काठमाडौं । नेपालको आँपको बजारीकरण र प्रवर्द्धनका लागि तीनदिने नेपाल म्याङ्गो फेस्ट– २०२५ हुँदैछ । फेस्टिभवमा नेपाली स्वाद, रङ र संस्कृतिको अनुपम संगम अनुभव गर्न सकिने आयोजकले जनाएको छ।
तराई मधेशमा उत्पादन गरिएका नेपाली ऑपहरूको विविधता, स्वाद र मूल्य शृंखला प्रवर्धन गर्नका लागि आयोजित यो विशेष उत्सवको औपचारिक उद्घाटन कार्यक्रम यही असार १३ गते (जुन २७) दिउँसो १ बजे हुँदै छ । वाल्नट बिस्ट्रो, लाजिम्पाट, काठमाडौंमा आयोजना हुने उद्घाटन समारोहमा कृषि तथा पशुपन्छी विकास मन्त्री माननीय रामनाथ अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् ।
यस उत्सवको आयोजना काठमाडौं अर्गानिक्स, एग्रि नेपाल, अर्थियर एप, र यूबी होल्डिड्स को सहकार्यमा गरिएको हो। उसको मुख्य उद्देश्य नेपाली आँपको पहिचान फैलाउने, स्थानीय कृषकहरूको मूल्य श्रृंखला मजबुत बनाउने र प्राकृतिक, विषादीरहित उत्पादनप्रति उपभोक्ताको पहुँच बढाउने रहेको जनाइएको छ ।
के छन् कार्यक्रमका आकर्षण ?
- १० भन्दा बढी प्रजातिका ऑपहरू प्रदर्शनीमा
- ५ भन्दा बढी प्रजातिका ऑपहरू प्रत्यक्ष किसानबाट किनमेल गर्न मिल्ने (माल्दा, दशहरी, जरदा, किसानबोग, कलकत्तिया)
- २० भन्दा बढी आँप समावेश गरिएका परिकारहरू र पेय पदार्थहरू (सहकार्य गरेका रेस्टुरेन्टहरूमा)
- सबै उमेरका सहभागीका लागि रमाइला म्याङ्ङ्गो गेमहरू र इन्गेजिङ गतिविधिहरु ।
साथै, तीन उत्कृष्ट रेस्टुरेन्टहरू- Walnut Bistro (लाजिम्पाट), H2O Café (स्वयभू) र Watering Hole (झम्सिखेल)ले विशेष म्याड्ङ्गो मेनुहरू र रेसिपीहरू प्रस्तुत गर्दै उत्सवलाई अझ स्वादिलो बनाउने छन् ।