
काठमाडौं । नेपालमा अहिले पनि अधिंकाश श्रमशक्ति कृषि क्षेत्रमा नै संलग्न भइरहेको पाइएको छ । यद्दपी, कृषिलाई व्यवसायीक एवम् उद्योगका रुपमा परिणत गर्न सकिएको अवस्था अझ पनि छैन । तथ्यांक हेर्ने हो भने नेपालमा कुल श्रमशक्तिको सबैभन्दा धेरै ८५ लाख व्यक्ति अर्थात ५७.३प्रतिशत हिस्सा प्राथमिक क्षेत्र कृषि, वन र मत्स्यपालनमा संलग्न रहेको पाइएको छ । तर, अहिले पनि कृषिजन्य वस्तुको आयातको अवस्था उच्च छ ।
नेपाल कृषि प्रधान देश हो भनिन्छ । कृषिमा संलग्न नेपालीहरुको संख्या हेर्दा यो तथ्यलाई न्याय नै गर्छ पनि । तर, कृषिजन्य क्षेत्रकै आयातको अवस्था हेर्नेहो भने अवस्था दयानीय छ ।
उत्पादनमा खास प्रगति हुन नसकेको नेपालको कृषि क्षेत्रमा कति जनशक्ति सक्रिय छ त ? अनि नेपालको श्रम बजारको स्थिति कस्तो छ ? यो स्वभाविक चासोको विषय बन्ने गरेको छ । पछिल्लो तथ्यांक हेर्ने हो भने नेपालमा कुल श्रमशक्तिको सबैभन्दा धेरै ८५ लाख व्यक्ति अर्थात ५७.३प्रतिशत हिस्सा प्राथमिक क्षेत्र कृषि, वन र मत्स्यपालनमा संलग्न रहेको पाइएको छ ।
नेपालको श्रम बजारको स्थिति
- नेपालको १० वर्ष र माथिका कुल जनसंख्यामा केवल १ करोड ३ लाख अर्थात ४२.९प्रतिशत व्यक्तिहरु अक्सर रोजगार रहेका छन् ।
- राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख रहेको छ ।
- कुल जनसंख्यामध्ये २ करोड ३९ लाख अर्थात (८२.२प्रतिशत) व्यक्ति १० वा सो भन्दा माथिको उमेर समूहमा पर्दछन् ।
- ती मध्ये १ करोड ५७ लाख (६५.५प्रतिशत) व्यक्तिहरुलाई आर्थिक रुपले सक्रिय जनसंख्या मानिएको छ ।
- कुल श्रमशक्तिमध्ये ८२ लाख पुरुष र ७५ लाख महिला रहेका छन् ।
- प्रदेशहरुमध्ये आर्थिक रुपले सक्रिय जनसंख्या सबैभन्दा धेरै (३४ लाख) वागमती प्रदेशमा रहेको छ ।
- कर्णाली प्रदेशमा सबैभन्दा कम (९ लाख ५० हजार) मात्र रहेका छन् ।
- भौगोलिक क्षेत्रअनुसार तराईमा सबभन्दा धेरै (७८लाख) आर्थिक रुपले सक्रिय जनसंख्या छ ।
- हिमाली क्षेत्रमा सबैभन्दा कम (१०लाख) छन् ।
- नेपालमा १० वर्ष वा सो भन्दा माथिको जनसंख्याको श्रम सहभागिता दर ६५.५ प्रतिशत रहेको छ ।
- जसमा पुरुषतर्फ ७१.३ प्रतिशत र महिलातर्फ ६०.४ प्रतिशत रहेको छ ।
नेपालमा १० वा सो भन्दा माथिको उमेर समूहमा अक्सर बेरोजगारी व्यक्तिहरुको संख्या ७ लाख ६७ हजार ६ सय ५८ रहेको छ ।
जसमा ४ लाख ९ सय २८ पुरुष छन् भने ३ लाख ६६ हजार ७ सय ३० महिला रहेका छन् ।
रोजगारको स्थिति : चार प्रमुख श्रेणीहरु
- राष्ट्रिय जनगणना २०७८ अनुसार, रोजगारको स्थिति चार प्रमुख श्रेणीहरुमा वर्गीकरण गरिएको तथ्यांक कार्यालयले जनाएको छ ।
- जसमा ४२ लाख (२८.६प्रतिशत) अरुको काम गर्ने
- २ लाख (१.४प्रतिशत) रोजगारदाता
- ८२ लाख (५५.३प्रतिशत) आफ्नै काम गर्ने र २१ लाख (१४.५प्रतिशत) परिवारलाई सघाउने देखिएका छन् ।
कृषि क्षेत्रमा जनशक्ति र बाल श्रमशक्तिको अवस्था
- नेपालमा कुल श्रमशक्तिको सबैभन्दा ठूलो (८५लाख, ५७.३प्रतिशत) हिस्सा प्राथमिक क्षेत्र (कृषि, वन र मत्स्यपालन) मा संलग्न रहेको छ ।
- नेपालको १० वर्ष र माथिका कुल जनसंख्यामा केवल १ करोड ३ लाख (४२.९प्रतिशत) व्यक्तिहरु अक्सर रोजगार रहेका छन् ।
- १० देखि १७ वर्षसम्मका बालबालिकाको श्रमशक्ति सहभागितादर ३२.१ प्रतिशत रहेको छ । जसमा पुरुष ३१.९ प्रतिशत र महिला ३२.२ प्रतिशत छन् ।
खेतीयोग्य भूमिमा शहरीकरण
- २०७८ को जनगणनाअनुसार नेपालमा अक्सर खेतीयोग्य भूमिमा शहरीकरण हुने गरेको पाइएकोे छ ।
- नेपालमा २०६८ देखि २०७८ सम्म खेतीयोग्य जमिन १६.६ प्रतिशत (२२ लाख हेक्टरबाट १८ लाख हेक्टर) ले घटेको छ ।
- सबैभन्दा धेरै खेतीयोग्य भूमि सुदूरपश्चिम प्रदेशमा घटेको छ ।
- सुदूरपश्चिममा ९.१ प्रतिशत, गण्डकीमा ७ प्रतिशत र कर्णालीमा ५.४ प्रतिशत मा उब्जाउ भूमि न्यून भएको छ ।