News 24 Television
जर्जियाका प्रधानमन्त्रीद्वारा इयु आयुक्तमाथि विवादास्पद कानूनमा ‘धम्की’ दिएको आरोप
जर्जियाका प्रधानमन्त्रीद्वारा इयु आयुक्तमाथि विवादास्पद कानूनमा ‘धम्की’ दिएको आरोप जर्जियाका प्रधानमन्त्री इराकली कोबाखिदजेले बिहीबार युरोपेली सङ्घ (इयु) का एक आयुक्तमाथि विवादास्पद ‘विदेशी प्रभाव’ कानूनमा ‘ब्ल्याकमेल’ अभियानको हिस्साका रूपमा ‘भयानक धम्की’ दिएको आरोप लगाएका छन् । 
इरानका राष्ट्रपति इब्राहिमको हेलिकप्टर दुर्घटनामा निधन
इरानका राष्ट्रपति इब्राहिमको हेलिकप्टर दुर्घटनामा निधन इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । उनीसँगै विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको पनि सोही दुर्घटनामा मृत्यु भएको जनाइएको छ । 
किर्गिस्तानमा किन भिडे विद्यार्थी, नेपालीको अवस्था के छ ?
किर्गिस्तानमा किन भिडे विद्यार्थी, नेपालीको अवस्था के छ ? गत शुक्रवार विद्यार्थीहरु बस्ने होस्टलमा भएको हिंसात्मक आक्रमणपछि किर्गिस्तानको राजधानी बिस्केकको अवस्था असामान्य बनेको छ । भारत, बङ्गलादेश तथा पाकिस्तानी विद्यार्थी बस्ने होस्टेलमा स्थानीय विद्यार्थीहरुले आक्रमण गरेपछि स्थिति असामान्य बनेको हो । किर्गीस्तान सरकारले विद्यार्थीहरुलाई सोमवारसम्म घर वाहिर नस्किन आग्रह गरेको छ । त्यहाँ रहेका नेपाली विद्यार्थीहरुको अवस्था कस्तो छ...
पर्यटक लोभ्याउँदै जापानको उड्ने कार 
पर्यटक लोभ्याउँदै जापानको उड्ने कार  जापानको टोकियोमा रहेको टोकियो बिग साइट कन्भेन्सन सेन्टर बाहिर उड्ने कार प्रदर्शन गरिएको छ ।  टोकियोमा अत्याधुनिक प्रविधि प्रदर्शन गर्ने अन्तर्राष्ट्रिय कार्यक्रममा पहिलो पटक ‘उडान कार’ ल्याइएको थियो ।
आइएमएफले बङ्गलादेशलाई एक अर्ब २० करोड डलर प्रदान गर्ने
आइएमएफले बङ्गलादेशलाई एक अर्ब २० करोड डलर प्रदान गर्ने बङ्गलादेशले घट्दो विदेशी विनिमय सञ्चितिको सामना गरिरहेको बेला वासिङ्टनस्थित अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले बुधबार आफ्ना कर्मचारी र बङ्गलादेश करिब एक अर्ब २० करोड डलरको वित्तीय अनलक गर्ने सम्झौतामा पुगेको बताएको छ । 
पृथ्वीको मौसममा बादलको प्रभाव बुझ्ने अस्ट्रेलियाको अनुसन्धान परियोजनाको लक्ष्य
पृथ्वीको मौसममा बादलको प्रभाव बुझ्ने अस्ट्रेलियाको अनुसन्धान परियोजनाको लक्ष्य अस्ट्रेलियाको राष्ट्रिय विज्ञान एजेन्सीका अन्वेषकहरूले दक्षिणी महासागरमा रहेका तरल बादलहरूले पृथ्वीको मौसमलाई कसरी असर गर्छ भनेर बुझ्नका लागि एउटा परियोजना सुरु गरेका छन् ।
ब्राजिलमा आँधीबाट ९० जनाको मृत्यु, बाढी र पहिरोमा १३२ बेपत्ता
ब्राजिलमा आँधीबाट ९० जनाको मृत्यु, बाढी र पहिरोमा १३२ बेपत्ता दक्षिण ब्राजिलको रियो ग्रान्डे डो सुल राज्यमा पछिल्लो २४ घण्टामा आएको आँधीका कारण थप पाँच जनाको मृत्यु भएको छ । यसबाट मृत्यु हुनेको संख्या ९० पुगेको राज्यको नागरिक सुरक्षा निकायले जनाएको छ । 
अमेरिकाको टेक्सासमा बाढी प्रभावित क्षेत्रबाट छ सयभन्दा बढीको उद्धार
अमेरिकाको टेक्सासमा बाढी प्रभावित क्षेत्रबाट छ सयभन्दा बढीको उद्धार अमेरिकाको चौथो ठूलो शहर टेक्सासको ह्युस्टन वरपरको बाढीग्रस्त क्षेत्रबाट छ सयभन्दा बढी व्यक्तिको उद्धार गरिएको छ । बाढीको कारण जोखिम बढ्ने र थप वर्षाको पूर्वानुमान गरिएको छ । 
गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप
गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप सामसुङको लोकप्रिय एप्लिकेसन ‘गुड लक’लाई गुगल प्ले स्टोरमा राख्न थालिएको छ । जसले सामसुङ मोबाइलका प्रयोगकर्ताहरूको पहुँचमा महत्वपूर्ण विस्तार ल्याएको छ ।
Weather Update