News 24 Television
दोस्रो एसकेबिसी वाग्मती प्रदेश आमन्त्रित तेक्वान्दो प्रतियोगिता सुरु 

काठमाडौं । टोखा नगरपालिकाको बसुन्धारामा दोस्रो संस्करणको “दोस्रो एसकेबिसी वाग्मती प्रदेश आमन्त्रित तेक्वान्दो प्रतियोगिता सुरुभएको छ ।

शनिबार टोखाको बसुन्धारा स्थिति हेराल्ड इन्टरनेशल कलेजमा प्रतियोगिता सुरुभएको हो । एसकेबिसीको प्रमुख आयोजना र टोखा नगरपालिकाको मुख्य प्रायोजन रहेको प्रतियोगितालाई टोखा नगरपालिकाका मेयर प्रकाश अधिकार र टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले संयुक्त रूपमा प्रतियोगिताकोउद्घाटन गरेका थिए ।

b2-1747535251.jpg
प्रतियोगिताको उद्घाटन गर्दै टोखा नगरपालिकाका मेयर अधिकारीले तेक्वान्दो खेलको विकास र प्रवर्द्धनका लागि सदैव टोखा नगरपालिका समर्पित रहनेछ । साथै टोखा नगरपालिका भित्रका सम्पूर्ण खेलाडीहरूको हक र हितका लागि नगरपालिकाको तर्फबाट सदैव साथ सहयोग रहने बताए  ।
उद्घाटन समारोहमा न्युज २४ टेलिभिजनको लोकप्रिय कार्यक्रम सिधा कुरा जनतासँगका प्रस्तोता एवं पत्रकार बिरेन्द्र जैरुलाई सम्मान गरिएको थियो । त्यसैगरी आज सम्पन्न १० वर्ष, १२ वर्ष, १४ वर्ष र १७ वर्ष मुनिका पुम्से विजेताका साथै गेरोगी १३ वर्ष मुनिका विजेता खेलाडीहरुलाई पदक प्रदान गरिएको छ ।

b3-1747535264.jpg
प्रतियोगिताका दाउरा सांस्कृतिक नृत्यका साथै तेक्वान्दोको प्रदर्शनी खेल पनि देखाइएको थियो । दोस्रो संस्करणको प्रतियोगितामा वाग्मती प्रदेशका १३ जिल्लाका ५ सयभन्दा बढी सिनियर जुनियर खेलाडीहरुको सहभागीता रहेको छ ।

सह(आयोजक तथा प्राविधिक सहयोग वाग्मती प्रदेश तेक्वान्दो संघ रहेको प्रतियोगिता आइतबारसम्म चल्नेछ । प्रतियोगिताले खेलाडीहरूबीच स्वस्थ प्रतिस्पर्धा, अनुशासन तेक्वान्दो खेलको विकासका साथै समग्र खेलकुदको विकासको लागि प्रेरणाको श्रोत बन्ने आयोजकको बिश्वास रहेको छ । 

b5-1747535279.jpg
प्रतियोगिताका विजेता खेलाडीहरूलाई आकर्षक मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । साथसाथै प्रतियोगिताका उत्कृष्ट महिला, पुरुष खेलाडी त्यस्तै उत्कृष्ट प्रशिक्षक र निर्णायक एकरएक थान ओप्पो मोबाइल सम्मानसहित प्रदान गरिने आयोजक एसकेबिसी तेक्वान्दो क्लबका मुख्य प्रशिक्षक रञ्जित चौधरीले बताए ।

b6-1747535296.jpg
b7-1747535315.jpgb8-1747535332.jpg
 

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  ०८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update