News 24 Television
त्रिभुवन विमानस्थल १० घण्टा बन्द गरिँदा हवाई भाडामा ब्रह्मलुट, के गर्दैछ सरकार ?
त्रिभुवन विमानस्थल १० घण्टा बन्द गरिँदा हवाई भाडामा ब्रह्मलुट, के गर्दैछ सरकार ? विमानस्थल बन्द गरिँदा अधिकांश अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान कटौती गरिँदै छ । उडान संख्या कटौती भएसँगै वायुसेवा कम्पनीहरुले हवाई भाडामा कालोबजारी सुरु गरिसकेका छन् । आन्तरिक तथा बाह्य दुवैखाले उडान गन्तव्यहरुको यसअघि निर्धारित हवाई भाडाभन्दा महँगो र दोब्बर–तेब्बरसम्म भाडा बढाइएको सेवाग्राहीको गुनासो छ । विमानस्थल बन्द गरिँदा उडान कटौतीको विषय...
ज्योतिलाई पक्राउ गर्न ‘रेड नोटिस’, धनराजलाई के होला ?
ज्योतिलाई पक्राउ गर्न ‘रेड नोटिस’, धनराजलाई के होला ? सहकारी ठगी प्रकरणको अनुसन्धानको सम्बन्धमा सत्तापक्षमाथि प्रतिपक्षी दलहरुले पक्षपात गरेको आरोप लगाउने गरेका छन् । सरकारले आफ्नालाई संरक्षण गरेर विपक्षी दलका नेताहरुलाई मात्रै पक्राउ र अनुसन्धान गरिरहेको प्रतिपक्षको आरोप छ । तर यस्तोमा गृहमन्त्री रमेश लेखकले भने कसैको अनुहार हेरेर अनुसन्धान गर्ने वा नगर्ने भन्ने पक्षमा सरकार नरहेको दावी गरिरहेका...
लीलाबल्लभ प्रकरण : ऋषिकेश र देवीप्रकाशमाथिका आरोपमा ओलीको असलियत
लीलाबल्लभ प्रकरण : ऋषिकेश र देवीप्रकाशमाथिका आरोपमा ओलीको असलियत नेकपा एमालेले सचिवालय बैठकले कोशी प्रदेशका निवर्तमान मन्त्री तथा नेता लीलाबल्लभ अधिकारीलाई पार्टीको सबै जिम्मेवारीबाट निलम्बन गर्ने निर्णय अनुमोदन गरेको छ । बैठकमा अधिकारीको निलम्बन र सरकारको कामबारे समीक्षा समेत भएको छ । एमालेले गरेको सरकारको समीक्षाले के अब सरकारको कामप्रतिका असन्तुष्टि समाधानको बाटोतर्फ सोझिएलान् ? 
वीरगञ्जमा स्टार्टअप नवउद्यमी सम्मेलन आयोजना 
वीरगञ्जमा स्टार्टअप नवउद्यमी सम्मेलन आयोजना  मधेश प्रदेशको वीरगञ्जमा स्टार्टअप नवउद्यमी सम्मेलन आयोजगा गरिएको छ । मधेसमा रहेको ठुलो जनसंख्यालाई स्टार्टअपमा केन्द्रित गराउन सके यसले मुलुकको आर्थिक क्षेत्रमा महत्वपूर्ण योगदान दिन सक्ने भएकाले यो सम्मेलनले युवा उद्यमीलाई प्रोत्साहन गर्ने आशा गरिएको छ । 
आइसिसी महिला यु–१९ विश्वकप एसिया छनोट :   नेपाल यूएईसँग पराजित
आइसिसी महिला यु–१९ विश्वकप एसिया छनोट : नेपाल यूएईसँग पराजित नेपाल आइसिसी महिला यु–१९ विश्वकपको एसिया छनोट खेलमा शनिवार यूएईसँग पराजित भएको छ । यूएईले दिएको १ सय २३ रनको लक्ष्य पछ्याएको नेपालले तेस्रो खेलमा १३ रनले पराजित भएको हो । राउण्ड रोबिनमा भइरहेको प्रतियोगितामा नेपालको यो पहिलो पराजय हो । यसअघि नेपालले २ खेलमा लगातार जित हासिल गरेको थियो...
उपचुनावको जोडघटाउः एक्लै लड्दा कसलाई कति घाटा ? 
उपचुनावको जोडघटाउः एक्लै लड्दा कसलाई कति घाटा ?  आगामी मंसिर १६ गते हुने लागेको स्थानीय तहको रिक्त पदको उपनिर्वाचनका लागि राजनीतिक दलहरुको दौडधुप जारी छ । 
भैरहवामा चार अन्तर्राष्ट्रिय उडानले उत्साह
भैरहवामा चार अन्तर्राष्ट्रिय उडानले उत्साह लामो समयको प्रतिक्षापछि रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ वटा अन्तर्राष्ट्रिय उडान सुरु भएका छन् । शनिबार मात्रै तीन अन्तर्राष्ट्रिय उडान भएको छ । 
भैरहवामा विदेशी जहाजको ओइरो !
भैरहवामा विदेशी जहाजको ओइरो ! सञ्चालनमा आएको अढाइ वर्षसम्म नियमित व्यावसायिक उडानले निरन्तरता पाउन नसकेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल धमाधम अन्तर्राष्ट्रिय उडान हुन थालेको छ । 
गणेशमानले भोगेका पीडा र कांग्रेस त्यागको त्यो क्षण...
गणेशमानले भोगेका पीडा र कांग्रेस त्यागको त्यो क्षण... प्रजातन्त्र पुनःस्थापनाका कमाण्डर गणेशमान सिंहको ११० औं जन्मजयन्ति मनाइएको छ । सिंहका राजनीतिक आदर्श र प्रजातन्त्रमाथिको दृढताको विवेचनाको विषय बनिरहेको छ । 
एमालेले अब सडक तताउने, आतंक मच्चाउने डिजाइनमा पुराना–नयाँ !
एमालेले अब सडक तताउने, आतंक मच्चाउने डिजाइनमा पुराना–नयाँ ! सत्तामा हुने दल हुन् वा विपक्षमा, केही गर्नु प¥यो भने आन्दोलन नै उनीहरुका लागि प्रमुख विषय बन्ने गरेको छ । नेपालको राजनीतिमा सडकमा जाने र अनेक आरोपका फेहरिस्त पोख्ने चलन जस्तै बन्न पुगेको छ । तर, के दलहरुले गर्ने सडक आन्दोलन जनताका मुद्दामा निहित छन् त ? जनसवालमा सडक तताउछौं...
मन्त्रीको अनाधिकृत जापान भ्रमण, प्रश्नको घेरामा एमाले 
मन्त्रीको अनाधिकृत जापान भ्रमण, प्रश्नको घेरामा एमाले  बिना अनुमति र बिना जानकारी जापान भ्रमणमा गएको विषयमा विवादित बनेपछि कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीले गत बुधबार पदबाट राजीनामा दिए । 
पाथीभरा केबलकारको शिलान्यास, १५ महिनाभित्र निर्माण सम्पन्न हुने 
पाथीभरा केबलकारको शिलान्यास, १५ महिनाभित्र निर्माण सम्पन्न हुने  ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरसम्म पुग्ने केवलकार निर्माणको शुक्रबार शिलान्यास गरिएको छ । संविधानसभा सदस्य डम्बरध्वज तुम्बाहाम्फे र फुङलिङ नगरपालिकाका नगरप्रमुख अमिर मादेनले केबलकार निर्माणको सुरुवाती बिन्दु काफ्लेपाटीमा पूजा गर्दै संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।
Weather Update