अखिल (क्रान्तिकारी) काठमाडौं महानगर समितिद्वारा आयोजित मैत्रीपूर्ण फुटसल कार्यक्रम सम्पन्न
                        
                        
                                                
                                            
                                                                    काठमाडौं । अखिल (क्रान्तिकारी) काठमाडौं महानगर समितिले विद्यार्थी दिवसको अवसरमा मैत्रीपूर्ण फुटसल कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमको उद्घाटन नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले गरेका थिए । सो अवसरमा उनले भने – ‘विद्यार्थी आन्दोलन परिवर्तनको मूल स्रोत हो, खेलले अनुशासन र एकता बढाउँछ।’

सो कार्यक्रममा संगठनका पूर्वअध्यक्षहरू पदम जोशी, रञ्जित तामाङसहित अध्यक्ष विजय प्रकाश सापकोटा र नेतृत्व टोलीको उपस्थिति थियो।

महानगर अध्यक्ष भरत महताराले भने - 'विद्यार्थी दिवस केवल उत्सव होइन, नेतृत्व विकास र संगठन विस्तारको अवसर हो।' 
कार्यक्रम विभिन्न तहका विद्यार्थी नेताहरूको सहभागितासहित सफलतापूर्वक सम्पन्न भएको हो।
प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  १४:४७
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    
                                    
                                                                    