काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशन पछिको पहिलो बैठकमा अध्यक्षमा निर्वाचित पार्टी अध्यक्ष केपी ओलीले आर्मीले मार्च पास गरे झैं केन्द्रीय कमिटिका सबैले एकै स्वर हुनु पर्ने बताएका थिए । त्यसो त ओलीले सपथ ग्रहण लगत्तै पार्टी नेतृत्वलाई छोए देश ठप्प पार्ने अभिव्यक्ति पनि दिएका थिए । तर ओलीको यो भनाइनलाई एमाले नेता ईश्वर पोखरेल पक्षले भने प्रतिरोधको संकेत गरिरहेकोे छ ।
उपमहासचिव योगेश भट्टराईले निर्वाचनमाथि प्रश्न उठाएका छन् भने ईश्वर पोखरेलले काखापाखा गरीए प्रतिवाद गर्ने बताएका छन् ।
नेकपा एमालेको ११ औं महाधिवेशनबाट तेस्रो पटक पार्टी अध्यक्ष पदमा निर्वाचित भएपछि केपी ओलीले निर्वाचन जिते पनि राजनीति हारेको भन्दै राजनीतिक वृतमा टिकाटिप्पणी भई रहेको छ ।
विशेष गरी जेनजी आन्दोलनबाट सत्ताच्यूत भएका ओलीले दिएको यो अभिव्यक्तिले ओलीले निर्वाचन जितेता पनि उनी त्रसित छन् भन्ने देखाएको छ ।
अध्यक्ष ओलीले आफुले भनेको कुरामा एमाले केन्द्रीय कमिटिका नेताहरुले फौजी शैली पालना गर्नु पर्ने कुरा उल्लेख थियो भने नेताहरुले पार्टी नेतृत्वका बारेमा टिप्पणी गर्न नहुने बताएका थिए ।
यसरी ओलीले एमालेका केन्द्रीय सदस्यहरुलाई पार्टीभित्र फरक मत राख्न नहुने बताए पनि ओलीसंग अध्यक्षमा पराजीत भएका तर केन्दीय सदस्यमा निर्वाचित भएका ईश्वर पोखरेलसहित उनी पक्ष नेताहरुले भने ओलीलाई नै काउन्टर दिने दाबी गर्न थालेका छन् ।
ईश्वर पोखरेलले पार्टी भित्र काखापाखा भए प्रतिवाद गर्ने बताएको भनिएको छ । पोखरेल प्यानलबाट निर्वाचनमा सहभागी भएर उप–महासचिवमा निर्वाचित भएका योगेश भट्टराईले महाधिवेशन प्रतिनिधि चयन देखि निर्वाचनको बिषयमा नै प्रश्न उठाएका छन् ।
पार्टीभित्र फरक मत राख्न सकिने तर सार्वजनिक रुपमा पार्टीको शाख गिराउने गरि काम गर्न नहुनेमा ओलीले सचेत गराइरहेका छन्। उसोतः ओलीले एक टेलिभिजनलाई दिएको अन्तरवार्तामा समेत ईश्वर पक्षले गरेको कार्की ब्यान्क्वेटको छलफलमाथि नै प्रश्न उठाएका छन भने यस्ता विषय अक्षम्य भनेका छन् ।
यसले पनि एमालेको राजानीति तरङ्गित हुने अपेक्षा गरिएको छ भने कमजोर रहेको ईश्वर पक्षले कसरी ट्याकल गर्छ भन्ने कुरा हेर्न बाँकी नै छ ।
