News 24 Television
मोदीलाई झड्का ! फेरि प्रधानमन्त्री बन्न नीतिश र नायडुको भर ? 

काठमाडौँ । ‘अबकी वार, ४०० पार’ भन्ने नारा सहित चुनावी मैदानमा होमिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ३०० सिट पनि कटाउन सकेनन् । भाजपाले अपेक्षिति मत परिणाम हासिल गर्न नसके पछि मोदीलाई राजनीतिक झड्का लागेको छ । 

मोदी ब्राण्डमा चुनावमा होमिएको भाजपा नेतृत्वको गठबन्धनले ४०० सिट त परको कुरा, ३०० भन्दा पनि कम अर्थात २९३ मात्र ल्याउन सक्यो । जबकी यस अघि  एनडीएले ३५२ सीट प्राप्त गरेको थियो । सन् २०१९ मा भारतीय जनता पार्टीको मात्र ३०३ सीट थियो । अहिले त्यो २४२ मा सीमित भएको छ । ५४३ सदस्यीय लोकसभामा सरकार निर्माणको लागि २७२ सीट आवश्यक पर्छ । 

सन् २०१४ र सन् २०१९ मा भारत एक्लैले २७२ भन्दा बढी सिट जितेको थियो । तर, अहिले २७२ कटाउन सकेन । जसको कारण मोदी र भाजपा नैतिक र राजनीतिक रुपमा दबाबमा छन् । भाजपालाई सबैभन्दा ठुलो झड्का उत्तर प्रदेशमा लागेको छ । उत्तर प्रदेशमा अखिलेश यादवको पार्टीले भाजपालाई रोक्यो । भाजपा एक्लैको बहुमत नआउनमा उत्तर प्रदेशमा अखिलेश यादवको समाजवादी पार्टीको प्रदर्शन नै जिम्मेवार रह्यो । समाजवादी पार्टीले जितेको ३७ सीटले भाजपाको सपनालाई तुहाइदियो । भाजपाले रामको जन्मभूमि अयोध्यामा पनि जित निकाल्न सकेन् । 

डिजिटल मिडिया फ्याक्टर !

मुलधारको मिडियाको पुरा साथ र सहयोग रहे पनि डिजिटल मिडिया मोदीलाई लिएर आलोचनात्मक रह्यो । त्यसो त भारतीय प्रधानमन्त्री मोदी र उनको भाजपालाई संविधाननै मास्न लागेको आरोप लाग्यो । हिन्दूत्वको दुरुपयोग गरेको, मोदी तानाशाह बन्न खोजेको र भारतमा रहेका अल्पसंख्यकप्रति असहिष्णु रहेको आरोप मोदीप्रति विपक्षीको थियो ।

यही भाष्यलाई नै मलजल गर्दै भारत कै धु्रव राठी देखि रविश कुमारले भिडियो बनाए । उनीहरुको भिडियो करोडौँ पटक हेरियो । त्यसले पनि मोदीको विरुद्धमा माहोल सिर्जन गर्न सहयोग ग¥यो । अर्कोतिर मोदी र अम्वानी–अडानीबीचको सम्बन्धलाई लिएर काँग्रेस आईका नेता राहुल गान्धीले पनि युटुवमा भिडियो बनाए । 

मित्र काल नाम दिई बनाइएको भिडियो श्रखंला र सार्वजनिक रुपमा पनि राहुल गान्धीले उठाएका विषयले पनि अहिले मोदीलाई अप्ठ्यारोमा पा¥यो । त्यसले यर्दा मोदीको भाष्यलाई जनतामा स्थापित हुन असहयोग ग¥यो । भारतीय जनता पार्टी ३०३ बाट २४२ मा खुम्चिनुमा यसले पनि कहि न कहि सहयोग गरेको विश्लेषण भइरहेको छ । 

नीतिश र नायडुको भर ? 

सन् २०१४ र २०१९ मा जस्तो सरकार निर्माणको लागि आवश्यक २७२ सीट संख्या अहिले भारतीय जनता पार्टी एक्लैसँग छैन । अर्थात भारतको लोकसभा अब त्रिशंकु बनेको छ । कुनै एक पार्टीको मात्र बहुमत छैन । त्यसकारण, जुन सुकै पार्टीको सरकार बने पनि उक्त सरकार मिलिजुली सरकार बन्ने छ । 

भारतीय जनता पार्टीबाट नरेन्द्र मोदी नै प्रधानमन्त्रीको निर्विकल्प उम्मेदवार रहे पनि उनी प्रधानमन्त्री बन्न नीतीशकुमार र चन्द्रबाबु नायडुको भर पर्नु पर्छ । बिहारका नीतीशकुमार र आन्ध्र प्रदेशका चन्द्र बाबु नायडुको रणनीतिमा नै अब कस्को सरकार भन्ने भर पर्छ । नीतीश कुमारको जनता दल युनाइटेड र चन्द्र बाबु नायडुको तेलगु देशम पार्टीवीना नरेन्द्र मोदी प्रधानमन्त्री बन्न कठिन छ । तर, नीतीश कुमार र चन्द्र बाबु नायडुसँग विपक्षी इण्डिया गठबन्धन पनि सम्पर्कमा रहेको छ । 

नितीश कुमारका आलोचक उनलाई पल्टुराम पनि भन्ने गर्छन । उनले निरन्तर गठबन्धन परिवर्तन गरिरहने कारण उनले उक्त उपनाम  पाएका हुन् । तर, अब उनी के गर्छन भन्ने विषय पनि निकै महत्वपूर्ण छ । यदि उनी फेरि पनि गठबन्धन परिवर्तन गरी इण्डिया गठबन्धनमा आए भने त्यसले राजनीति नै उलटफेर हुन पनि सक्छ ।  त्यस्तै, चन्द्रबाबु नायडुको भूमिका पनि महत्वपूर्ण हुने ठानिएको छ । 

यी दुई व्यक्ति र उनीहरुको पार्टीलाई भाजपाले कसरी व्यवस्थापन गर्छ त्यसैमा भारतको राजनीतिक दिशा धेरै हदसम्म निर्भर रहने छ । 

राहुललाई राहत ! 

काँग्रेस आइका नेता राहुल गान्धी न त पार्टी अध्यक्ष हुन् न त उनी विपक्षी गठबन्धनको नेता । औपचारिक रुपमा उनी नेतृत्वमा नरहे पनि काँग्रेसको हर्ताकर्ता उनै रहेको विषय लुकेको छैन् । उनी पार्टी सत्तामा आए पछि सन् २०१४ र सन् २०१९ को चुनावमा काँग्रेस नराम्रो सँग पराजित भयो । 

काँग्रेसको पराजयमा धेरैले राहुल गान्धीको खराब नेतृत्वलाई नै मुख्य जिम्मेवार ठहराए । काँग्रेसमा राहुल रहेसम्म मोदी नै सत्तामा रहीरहने विश्लेषण पनि भयो । राहुलको सट्टा उनकी बहिनी प्रियकालाई पार्टी सत्ताको नेतृत्वमा ल्याउनु पर्ने आवाज उठ्यो । भाजपाको प्रहारको केन्द्र पनि राहुल नै बने । तर, पनि उनी लगातार टिकिरहे । 

मोदीको विरुद्ध संसद र सडकमा बोलिरहे । यसै विषयको कारण उनी संसदबाट निकालिए । उनलाई अदालतको चक्कर काट्नु प¥यो । तर, उनी रोकिएन् । उनी लगातार जसो नै काँग्रेस कै काममा लागिरहे । उनले यात्रा गरे, जनता भेट, देश बुझे । 

हुन त यस चुनावले राहुलको पार्टीलाई सत्तामा पुराएन । तर, निरन्तर खस्कदो अवस्थाबाट अब काँग्रेस आइ उठ्ने क्रममा रहेको छ । यसले काँग्रेसको मनोबल उकास्न निकै ठुलो भूमिका खेल्ने छ । जुन राहुलको लागि राहत हो ।
 

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  ११:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update