असदको सत्ताच्युतपछि ४० हजार सिरियालीहरू स्वदेश फर्किए
एजेन्सी । डिसेम्बर ८, २०२४ मा सिरियाका शासक बसर अल–असद प्रशासनको पतनपछि लगभग ४० हजार सिरियाली नागरिकहरू टर्किएबाट आफ्नो मातृभूमि फर्किएका छन् ।
टर्कीका व्यापार मन्त्री ओमेर बोलातले टर्कीको दक्षिणपूर्वी हाते प्रान्तको सिल्भेगोजु बोर्डर गेटको निरीक्षण भ्रमणको क्रममा सो जानकारी दिएका छन् ।
बोलातले गत वर्ष डिसेम्बर ९ देखि हातेको तीन सीमानाकाबाट २७ हजार ९४१ सिरियालीहरू घर फर्किएको बताए । टर्किएले सिरियासँग ९ सय किलोमिटर सीमाना साझा गरेको छ ।
प्रकाशित मिति: सोमबार, पुस २२, २०८१ १२:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय