काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं – १ बाट प्रत्यक्ष निर्वाचनतर्फ पशुपतिशमशेर राणासहित ४ र समानुपातिकमा प्रा. डा. जयन्तनाथ खनालसहित ६ जनालाई सिफारिस गरेको छ ।
काठमाडौं क्षेत्र नं १ को क्षेत्रिय समितिको वैठकले गत हप्ता नै उम्मेदवारको सिफारिस गरेको हो । क्षेत्रीय समित अध्यक्ष रामेश्वर श्रेष्ठले हस्ताक्षर गरेको माइन्युटसहित सो निर्णय पार्टी सचिवालयमा दर्ता गरिएको क्षेत्रिय समिति सदस्य विनोद दवाडीले जानकारी दिए ।
उनकाअनुसार क्षेत्रले रवीन्द्र मिश्रको नाम सिफारिस नगरेपपछि कार्यकर्ताको उपेक्षाकाबीच मिश्रले समिति बाहिरको मान्छे बोलाएर आफ्नो नाम सिफारिस गर्न लगाएका छन् । क्षेत्रिय अध्यक्ष रामेश्वर श्रेष्ठले नमान्दा एउटा कापी किनेर आफ्नो नाम अरु कसैलाई लेख्न लगाएर सिफारिस भन्दै सामाजिक संजालमा भ्रम फैलाएको उनको आरोप छ ।
काठमाडौं क्षेत्र न १ का राप्रपाका कार्यकर्ता र क्षेत्रिय र सवै वडा समितीका सदस्यहरुले मिश्रको गतिविधिप्रति आपत्ति जनाउँदै भेला आह्वान गरेका छन् ।
उनीहरूले यो गैरजिम्मेवारी कार्यको प्रतिकार गर्ने चेतावनी दिएका छन् । यसको लागि आज-भोलिमै १ नं क्षेत्रका सबै सक्रिय सदस्यहरू समेतको भेलाको तयारी गरिएको दवाडीले बताए ।
