
काठमाडौं । शनिबार अर्थात May २४ तारिक “One Run” अन्तराष्ट्रिय हाल्फ म्याराथन सफलतापुर्वक सम्पन्न भएको छ । दौड ललितपुरको पाटन दरबार कृष्ण मन्दिरबाट सुरु र अन्त्य भएको थियो ।
विश्वकै ठुलो अन्तराष्ट्रिय हाफ म्याराथन One Run आज २४ मे २०२५ तारिख नेपाल सहित विश्वभरका ११० वटा सहरहरुमा एकै दिन आयोजना भैरहेको छ । नेपालमा यस दौड काठमाडौँ म्याराथनका आयोजक एन.आर.एस स्पोट्र्स फाउन्डेसन द्वारा गत वर्ष देखि आयोजना गरिएको हो । विश्वकै ठुलो अन्तराष्ट्रिय हाफ म्याराथन Hero League द्वारा आयोजना भएको हो ।
यस दौडमा बालबालिका देखि ज्येष्ठ नागरीकहरु सहित सबै उमेरका धावकहरुलाई सहभागी हुने मौका प्रदान गरेको थियो । हाफ म्याराथन, १० किमी, ५ किमी र १ किमी दौडको विधाहरु समावेश गरिएको थियो ।
दौडको रुट ललितपुरको प्रमुख ऐतिहासिक तथा सांस्कृतिक स्थलहरु हुदै पार भएको थियो । दौड पाटन दरबार क्षेत्रबाट सुरु भएर, मंगलबजार हुदै पुलचोक, जावालाखेल (Zoo), एकान्तकुना, सातदोबाटो हुदै बल्खु, कलंकी, सितापाइला हुदै फेरी कृष्ण मन्दिरमै गएर अन्त्य भएको थियो ।
नेपाल सहित बहराइन, बंगलादेश, बेलारुस, ब्राजिल, कतार, चीन, इजिप्ट, भारत, जोर्डन, किर्गिस्तान, मलेसिया, पाकिस्तान, साउदी अरेयिबा, सर्बिया, ताजिकिस्तान, चिलि, लेबनान, आर्मेनिया, ट्युनिसिया, भेनेजुएला लगायतका देशहरुबाट ४०,००० भन्दा बढी अन्तराष्ट्रिय धावकहरु पनि सहभागी भएका थिए त्यसैदिन रुसका सबै क्षेत्रहरुमा ZaBeg.RF नाम अन्तर्गत नवौ पटक आयोजना हुने यस कार्यक्रममा १,८०,००० भन्दा बढि धावकहरुले सहभागिता जनाएका छन । यस दौडमा नेपालले पनि १००० भन्दा बढि धावक सहित सहभागिता जनाएको छ ।
One Run अन्तराष्ट्रिय हाफ म्याराथन दुई पटक Guinness Book of Records मा समावेश भैसकेको छ ।
दौडको नतिजा
हाफ म्याराथन पुरुष तर्फ
प्रथम : शुशील कुमार शाहि (१: ०५ : ५८) Army
दितियः विनोद रोकाया (१: ०६ : ११) Army
तृतियः नरेन्द शिङ्ग रावत (१: ०८ : ०६)
हाफ म्याराथन महिला तर्फ
प्रथमः निशा सार्की (१ः २८ :४७) Army
दितियः विश्व रुपा (१: ३०: ५२) Army
तृतियः गिता महरजन (१: ५८ : ५४)
हाफ म्याराथन मास्र्टस पुरुष तर्फ
प्रथम : किरन सिङ्ग बोगटि रजवार (१:०९: ००)
दितियः धर्म महरजन (१ः १९ः ५५)
तृतियः मिजुकी मातसुजाकी (१ः २८ः ३१)
१० किमी खुल्ला पुरुष तर्फ
प्रथमः सन्जय श्रेष्ठ (३२ः १२ः २२) Army
दितियः रामजी बस्नेत (३२ः १८ः ०६) Army
तृतिय :अर्जुन बुडा (३२ः २६ः ०७) Army
१० किमी खुल्ला महिला तर्फ
प्रथमः सन्तोषि श्रेष्ठ (३७ः ५२ः ४)
दितियः पुर्ण लक्ष्मी न्यौपाने (३८ः ३९ः ३) Army
तृतियः सृजना पाण्डे (३९ः १०ः ५) Army
१० किमी मास्र्टस पुरुष तर्फ
प्रथमः मनिन महरजन (४१ः ४२)
दितियः देव महरजन (४६ः १५)
तृतियः राजेश महरजन (४६ः २५)
५ किमी खुल्ला पुरुष तर्फ
प्रथमः रुपेश कार्की (१५ः २८ः १२) A.P.F
दितियः गणेश सिं रावत (१५ः ३६ः ९३)Army
तृतिय :अखुल बहादुर पल (१५ः ५१ः १३) Army
५ किमी खुल्ला महिला तर्फ
प्रथम : आशा रावत (२०ः २१ः १७) APF
दितिय : सरस्वती भटराई (२०ः ४८ः ९५)Army
तृतिय :रजिना दुलाल (२१ः २५ः ०४)
५ किमी स्कुल पुरुष तर्फ
प्रथम :अजय पाण्डे (१८ः १०ः १०)
दितिय : दिनेश यादव
तृतिय :हरि चन्द« तामाङ्ग (१८ः २०ः २०)
५ किमी स्कुल महिला तर्फ
प्रथमः अस्मिता भुजेल (२१ः २६)
दितियः गायत्री श्रेष्ठ (२७ः ३८ः २०)
तृतियः शाङग्रीला श्रेष्ठ (२९ः ४४ः २०)
ललितपुर महानगरपालिकाका उपमेयर श्री मन्जली शाक्य बज्रचार्य लगायत धेरै अतिथिको उपस्थिती थियो । दौडमा Blue Cross Hospital मेडिकल पार्टनर रहेका थियो । त्यस्तै Singapore Beverage Nepal (Nimboo Pani), को पनि साथ थियो ।