हङकङमा नेपाली फुटबल टोलीको स्वागत
                        
                        
                                                
                                            
                                                                    हङकङ । हङकङस्थित नेपाली महावाणिज्य दुत डा. विन्देश्वरप्रसाद लेखकले नेपाली राष्ट्रिय फुटबल टोलीकाे स्वागत गर्दै टोलीका सदस्यहरूसँग भेटघाट गरेका छन् ।
बुधवार काउलुन इष्टमा भएको भेटका क्रममा महावाणिज्य दुत डा. लेखकले खेलाडीहरुलाई भेटेर हङकङसँगको मैत्रीपूर्ण खेलका लागि शुभकामना दिएका हुन् ।
केही साताअघि मात्र जिम्मेवारी वहन गरेको बताउँदै महावाणिज्यदुत डा. लेखकले राष्ट्रिय टोलीलाई स्वागत गरिरहँदा उत्साहित भएको बताए । नेपाली टोलीले बिहीवार हङकङस्थित स्टेडियममा स्थानीय समयअनुसार राति ८ बजे मैत्रीपूर्ण खेल खेल्नेछ ।
प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  १६:२४
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    
                                    
                                                                    