विपद्बाट क्षति भएका तथा जोखिममा रहेका निजी आवास प्रवद्र्धन प्रबलीकरण, पुनःस्थापना तथा पुनः निर्माण गर्न तीन तहको सहलगानी हुनसक्ने गरी विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापनको नियमावली संशोधन गर्ने निर्णय भएको मन्त्री शर्माले जानकारी दिइन् ।
 

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १५:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update