News 24 Television
दोस्रो एसकेबिसी बाग्मती प्रदेश आमन्त्रित तेक्वान्दो प्रतियोगिता सुरु 

काठमाडौं । टोखा नगरपालिकाको बसुन्धारामा दोस्रो संस्करणको “दोस्रो एसकेबिसी वाग्मती प्रदेश आमन्त्रित तेक्वान्दो प्रतियोगिता सुरु भएको छ ।

शनिबार टोखाको बसुन्धारा स्थिति हेराल्ड इन्टरनेशल कलेजमा प्रतियोगिता सुरु भएको हो । एसकेबिसीको प्रमुख आयोजना र टोखा नगरपालिकाको मुख्य प्रायोजन रहेको प्रतियोगितालाई टोखा नगरपालिकाका मेयर प्रकाश अधिकार र टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले संयुक्त रूपमा प्रतियोगिताको उद्घाटन गरेका थिए ।

प्रतियोगिताको उद्घाटन गर्दै टोखा नगरपालिकाका मेयर अधिकारीले तेक्वान्दो खेलको विकास र प्रवर्द्धनका लागि सदैव टोखा नगरपालिका समर्पित रहनेछ । साथै टोखा नगरपालिका भित्रका सम्पूर्ण खेलाडीहरूको हक र हितका लागि नगरपालिकाको तर्फबाट सदैव साथ सहयोग रहने बताए  ।

dc1c9ec7-c78d-4029-afcd-e973f4f7af82-1747566212.jpg
उद्घाटन समारोहमा न्युज २४ टेलिभिजनको लोकप्रिय कार्यक्रम सिधा कुरा जनतासँगका प्रस्तोता एवं पत्रकार बिरेन्द्र जैरुलाई सम्मान गरिएको थियोे । त्यसैगरी आज सम्पन्न १० वर्ष, १२ वर्ष, १४ वर्ष र १७ वर्ष मुनिका पुम्से विजेताका साथै गेरोगी १३ वर्ष मुनिका विजेता खेलाडीहरुलाई पदक प्रदान गरिएको छ ।

प्रतियोगिताका दाउरा सांस्कृतिक नृत्यका साथै तेक्वान्दोको प्रदर्शनी खेल पनि देखाइएको थियो । दोस्रो संस्करणको प्रतियोगितामा वाग्मती प्रदेशका १३ जिल्लाका ५ सयभन्दा बढी सिनियर जुनियर खेलाडीहरुको सहभागीता रहेको छ ।

4b695f1a-497e-48a6-8e2d-f5bbb96cb100-1747566186.jpg
सह-आयोजक तथा प्राविधिक सहयोग वाग्मती प्रदेश तेक्वान्दो संघ रहेको प्रतियोगिता आइतबारसम्म चल्नेछ ।

प्रतियोगिताले खेलाडीहरूबीच स्वस्थ प्रतिस्पर्धा, अनुशासन तेक्वान्दो खेलको विकासका साथै समग्र खेलकुदको विकासको लागि प्रेरणाको श्रोत बन्ने आयोजकको बिश्वास रहेको छ । 

प्रतियोगिताका विजेता खेलाडीहरूलाई आकर्षक मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । साथसाथै प्रतियोगिताका उत्कृष्ट महिला, पुरुष खेलाडी त्यस्तै उत्कृष्ट प्रशिक्षक र निर्णायक एक/एक थान ओप्पो मोबाइल सम्मानसहित प्रदान गरिने आयोजक एसकेबिसी तेक्वान्दो क्लबका मुख्य प्रशिक्षक रञ्जित चौधरीले बताए ।

 

42fb38c8-c06b-45da-aa19-f42da5394acc-1747566167.jpg

cf4baa9b-0d72-4a73-99a7-63e3b86f4b74-1747566145.jpg

 

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  १६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update