News 24 Television
सन्दीपले त्यागे सेन्ट्रल कन्ट्रयाक, रोहित र पारस के गर्लान् ?

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले बुधबार नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाई गरेको छ । स्कटल्याण्ड सिरिजको तयारी स्वरुप बेलायन प्रस्थान गर्न लागेको नेपाली टोली उत्तैबाट स्कटल्याण्ड सिरिज खेल्नेछ ।

बेलायतमा ५ अभ्यास खेल सकेर नेपालले जुन महिनामा सिरिज खेल्न लागेको हो । १५ सदस्यीय टोलीमा एकाध बाहेक पुरानै खेलाडीमा मौका पाएका छन् । 

समग्रमा नेपाली टोलीको व्यवस्थापन पक्ष र उनीहरुको आगामी प्रदर्शनको सम्भावना कस्तो छ ? अनि, सम्झौता तोड्ने गरि सन्दीपले गरेको निर्णयले नेपाली क्रिकेटमा प्रभाव पर्ला त ? 

गत वर्ष पुसमा सम्पन्न नेपाल प्रिमियर लिग एनपीएल पश्चात् नेपाली राष्ट्रिय क्रिकेट टोली अन्तर्राष्ट्रिय खेलमा व्यस्त बन्न सकेको छैन् । तर, घरेलु क्रिकेटमा थुप्प्रै गतिविधिमा खेलाडी सहभागि भए । त्यसैले पनि नेपाली क्रिकेट समर्थक अहिले अन्तर्राष्ट्रिय खेलको प्रतिक्षामा छन् । 

यही परिवेशका बीच अब भने नेपाली टोलीले अन्तर्राष्ट्रिय खेल खेल्दैछ । आगामी जुन महिनामा स्कटल्याण्डमा हुने लिग–२ र टि–२० सिरिज खेल्न नेपाली टोली तमतयार छ । लिग–२ र टी–२० सिरिज खेल्ने नेपाली टोलीको बुधबार विदाई समेत गरिएको छ । 

कसरी मिलाइएको छ त टोलीको व्यवस्थापन पक्ष ?

–    अष्टेलियन प्रशिक्षक स्टुआर्ट लले नेपाली टोली सम्हाल्ने 

–    रोहित कुमार पौडेलले कप्तानको जिम्मेवारी सम्हाल्दा दीपेन्द्र सिंह 
ऐरीले उपकप्तानको जिम्मेवारी सम्हाल्ने

नेपाली टोलीले बेलायत र स्कटल्याण्डमा कहिले के गर्ने छ ?

-   बेलायतमा नेपालले ५ अभ्यास खेल खेल्ने 

-    त्यसपश्चात बेलायतबाटै स्कटल्याण्ड जाने 

-    स्कटल्याण्डमा नेपाल, नेदरल्याण्ड्स र आयोजक स्कटल्याण्ड बीच टी–२० र लिग–२ सिरिज हुने 

-   तीन टोलीले शुरुमा लिग–२ सिरिज र पछि टी–२० सिरिज खेल्ने 

-    लिग–२ सिरिजमा नेपालले जुन २ र ८ मा स्कटल्याण्ड तथा जुन ४ र १० मा नेदरल्याण्ड्ससँग  प्रतिस्पर्धा गर्ने 

नेपाली टोलीको अहिलेसम्मको प्रदर्शनको कस्तो ? अन्य देश कुन स्थानमा ?

-   लिग–२ मा नेपालको अपेक्षाअनुसार प्रदर्शन छैन ।

-   अंक तालिकाको सातौं स्थानमा रहेको नेपालले १२ खेल खेल्दासम्म आठमा हार, दुईमा जित र दुई खेलमा अंक बाँडेको छ । 

-   अब २४ वटा खेल खेल्न बाँकी 
-   १६ खेल खेलेको अमेरिका २२ अंक सहित शीर्ष स्थानमा 
-    ११ खेल खेलको युएई चार अंकसहित पुछारमा 

लिग–२ पछिका खेल तालिकाहरु

-    लिग–२ सिरिज सकिएपछि टी–२० आई सिरिज शुरु हुने 
-    जुन १५ देखि २० तारिखसम्म सञ्चालन हुने सिरिज जुलाईमा ओमानमा आयोजना हुने 

-    टी–२० आई सिरिजलाई पुरुष टी–२० विश्वकप छनोट प्रतियोगिताको तयारीको स्वरुप लिइएको छ । 

-   यस हिसाबले पनि नेपालका लागि यो सिरिज महत्वपुर्ण रहेको छ । 
-   टी–२० आई सिरिजमा नेपालले जनु १६ र १८ मा नेदरल्याण्ड्ससँग खेल्दा जुन १७ र २० मा स्कटल्याण्डसँग खेल्नेछ । 

सिरिजलाई लिएर नेपाली खेलाडी, प्रशिक्षक र विश्लेषक आशावादी देखिएका छन् । 

स्कटल्याण्ड सिरिजका लागि घोषित नेपाली टोलीमा पुरानै अनुहार दोहोरिएका छन् । चर्चित अनुहार कुशल मल्ल बाहेक अन्य सबै पुरानै खेलाडी दोहारिएका हुन् । 

नन्दन यादव, बसिर अहमद र रिजन ढकाललाई नयाँ अनुहार मान्न सकिन्छ । वर्तमान टोलीका बारे नेपाली क्रिकेटको मुख्यप्रशिक्षक समेत भइसकेका जगत टमटाको धारणा यस्तो छ । 

मुख्यप्रशिक्षक स्टुआर्ट लको औपचारिक यात्रा शुरु

गत वर्ष चैत्र महिनाको मध्यतिर नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्यप्रशिक्षकको जिम्मेवारी सम्हालेका अष्ट्रेलियन स्टुआर्ट लको नेपाली क्रिकेटमा औपचारिक यात्रा स्कटल्याण्ड सिरिजबाट हुनेछ । 

टि–२० मा ठिकठाक रहेको नेपालले लिग–२ कमजोर प्रदर्शन गरिरहेको छ । 
यस्तो अवस्थामा मुख्यप्रशिक्षक स्टुआर्टका लागि लिग–२० को मान्यता जोगाउनु मुख्य लक्ष्य हुनेछ । त्यो संगै सन् २०२७ मा दक्षिण अफ्रिका, जिम्बाब्बे र नामिवियाले संयुक्त आयोजनामा हुने एकदिवसीय विश्वकपमा समेत उत्तिकै नजर राख्नुपर्नेछ । खेलाडीको खेलकौशलतामा ध्यान दिने दाबी गरेका स्टुआर्टको आगमन पश्चात् नेपाली खेलाडीको प्रदर्शन हेर्न दर्शक आतुर रहेका छन् । 

टोलीको नेतृत्व रोहितले गर्ने

नेपाली राष्ट्रिय त्रिकेट टोली नियमित कप्तान रोहित कुमार पौडेलले नै टोलीको नेतृत्व गर्नेछन् । २१ वर्षीय युवा कप्तान पौडेलले एनपीएलमा दमदार प्रदर्शन गरेका थिए । भलै उनी नेतृत्वको टोली लुम्बिनी लायन्स राम्रो प्रदर्शन नगरेपनि रोहितले बलिङ र ब्याटिङमा उत्कृष्ट खेल पस्केका थिए । 

उपकप्तानको जिम्मेवारीमा फर्किए दिपेन्द्र सिंह ऐरी 

नेपाली क्रिकेटमा टाइगर उपनामले परिचित अलराउन्डर दिपेन्द्रसिंह ऐरीले उपकप्तानको जिम्मेवारी पाएका छन् । एनपीएलको उपविजेता सुदुरपश्चिम रोयल्र्सको कप्तान समेत रहेका दिपेन्द्र उत्कृष्ट लयमा समेत छन् । यसअघि २०७८ मंसिरमा सेन्ट्रल कन्ट्र्याकको विषयमा क्यान र खेलाडीबीच विवाद भएपछि दीपेन्द्रको उपकप्तानी खोसिएको थियो । 

झण्डै चार बर्ष पछि दिपेन्द्रले पुनः उपकप्तानीको जिम्मेवारी पाएका हुन् । स्कटल्याण्ड सिरिजमा दिपेन्द्रबाट नेपाली समर्थकले ठुलो आशा गरेका छन् । 

बसिर, नन्दन र रिजनलाई मौका

उत्कृष्ट प्रदर्शन गर्दै आएका बसिर अहमत, नन्नद यानव र रिजन ढकाल यस पटक टोलीमा पर्न सफल भएका छन् । 

पचासौँ खेलाडीलाई पछि पर्दै राष्ट्रिय टोलीमा स्थान बनाएका बसिर, नन्दन र रिजनलाई अन्तर्राष्ट्रिय खेलमा प्रणाणित गर्ने मौका मिलेको छ । यी युवा स्टारको प्रदर्शनले पनि टोलीको जित या हारमा असर गर्नेछ ।

सन्दीपको बोल्ड निर्णय 

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य हतियार समेत रहेका क्रिकेटर सन्दीप लामिछानेले क्यानको केन्द्रीय सम्झौताबाट हात झिकेको बताएका छन् । 

बुधबार सन्दीपले सामाजिक संजाल मार्फत क्यानको सेन्ट्रल कन्ट्रयाक त्यागेको घोषणा गरेका हुन् । पछिल्लो समय क्यानसंग सन्दीपको मतभेद रहेको चर्चा गरिदै आएको छ । विशेषगरी सन्दीपले नेपाली टोलीको कप्तानी गर्न चाहेको तर क्यानले विश्वास गर्न सकिरहेको छैन् । 

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  ०९:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update