News 24 Television
शहिदपुत्र सन्दीप बने विद्यार्थी संगठनको संयोजक

काठमाडौँ । नेपालको विद्यार्थी राजनीतिमा ऐतिहासिक घटनाका रूपमा शहिदका सुपुत्रले पहिलोपटक विद्यार्थी संगठनको संयोजक (अध्यक्ष) पदको जिम्मेवारी पाएका छन्।

जनयुद्धका शहिद सुन्दर र वृक्षाका सुपुत्र सन्दीप पुनलाई प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठनको संयोजकमा नियुक्त गरिएको हो । पार्टी नेतृत्वले विद्यार्थी संगठनलाई सशक्त बनाउने उद्देश्यसहित पुनलाई उक्त जिम्मेवारी सुम्पिएको जनाएको छ ।

पार्टीका अनुसार लोकतान्त्रिक मूल्य-मान्यता र प्रगतिशील विचारधारालाई विद्यार्थी आन्दोलनमार्फत संस्थागत गर्ने लक्ष्यका साथ पुनलाई संयोजक बनाइएको हो ।

सन्दीप पुन यसअघि साबिक नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठनका निर्वाचित उपाध्यक्ष थिए । विभिन्न १६ वटा घटकबीच एकता भएर बनेको नेकपामा नगएर उनी प्रगतिशील लोकतान्त्रिक पार्टीको कित्तामा उभिएका थिए ।

जेनजी विद्रोहपछि स्थापित हुने पहिलो विद्यार्थी संगठनको संयोजकका रूपमा सन्दीप पुनले जिम्मेवारी प्राप्त गरेका हुन् ।

प्रकाशित मिति: मंगलबार, पुस ८, २०८२  १६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update