
कास्की । सन् १९५० जुन ३ तारिख फ्रान्सेली आरोही मौरिस हर्जाेगले अन्नपूर्ण हिमाल आरोहण गरेको ७५ वर्ष पुरा भएको अवसरमा धुमधामले मनाइँदैछ ।
हर्जाेगको टिमले सफल आरोहण गरेको स्मरणमा आयोजित विशेष कार्यक्रममा उनका छोरा, नाति र सांगीतिक टोलीले म्याग्दीको नारच्याङ हुँदै अन्नपूर्णको प्रथमको आधार शिविरमा पुगेर विविध कार्यक्रम गरी ७५ वर्षअघिको सम्झनालाई ताजा बनाएका छन् भने बिहीबार पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा हर्जाेगका टोलीकोे शालिकसमेत अनावरण गरिएको छ । र्
सन् १९५० जुन ३ तारिख फ्रान्सेली आरोही मौरिस हर्जाेगले अन्नपूर्ण हिमाल सफल आरोहण गरेका थिए । उनले अन्नपूर्ण आरोहण गरेको ७५ औँ वर्षगाँठ धुमधामले मनाइँदैछ ।
यो विशेष कार्यक्रममा हर्जोगका छोरा, नाती र सांगीतिक टोलीले म्याग्दीको नारच्याङ हुँदै अन्नपूर्णको प्रथमको आधार शिविरमा पुगेर विविध कार्यक्रम गरी ७५ वर्षअघिको सम्झनालाई ताजा बनाएका छन् ।
बिहीबार उक्त टोलीले पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा त्यसबेला हर्जाेगले प्रयोग गरेको आइस एक्स हिम बञ्चरो) प्रदान गर्नुका साथै उनै हर्जाेगका टोलीकोे शालिक समेत अनावरण गरिएको छ । ८ हजार मिटर भन्दा अग्लो हिमालको पहिलो सफल आरोहणले विश्वभर नेपाललाई हिमालको देशको रूपमा चिनाएको थियो । तर पछिल्लो समय जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा पनि परेको र यसले हिमाली क्षेत्रमा मात्रै नभइ समग्र विश्वको जलवायुलाई नै असर पारेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेको भनाइ छ ।
मौरिस हर्जाेगको टोलीले बिना अक्सिजन ८ हजार मिटरको आरोहण पूरा गर्दा, त्यो साहस, संकल्प र मानवीय क्षमताको चरम उदाहरण बनेको थियो ।
हिमालहरू मात्र होइन, यस्ता कथाहरूले नै नेपाललाई विश्वको नक्शामा उच्च बनाएको छ । सफल आरोहण गरेका फ्रान्सेली नागरिकहरु र नेपाली टोलीको प्रसंसा गर्दै यस्तो ऐतिहासिक कार्यले नेपाल र फ्रान्सको सम्बन्ध थप प्रगाढ भएको नेपालका लागि फ्रान्सेली राजदूत भर्जिनी कोर्टेभल बताउँछिन् ।
नेपाललाई अगाडि बढाउनका लागि पर्यटनभित्र पनि पर्वतीय पर्यटनको ठूलो महत्व रहेको र यसलाई नीति तथा कार्यक्रममा समेत प्राथमिकताका साथ समेटिएको गण्डकीका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेल बताउँछन् ।
अन्नपूर्ण प्रथम आरोहणको ७५ वर्षे गौरवपूर्ण यात्रा सम्झन यस्ता खालका कार्यक्रमले नेपाली पर्यटन र पर्वतारोहणको इतिहासमा नयाँ अध्याय थप्ने विश्वास लिइएको छ ।