काठमाडौँ । पशुपति बहुमुखी क्याम्पसले जाडो बिदाको अवसरलाई सदुपयोग गर्दै BBS मा अध्ययनरत विद्यार्थीहरूका लागि निःशुल्क एक हप्ते Practical-Based Accounting and Microsoft Excel Training सञ्चालन गरेको छ।
बजारमा छिटो रोजगारी पाउने क्षेत्रमध्ये अकाउन्टिङलाई प्रमुख मान्दै, क्याम्पसले चार्टर अकाउन्टेन्ट (CA) मार्फत व्यवहारिक तालिम दिँदै आएको जनाएको छ। तालिममा अकाउन्टिङका आधारभूतदेखि उन्नत विषयहरू Excel प्रयोग गरेर अभ्यासात्मक रूपमा सिकाइँदैछ।

विद्यार्थीहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्न CV Writing र Interview Preparation पनि समावेश गरिएको छ। यसै क्रममा, क्याम्पसले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि अतिरिक्त क्रियाकलाप र खेलकुद कार्यक्रमहरू समेत आयोजना गरेको छ।
क्याम्पस प्रमुख विनोद पन्तका अनुसार, तालिमको उद्देश्य विद्यार्थीहरूलाई रोजगार–मुखी सीप प्रदान गर्नु र बजारमा प्रतिस्पर्धी बनाउनु हो। “निःशुल्क सञ्चालन भएको यो तालिममा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको छ,” उनले भने ।
क्याम्पस प्रमुख पन्तले उच्च शिक्षामा अध्ययनरत विद्यार्थीहरुलाई उद्यमशीलता र स्वरोजगारमा अभिप्रेरित गर्न तालिम तथा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको बताए । क्याम्पस प्रमुख पन्तले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसग प्रयोगात्मक सिप र ज्ञान दिन यस किसिमको प्रशिक्षण उपयोगी हुने विश्वास गरे ।

