
काठमाडौं । राइट टु प्रोटिन रन हाफ म्याराथनको चौथो संस्करणको उपाधि त्रिभुवन आर्मीका राजन रोकाया र धादिङकी सन्तोषी श्रेष्ठले जितेका छन् । प्रतियोगिताको मुख्य स्पर्धाको रुपमा रहेको हाफ म्याराथनमा पुरुषतर्फ राजन र महिलातर्फ सन्तोषी च्याम्पियन बनेका हुन् ।
शनिबार भएको राइट टु प्रोटिन रन हाफ म्याराथनको चौथो संस्करणको उपाधि त्रिभुवन आर्मीका राजन रोकाया र धादिङकी सन्तोषी श्रेष्ठले जितेका छन् ।
प्रतियोगिताको मुख्य स्पर्धाको रुपमा हाफ म्याराथनमा पुरुषतर्फ राजन र महिलातर्फ सन्तोषी च्याम्पियन बने । दुवै खेलाडीको यो तेस्रो सहभागिता हो । तेश्रो संस्करणमा सहभागिता नजाएका राजन पहिलो संस्करणमा चौथो र दोश्रोमा दोश्रो भएका थिए ।
राजन र सन्तोष दुवैले नगद १ लाख ५० हजार पुरस्कार ट्रफी प्राप्त गरे । पहिलो र तेश्रो संस्करणको उपाधि जितेकी सन्तोषतीले तेस्रो पटक उपाधि जितेकी हुन् । उनी आफू सहभागि भएको तीनवटै संस्करणमा विजेता बनेका हुन् । सन्तोषीले नखेलेको दोश्रो संस्करणमा फुलमति राना पहिलो भएकी थिइन् ।
पुरुषमा पहिलो संस्करणमा तीर्थ पुन तथा दोश्रो र तेश्रो संस्करणमा दीपक अधिकारी पहिलो भएका थिए । राजननले हाफको म्यारथनको निर्धारित २१ किलोमिटर दूरी १ घण्टा ०६ मिनेट १० सेकेन्डमा पूरा गरे । राजन भन्दा ५ सेकेन्डले पछि रहेको आर्मीकै खडकबहादुर खड्का १ घण्टा ०६ मिनेट १५ सेकेन्ड समयसहित दोस्रो भए ।
वाहोमका जुलियस मुरलुकी तेश्रो बने । आर्मीका मुकेशबहादुर पाल र सुशीलकुमार शाही क्रमशः चौथो र पाँचौं स्थानमा रहे ।
यता, दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता ओलम्पियन सन्तोषीले निर्धारित दूरी १ घण्टा २० मिनेट ४८ सेकेन्डमा पूरा गरिन् । आर्मीकी पूर्णलक्ष्मी न्यौपाने दोश्रो तथा एपीएफकी पुष्पा भण्डारी तेश्रो भएकी छन् ।
आर्मीकी निर्मला केसी चौथो तथा नेपाल प्रहरीकी सुमित्रा चौधरीले पाँचौं भए । योसँगै, पुरुष र महिला दुवैमा शीर्ष ५ स्थानमा रहनेले क्रमशः १ लाख ५० हजार, १ लाख, ७० हजार, ५० हजार र ३० हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।
नेपाल भेटेरिनरी संघद्वारा आयोजित प्रतियोगिताको पुरुष खुला १० किलोमिटर दौडमा आर्मीका सञ्जय श्रेष्ठ ३० मिनेट १०.०७ सेकेन्डमा दौड पूरा गर्दे पहिलो भए ।
दोलखाका मिङमार शेर्पा दोश्रो तथा आर्मीका दीपक अधिकारी तेश्रो भए । आर्मीका रामजी बस्नेत चौथो र एपीएफका सन्तोषविक्रम विष्ट पाँचौं भए । महिला ५ किलोमिटर दौडमा एपीएफकी फुलमति राना २३ मिनेट १३ सेकेन्डको समय निकाल्दै पहिलो भइन् ।
एपीएफका आशा रावत दोश्रो तथा दिपा परियार तेश्रो भए । विद्यालयतर्फ (कक्षा १२ सम्म) ५ किलोमिटर पुरुषमा लोकेन्द्र बोहरा २१ मिनेट २०.८६ सेकेन्डसहित पहिलो भए । व्हिलचेयरको पुरुषमा रमेश खत्री, प्रेमबहादुर विक, दिपक आले मगर, विष्णुपुकार श्रेष्ठ र अर्जुन दोङ क्रमशः शीर्ष ५ स्थानमा रहे ।
सो स्पर्धाको महिलामा ऐश्वर्यकुमारी कुमाल पहिलो, यानी झाँक्री मगर दोश्रो, रजनी राई तेश्रो, हिउँकला साउद चौथो र मिना मगर पाँचौं भए । चारै स्पर्धामा शीर्ष ५ स्थान हात पार्नेले क्रमशः ३० हजार, २० हजार, १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरे ।
विद्यालयतर्फ (कक्षा १२ सम्म) महिला ३ किलोमिटरमा अस्मिता भुजेल १७ मिनेट ३०.६७ सेकेन्ड टाइमिङमा पहिलो भइन् । नारायणी भण्डारी दोश्रो तथा भगवती खड्का तेश्रो भए । पूजा पछाईं चौथो र पुष्पा शर्मा पाँचौं भए । सबै दौड त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भइ विभिन्न भागको परिक्रमा गरी दशरथ रंगशालामै आएर टुंगिएको थियो ।