News 24 Television
भूमि अध्यादेश अड्कोः माधव–उपेन्द्रको एकै स्वर, ओलीमाथि संगिन आरोप
भूमि अध्यादेश अड्कोः माधव–उपेन्द्रको एकै स्वर, ओलीमाथि संगिन आरोप सरकारले ल्याएको भूमिसम्बन्धि अध्यादेश के होला ? धेरैको चासो देखिन्छ । सरकारले ल्याएका ६ मध्ये भूमि अध्यादेशमा विवाद सल्किएपछि अन्य अध्यादेश पनि समस्यामा परेका छन् । यस्तो अवस्थाका बीच सरकारले अध्यादेश पारित हुने दाबी गरेपनि यो स्थिति बन्ला त ?
मधेशको गुनासोः अध्यक्ष जी हाम्रो चोकमा चोरी बढ्यो  
मधेशको गुनासोः अध्यक्ष जी हाम्रो चोकमा चोरी बढ्यो   विकास निर्माणको विषय होस् वा शिक्षा रोजगारीको स्थिति, मधेसमा चरम विभेद र सामाजिक परिवन्धका पर्खालहरु छरपष्ट छन् । तराई मधेशबाट जनताको भोट लिएर निर्वाचित हुनेहरुले बाँचा पुरा गर्दैनन् । तर, जनताहरु भने अहिले पनि सामाजिक न्यायसहितको समाज निर्माणको अपेक्षासहित नेताहरुमाथि प्रश्न गरिरहेका छन् । 
प्रधानमन्त्री ओली संविधान र विधि मिच्नमा ‘उस्ताद’ हुन् : माधव नेपाल
प्रधानमन्त्री ओली संविधान र विधि मिच्नमा ‘उस्ताद’ हुन् : माधव नेपाल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली विधि र संविधान मिच्ने ‘उस्ताद’ भएको आरोप लगाएका छन् । शुक्रवार काठमाडौंमा आयोजित ‘भूमिसम्बन्धी अध्यादेश’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीलाई कानून र विधिसँग कुनै मतलव नभएको आरोप लगाएका हुन् ।
विभिन्न कार्यक्रम गरी मनाइयो ग्याल्पो ल्होसार
विभिन्न कार्यक्रम गरी मनाइयो ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदाका दिन हरेक वर्ष मनाइने ग्याल्पो ल्होसार आज विभिन्न कार्यक्रम गरी मनाइएको छ । शेर्पा समुदायले आज आफ्नो परम्परा, रितिरिवाजअनुसार विभिन्न सांस्कृतिक कार्यक्रमहरु गरेर ग्याल्पो ल्होसार मनाइरहेका छन् ।
लामो सुख्खा यामपछि पानी पर्दा स्थानीय खुसी, अन्नबाली सप्रने
लामो सुख्खा यामपछि पानी पर्दा स्थानीय खुसी, अन्नबाली सप्रने मुगुलगायत कर्णाली प्रदेशका जिल्लाहरूमा लामो सुख्खा यामपछि पानी पर्दा किसान खुसी भएका छन्। लामो समयपछि बिहीबारबाट वर्षा हुँदा हिउँदे अन्नबाली सप्रने भन्दै किसानहरु खुसी भएका हुन् ।
काठमाडौं उत्सवमा गुन्जिए कविहरू
काठमाडौं उत्सवमा गुन्जिए कविहरू ला, साहित्य र पर्यटनसम्बन्धी काठमाडौं उत्सव शुरु भएको छ । शुक्रवार काठमाडौंको पर्यटन बोर्डमा राष्ट्रिय कला साहित्य प्रतिष्ठानको आयोजनामा उत्सव शुरु भएको हो ।
मधेश प्रदेशकै सर्वाधिक धनराशी भएको दोश्रो 'वीरगञ्ज गोल्डकप २०८१' हुँदै 
मधेश प्रदेशकै सर्वाधिक धनराशी भएको दोश्रो 'वीरगञ्ज गोल्डकप २०८१' हुँदै  मधेश प्रदेशकै सर्वाधिक धनराशी भएको दोश्रो वीरगञ्ज गोल्डकप २०८१ प्रतियोगिताको आयोजना हुदैँछ । भेट्रान्स सिटी क्लब वीरगञ्जको आयोजनामा आगामी शनिबार फागुन १७ गतेदेखी २४ गतेसम्म वीरगञ्जस्थित आदर्शनगर रंगशालामा फुटबल प्रतियोगिता हुन लागेको हो । 
७६ किलो  लागुऔषध गाँजासहित २ जना पर्सा प्रहरीको नियन्त्रणमा
७६ किलो  लागुऔषध गाँजासहित २ जना पर्सा प्रहरीको नियन्त्रणमा पर्सा प्रहरीले ७६ किलो  लागुऔषध गाँजासहित २ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जिल्लाको पटेर्वासुगौली गाउँपालिकाका २ जना रहेको पर्सा प्रहरीले जनाएको छ  ।
Weather Update