News 24 Television
बुढानिलकण्ठ फाइट नाइटको तयारी पूरा, शनिबार प्रतिस्पर्धा

काठमाडौँ । बुढानिलकण्ठ हातिगौंडा खेलकुद समितिको आयोजनामा यही बैशाख २० गते बेलुकी ५ बजेदेखि बुढानिलकण्ठ फाइट नाइट प्रतिस्पर्धा हुने भएको छ । 

गोल्फुटारको बास्केटबल ग्राउण्डमा हुन गइरहेको बुढानिलकण्ठ फाइट नाइटको अन्तिम तयारी पूरा भएको आयोजकले जनाएको छ । जस अन्तरगत उक्त प्रतिस्पर्धामा नेपाल, भारत र थाइल्याण्डका प्रोफेशनल युवा खेलाडीहरूले प्रतिस्पर्धा गर्ने छन् । 

Capture.JPG1-1746096727.JPG
यस अन्तरगत मुख्य ईभेन्टमा नेपालका मिलन तामाङ र थाइल्याण्डका असादा बिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । अन्य ६ वटा खेलमा नेपाल र भारतका खेलाडीहरुबिच प्रतिस्पर्धा हुनेछ भने २ वटा खेलमा नेपाली खेलाडीहरुबिच प्रतिस्पर्धा हुनेछ । 

प्रतिस्पर्धा पश्चात उत्कृष्ट तथा सबै सहभागी खेलाडीहरु‌लाई नगद पुरस्कारसहित प्रमाण पत्र समेत वितरण गरिनेछ ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२  १६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update