News 24 Television
नेपाल–कतार सम्बन्धको नालीबेली, ४७ वर्षमा क–कसले गरे भ्रमण ?

काठमाडौँ । कतार विश्व शक्ति राष्ट्रहरुमा बलियो पक्कड जमाएको मुलुक हो । अर्थतन्त्रमा शक्तिमान बनेको यो मुलुकसँग नेपालले ४७ वर्ष पहिले सन् १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना गरेको थियो । कूटनीतिक सम्बन्ध विस्तार बढ्दै गयो । यो बीचमा नेपाल र कतारबीच थुप्रै उच्चस्तरीय भ्रमण भइसकेका छन् । कहिले क–कसले गरे त नेपाल–कतार उच्चस्तरीय भ्रमण ? 

४७ वर्ष पहिले कूटनीतिक सम्बन्धन स्थापित गरेका नेपाल र कतारले सम्बन्ध विस्तारसँगै दर्जनौं सम्झौता गरि सहयोग आदानप्रदान गर्दै आएका छन् । सम्बन्ध विस्तारको सुरुवाती चरणमा नेपालले सन् २००० जुलाई ११ मा दोहामा राजदूतावास स्थापना गरेको थियो भने कतारले काठमाडौँमा आफ्नो राजदूतावास सन् २०११ अगस्टमा स्थापना गरेको हो । त्यसभन्दाअघि कतारको दिल्लीस्थित दूतावासले नेपाल मामिला पनि हेर्ने गथ्र्यो । यसबीचमा नेपाल र कतारबीच दुवै देशबाट विभिन्न समयमा उच्चस्तरीय भ्रमण भएका छन् । 

नेपाल–कतार : कहिले कसले गरे उच्चस्तरीय भ्रमण ?

–    सन् २०११ को अक्टोबरमा नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवबाट कतारको औपचारिक भ्रमण 

–    सन् २०१८ को अक्टोबर ३० देखि नोभेम्बर २ सम्म तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट कतारको राजकीय भ्रमण

–    सन् २०२२ मार्च २१ देखि २३ गतेसम्ममा नेपालका तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ कतार भ्रमणमा 

–    सन् २०१९ नोभेम्बर २० देखि २२ गतेसम्म तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेल कतारको भ्रमणमा 

–    सन् २०१९ अप्रिल ६ देखि १० गतेसम्म तत्कालनी सभामुख कृष्णबहादुर महरा कतार भ्रमणमा

–    सन् २०१८ नोभेम्बर १३ देखि १४ सम्म तत्कालीन उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव कतार भ्रमणमा 

–    सन् २०१७ जनवरीमा नेपाल र कतारबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४० वर्ष पुगेका अवसरमा तत्कालिन परराष्ट्रमन्त्री प्रकाशशरण महत कतारको भ्रमणमा 

–    सन् २०१५ अप्रिल ११ देखि १४ गतेसम्म तत्कालीन उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम कतार भ्रमणमा 

कतारकातर्फबाट नेपालमा भएका उच्चस्तरीय भ्रमणहरु

–    कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी मंगलबारदेखि दुई दिने भ्रमणमा

–    सन् २०१५ अप्रिल ४ देखि ७ गतेसम्म कतारको श्रम तथा सामाजिक मामिलामन्त्री डा अब्दुल्लाह विन सलेह मुबारक अल–खुलाफी नेपाल भ्रमणमा 

–    सन् २०१२ अप्रिल ५ देखि ९ गतेसम्म कतारका वातावरणमन्त्री अब्दुल्लाह विन मुवारक विन अबुद अल–मिधाधी नेपाल भ्रमणमा 

–    सन् २००९ मा कतारका वैदेशिक मामिला मन्त्री शेख हमाद विन जसिम विन अल थानी नेपाल भ्रमणमा 

यसरी नेपाल र कतारबीचको राजनीतिक एवम् कूटनीतिक क्षेत्रमा उच्चस्तरीय भ्रमणहरु भइरहेका छन् । यतिमात्रै होइन नेपाल र कतारबीचका निजी क्षेत्रहरुमा पनि आपसी सम्बन्ध राम्रो रहेको छ भने विभिन्न सम्झौतासहित सहयोग आदानप्रदानले निरन्तरता पाइरहेको देखिन्छ । 

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  ०९:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update