News 24 Television
ओलीलाई बालेनको अर्को चेतावनी, एमाले प्रतिवादमा आउँदा मिसिए हर्क पनि
ओलीलाई बालेनको अर्को चेतावनी, एमाले प्रतिवादमा आउँदा मिसिए हर्क पनि प्रधानमन्त्री केपी शर्मा ओली र स्थानीय तहका स्वतन्त्र निर्वाचित प्रमुखहरुबीच हुने टकरावको विषय गहन रुपमा उठ्दै आएको छ ।
जोसमा होस जुमाउँदै जेलेन्स्की ! ट्रम्पको सनकले भयानक संकेत ! 
जोसमा होस जुमाउँदै जेलेन्स्की ! ट्रम्पको सनकले भयानक संकेत !  रुससँग युद्ध लडिरहेका युक्रेनी राष्ट्रपति ठूलो आशा बोकेर अमेरिका गएपनि वार्ता तनावमा परिणत हुँदा युद्धको स्थिति के होला भन्ने चासो बढेको छ । रुस–युक्रेन युद्धलाई शान्तिमा परिणत गर्ने दाबी गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आक्रोशित बनेपछि यसले विश्वभर तरङ्ग पैदा गरिदिएको छ । 
लागू औषध नियन्त्रण गर्न प्रहरीको महाअभियान शुरु
लागू औषध नियन्त्रण गर्न प्रहरीको महाअभियान शुरु नेपालमा लागूऔषध दुब्र्यवसनीको अवस्था डरलाग्दो छ । माध्यामिक तहकै विद्यार्थीहरु नै बढी भन्दा बढी लागूऔषध दुब्र्यवसनीमा फसेको देखिन्छ । दुब्र्यवसनीसँगै लागूऔषध कारोबारी पनि बढिरहेका छन् । त्यसैले प्रहरीले यसलाई नियन्त्रण गर्नका लागि लागूऔषधविरुद्धको महाअभियान नै शुरु गरेको छ । 
जानको वार्षिकउत्सवमा प्रशंसा नै प्रशंसा, सम्बन्धबारे अनेकन चर्चा
जानको वार्षिकउत्सवमा प्रशंसा नै प्रशंसा, सम्बन्धबारे अनेकन चर्चा नेपाल जाइका अलमनाई एसोसियसन जानको ५१औं वार्षिकोत्सवको अवसरमा विभिन्न क्षेत्रमा भएको सहकार्यको स्मरण गरिएको छ । नेपाल जापानबीचको सम्बन्ध, विकास निर्माणदेखि विभिन्न क्षेत्रमा भएका सहकार्यलाई स्मरण गर्दै दुई देशको सम्बन्ध विस्तारमा सचेत बन्नुपर्ने आवाज उठेको छ । 
छुट्टै डिजिटल बैंक किन चाहिन्छ ?
छुट्टै डिजिटल बैंक किन चाहिन्छ ? नेपाल लगायत दक्षिण एशियाली मुलुकमा डिजिटल बैंक अवधारणाको विकास अझै पनि सुरुवाती चरणमा छ । नेपाल कानुन निर्माणको चरणमा छ । अहिले सञ्चालनमा रहेका केही बैंकले डिजिटल बैंकिङ कारोबार गरिरहेको भएपनि छुट्टै डिजिटल बैंक स्थापना भइसकेको अवस्था छैन । तरपनि विश्वका ठूला र विकसित मुलुकहरुको तुलनामा नेपालमा पनि डिजिटल बैंकिङको...
दोलखाको कालिन्चोक र सैलुङ्गमा यस वर्षकै ठूलो हिमपात, पर्यटक र होटल व्यवसायी उत्साहित
दोलखाको कालिन्चोक र सैलुङ्गमा यस वर्षकै ठूलो हिमपात, पर्यटक र होटल व्यवसायी उत्साहित सुशिला कार्की  दोलखाको चर्चित पर्यटकीय गन्तव्य कालिन्चोक र सैलुङ्गमा यस वर्षकै सबैभन्दा ठूलो हिमपात भएको छ। लगातारको हिमपातका कारण पूरा क्षेत्र सेताम्य बनेको छ, जसले पर्यटकलाई आकर्षित गर्दै होटल व्यवसायी र स्थानीयहरूलाई खुसी बनाएको छ।
३८ करोडमा बन्ने रंगशालाको लागत ढिलासुस्तीले दोब्बर 
३८ करोडमा बन्ने रंगशालाको लागत ढिलासुस्तीले दोब्बर  भैरहवाको क्रिकेट मैदानको स्थलगत अवलोकनमा पुगेको संसदीय समितिका सदस्यहरुले  मैदान निर्माणको कामलाई अलपत्र पार्न नहुने बताएका छन् । क्रिकेटले पछिल्लो समय राम्रो नतिजा दिइरहेको र मुलुकलाई अन्तर्राष्ट्रिय जगत्मा समेत चिनाइरहेको जनाउँदै उनीहरुले अलपत्र क्रिकेट मैदानलाई बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 
नेपाल एकीकरणसँग जोडिएको साँगाचोकगढी, जीर्ण बन्दा स्थानीय चिन्तित 
नेपाल एकीकरणसँग जोडिएको साँगाचोकगढी, जीर्ण बन्दा स्थानीय चिन्तित  नेपाल एकीकरणका बेला गोर्खाली सेनाले बनाएका गढीहरूमध्ये सिन्धुपाल्चोकको साँगाचोकगढी पनि एक हो । तर यो गढी संरक्षण र प्रचारप्रसारसंगै बजेटको अभावमा ओझेलमा परेको छ । 
Weather Update