
काठमाडौं । स्कटल्याण्डमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली लयमा देखिएको छ । लिग–२ सिरिज अन्र्तगतका चार खेलमा तीन जित र एक हार व्यहोरको नेपाली टोलीले उत्कृष्ट लय देखाएको हो । टोलीको नतिजाबाट क्रिकेट व्यवस्थापक र समर्थक खुशी छन् । लिग–२ को सानदार नतिजासंगै नेपाल टि–२० सिरिजको प्रतिक्षामा छ ।
स्कटल्याण्ड, नेदरल्याण्ड र नेपाल सम्मिलित टि–२० सिरिज जुन १५ बाट सुरु हुनेछ । लिग–२ को सानदार नतिजालाई लिएर यतिबेला विश्लेषण भइरहेको छ । यसरी हेर्दा मुख्यप्रशिक्षक स्टुआर्ट ल को रणनीति, ब्याटर आरिफको अनुभव र नन्दनको उदयको प्रशंशा भएको छ । एकदिवसीय क्रिकेटको समीक्षा सुरु भएको छ ।
नयाँ प्रशिक्षक, लिग–२ मान्यता जोगाउनुपर्ने चुनौती, १÷२ जना बाहेक सबै खेलाडी पुरानै, यस्तै तमाम उतारचाढाप लिएर स्कटल्याण्ड पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोली एकदिवसीय सिरिजमा सफल भयो । स्कटल्याण्डको भुमिका नेपाली टोलीले उत्कृष्ट नतिजा सहितको बलियो सन्देश विश्व क्रिकेटलाई दिएको छ कि अब हामी पनि ३०० रनको लक्ष्य पुरा गर्न सक्छौँ, त्यतिमात्रै होइन खेल जित्न पनि सक्छौँ, २ सय रनको लक्ष्यमा रोक्न पनि सक्छौँ ।
लिग–२ को मान्यता जोगाउनु पर्ने नैतिक जिम्मेवारी काँधमा बोकेका मुख्यप्रशिक्षक स्टुआर्ट ल का लागि समेत उक्त सिरिज उत्तिकै महत्वपुर्ण थियो ।
विदेशी भुमि र पिचमा जित निकाल्नु पर्ने चुनौतीमा रत्तिभर हतोत्साहित नभएको नेपाली टोलीले स्कटल्याण्ड सिरिजमा अन्ततोगत्व उत्कृष्ट नतिजा निकाल्न सफल भयो । तीन खेलमा स्पष्ट जित र एक खेलमा २ रनको झिनो हारको व्यहोर्दै नेपाली टोली बलियो बनेर देखियो ।
नेपाली क्रिकेटमा नन्दनको उदय
नेपाली राष्ट्रिय क्रिकेट टोलीमा नन्दन यादवको उदय भएको छ । लिग–२ अन्र्तगत स्कटल्याण्ड सिरिजको अन्तिम खेलमा नेदरल्याण्डस् विरुद्ध खेल्ने मौका पाएका नन्दनले एकदीवसीय क्रिकेटमा डेब्युसँगै उत्कृष्ट प्रदर्शन गरे । उनले पहिलो अन्तर्राष्ट्रिय एक दीवसीय खेलमा नै ३ विकेट हात पारे । ९ ओभर बलिङ गरेको नन्दनले ३९ रन खर्चिदा एक ओभर मेडन राख्न सफल भए ।
पहिलो खेलमा नै समर्थक र प्रशिक्षकको मन जितेका नन्दन नेपाली क्रिकेटमा लामो रेसको घोडा हुनसक्ने विश्लेषण सुरु भएको छ । अन्तर्राष्ट्रिय क्रिकेटमा उनले प्रभाव जमाउन सक्ने छनक देखाएका छन् ।
कर्णाली याक्सबाट खेल्ने मौका पाएका नन्दनले प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गर्दै क्रिकेट समर्थक र विश्लेषकको मन जितेका छन् । एनपीएलमा ९ खेलमा ९ विकेट सहित आफुलाई प्रमाणित गरेका नन्दनले त्यसयता पछाडी फर्किएर हेर्नु परेको छैन ।
उसो त उनको क्रिकेट करियरमा रोचक किस्सा पनि छ । अष्ट्रेलियामा बस्दै र क्रिकेट सिक्दै आएका नन्दन एनपीएल सकेर विदेश फर्किन बोडिङ पास गरेर पनि पुनः फर्किएका थिए । एक दिवसीय अन्तर्राष्टिय खेलपछि नन्दनलाई नेपाली क्रिकेटको भविष्यका रुपनमा हर्न थालिएको छ ।
चार खेलमा तीन जित एक हार, अंक तालिकामा सुधार
आइसीसी विश्वकप लिग–२ मा नेपाली क्रिकेट टोली कठिन मोडमा थियो र, छ । स्कटल्याण्ड सिरिज खेल्न जानु पुर्व अंकतालिकामा नेपाल १२ खेलमा ६ अंग मात्रै जोड्न सकेको थियो । तर स्कटल्याण्डमा चार खेलमा तीनमा जित निकाल्न सफल भएपछि यतिबेला अंकतालिकामा सुधार देखिएको छ । अहिले नेपाल १६ खेलमा १२ अंक सहित सातौँ स्थानमा छ ।
अमेरिका २० खेलमा २८ अंकसहित शिर्ष स्थानमा रहेको छ । आठ टोली सहभागि लिग दुईमा प्रत्येक टोलीले ३६ खेल खेल्न पाउने प्रवधान रहेको छ । नेपालले अव २० खेल खेल्न बाकीँ छ ।
स्टुआर्ट ल को जादु
कठिन समयमा मुख्यप्रशिक्षकको जिम्मेवारी सम्हाल्न पुगेका स्टुआर्ट ल का लागि स्कटल्याण्ड सिरिज निकै चुनौतीपुर्ण थियो भन्दा फरक नपर्ला । लिग–२ मान्यता जोगाउन नेपाललाई जितको विकल्प नरहेको अवस्थामा नेपाली टोली सम्हालेका स्टुआर्टले जादु नै देखाइ दिएका छन् । विदेशी भुमी विदेशी टोलीसंग जित निकाल्न निकै उप्ठ्यारो मानिन्छ । तर स्टुआर्टको रणनीति र प्रशिक्षणले पुर्णरुपमा काम गरेको छ ।
उनले ललित राजबंशी, नन्दन यादव र बसिर अहमदलाई रणनीतिक रुपमा प्रयोग गरेका थिए । स्टुआर्टको प्रशिक्षणमा नेपाली खेलाडीको खेलमा रचानात्मक सुधार देखिएको छ । मुख्यप्रशिक्षक स्टुआर्ट कै रणनीतिमा नेपालले लिग–२ मान्यता जोगाउँदै एकदिवसीय विश्वकप खेल्नेसम्मको लक्ष्य बोकेको छ ।
आरिफको अनुभवी खेल
स्कटल्याण्ड लिग–२ सिरिजमा मध्यक्रमका भरपर्दा नेपाली व्याट्सम्यान आरिफ शेखले आफ्नो अनुभवको भरपुर फाइदा उठाए । उनकै प्रेरणादायी प्रदर्शनमा नेपाली टोलीले सानदार नतिजा निकाल्न सफल भयो । सिरिजको अन्तिम खेलमा नेदरल्याण्डस् विरुद्ध ८४ रनको उत्कृष्ट पारी खेल्दा नेपाली टोलीले सम्मान जनक लक्ष्य दिँदै जित निकाल्न सफल भएको थियो । सिरिजको पहिलो खेलमा स्कटल्याण्ड विरुद्ध ७ रन बनाउँदै कमजोर सुरुवात गरेका आरिफले त्यसपछि अनुभवी खेल पस्किए । ओडिआई स्पेलिस्टका रुपमा रमेत परिचित आरिफको अनुभवी व्याटिङ कौशल नेपालका लागि जितको प्रमुख अंग बन्न सफल भयो । उनीबाट क्रिर्केट समर्थक र व्यवस्थापनकले यस्तै प्रदर्शनको अपेक्षा राखेको छ ।
सन्दीपले समाते लय
स्कटल्याण्ड सिरिजको सुरुवातदेखि नै मध्यम प्रदर्शन सुरु गरेको स्टार बलर सन्दीप लामिछानेले अन्ततः लय समातेका छन् । नेपालबाट एकदिवसीय क्रिकेट सर्वाधिक छिटो एकसय विकेटको विश्व रेकर्डधारी सन्दीपले सिरिजको अन्तिम खेलमा किफायति बलिङ गरे ।
१० ओभर बलिङ गरेका सन्दीपले ३९ रन खर्चिएर ३ महत्वपुर्ण विकेट हात पारे । सन्दीपले स्कटल्याण्ड विरुद्ध पहिलो खेलमा १० ओभर बलिङ गर्दै ४४ रन खर्चिएर एक विकेट लिएका थिए । दोस्रो खेलमा नेदरल्याण्डस् विरुद्धको खेलमा १० ओभर बलिङ गर्दै ४८ रन खर्चिचर एक विकेट लिएका थिए । तेस्रो खेलमा स्कटल्याण्डसंग महंगो सावित भएका सन्दीपले १० ओभरमा ६९ रन खर्चिए पनि विकेट लिन सकेनन् ।
स्कटल्याण्ड सिरिज क्लीन स्वीप चुक्यो नेपाल ?
स्कटल्याण्ड सिरिज क्लिन स्वीप गर्न भने नेपाल घरेलु टोली स्कटल्याण्डससंंग २ रनको हार महंगो सावित भयो । ३२३ रनको विशाल लक्ष्य पन्छाएको नेपाल ५० ओभरमा पुरै विकेट गुमाएर ३२१ रन मात्रै बनाउन सक्यो । जितको छेउमा पुगेको नेपाल सम्हालिन नसक्दा हार्न पुगेको नेपाल विदेशी भुमिमा क्लिन स्वीपको नतिजा निकालेर इतिहास रच्न असफल भयो ।
टि–२० सिरिजको तयारी
लिग–२ सिरिजमा उत्कष्ट नतिजा निकालेको नेपाली टोली अव टि–२० सिरिजमा ब्यस्त बन्नेछ । घरेलु टोली स्कटल्याण्ड, नेदरल्याण्डस् र नेपाली सम्मिलित सिरिज जुन १५ मा सुरु हुनेछ । उक्त सिरिज समेटत क्लिन स्वीप गर्ने नेपाली टोलीले रणनीति हुनेछ ।
एकदिवसीय फरम्यार्टमा उत्कृष्ट नतिजा दिएका मुख्यप्रशिक्षक स्टुआर्टका लागि समेत टि–२० सिरिज चुनौतीपुर्ण हुनेछ । जुन २० तारिखसम्म टि–२० सिरिजलाई जुलाईमा ओमानमा आयोजना हुने पुरुष टी–२० विश्वकप छनोट प्रतियोगिताको तयारीको स्वरुप लिइएको छ ।
त्यस हिसाबले पनि नेपाललाई यस सिरिज महत्वपुर्ण रहेको छ । टी–२० आईमा सिरिजमा नेपालले जुन १६ र १९ मा नेदरल्याण्ड्स संग खेल्दा जुन १७ र २० मा स्कटल्याण्डसँग खेल्नेछ ।