News 24 Television
उपत्यकाका पेट्रोल पम्पहरूमा उपभोक्ताको भीड
उपत्यकाका पेट्रोल पम्पहरूमा उपभोक्ताको भीड उपत्याकाका पेट्रोल पम्पहरुमा भीड देखिन थालेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्वसाधारणहरु गाउँ फर्कने क्रम बढेसँगै र मध्यपूर्वमा इरान–इजरायल युद्धको सम्भावनाले पेट्रोलियम पदार्थको अभाव हुनसक्ने त्रासका कारण काठमाडौंका पेट्रोल पम्पहरूमा भीड देखिन लागेको हो ।
मध्यपूर्वको तनावप्रति सरकार गम्भीर : नेपालीको सुरक्षामा कुनै कमी हुन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता
मध्यपूर्वको तनावप्रति सरकार गम्भीर : नेपालीको सुरक्षामा कुनै कमी हुन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता प्रधानमन्त्री कार्कीले उक्त क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमलाई सरकारले सूक्ष्म रूपमा नियालिरहेको बताउँदै त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहेको स्पष्ट पारिन् । कार्कीले रोजगारी तथा अन्य सिलसिलामा मध्यपूर्वमा रहेका नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरूको अवस्थाप्रति सरकार चिन्तित रहेको बताइन् ।
बझाङमा गृहमन्त्रीको चेतावनी : मृतकको नाममा भोट र बुथ कब्जा सह्य हुँदैन
बझाङमा गृहमन्त्रीको चेतावनी : मृतकको नाममा भोट र बुथ कब्जा सह्य हुँदैन गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनविरोधी गतिविधि सह्य नहुने र दोषीलाई कानुनको दायरामा ल्याउने बताएका छन् । आइतबार नेपाली सेनाको हेलिकप्टरमार्फत बझाङ पुगेका अर्यालले  जिल्ला प्रशासन कार्यालयमा सुरक्षा निकायका प्रमुखहरूसँग छलफल तथा स्थलगत जानकारी लिए ।
Weather Update