
ओखलढुङ्गा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका ५ सानोचित्रे विशेष गरि तरकारी उत्पादनको राम्रो सम्भावना भएको स्थान हो ।
विशेष गरि काउली उत्पादनको सम्भावना झन उच्च देखिएपछि कृषि ज्ञान केन्द्र ओखलढुंगाले आईपीएम कृषक पाठशाला सञ्चालन गरेको थियो । ज्ञान केन्द्रले जिल्लामै पहिलो पटक सञ्चालन गरेको यो पाठशाला कृषकहरु माझ प्रभावकारी देखिएको छ ।
ओखलढुंगाको सिद्धिचरण नगरपालिका ५ सानोचित्रे तरकारी उत्पादनको राम्रो सम्भावना बोकेको स्थान हो । शेर्पा समुदायको बाहुल्यता रहेको यस क्षेत्रका स्थानीयले लामो समयदेखि हरियो सागसब्जी उत्पादन गरिरहेका छन् ।
सदरमुकाममा खपत हुने केहि प्रतिशत तरकारीको माग यसै क्षेत्रबाट धानिएको छ । उत्पादनको सम्भावनाकै कारण उत्पादन थप बढाउन कृषि ज्ञान केन्द्र ओखलढुंगाले सिद्धिचरण नगरपालिका ५ स्थित सानोचित्रेमा १६ हप्ते आईपिएम कृषक पाठशाला सञ्चालन गराएको थियो । झन्डै ६ महिना अघि काउली बालीमा सञ्चालन गरिएको कृषक पाठशालामा सानोचित्रेका करिब डेढ दर्जन कृषक सहभागी भए ।
पाठशालाको सिकाई अन्तर्रगत १ रोपनी जग्गामा स्नोमिष्टिक र देवी–२ जातको काउली खेती गरिएको छ । करिब १ सय ५० दिनमा बिक्रीका लागि योग्य देखिएका काउली बजारमा ३८ रुपैयाँ प्रतिकेजी बिक्री समेत गरिएको छ । कृषकको सिकाई सहजिकरणका लागि गरिएको यो काउली खेतीका लागि करिब १८ हजार रुपैयाँ लगानी गरिएको थियो । तर निकै कम मुल्यमा बिक्री गर्दा पनि मुनाफा मात्रै ३८ हजार भन्दा बढि भयो । यसरी सञ्चालन गरिएको आईपिएम कृषक पाठशाला आफुहरुका लागि निकै सहयोगी साबित भएको कृषकहरु ले बताएका छन ।
मेहेनत धेरै तर उत्पादन कम भएपछि यहाँका कतिपय कृषक कृषी कर्म नै छोड्न लागेका थिए । कृषक पाठशालाले पुन ः कृषिमै आम्दानी गर्न सकिन्छ भन्ने आशा कृषकमा जगाएको छ ।
पाठशालाको सिकाईले कृषकहरुले परम्परागत कृषी खेती जलबायु परिवर्तणका कारण उत्पादन राम्रो नहुने, कृषी खेती कसरी गर्ने? रोगकिरा कसरी नियन्त्रण गर्ने? शत्रु जिव र मित्र जिव कसरी पहिचान गर्ने? सिंचाई कसरी गर्ने,जस्ता जानकारी हासिल गरेका छन ।
जसले गर्दा कृषकलाई अझै कृषी उत्पादन र आम्दानी गर्न सहज हुने ज्ञान केन्द्रले अपेक्षा गरेको छ ।
जिल्लामा कृषी उत्पादनको राम्रो सम्भावना बोकेका धेरै क्षेत्र छन । तर ति क्षेत्रका कृषकलाई आधुनिक खेती विधि बारे आवश्यक ज्ञान नहुँदा भनेजस्तो कृषी उत्पादन हुन सकेको छैन । त्यसकारण यी र यस्ता खाले कृषक पाठशाला आवश्यकताको आधारमा विभिन्न स्थानमा सञ्चालन गर्न आवश्यक छ ।