काठमाडौँ । जेनजी आन्दोनपछि विभिन्न क्षेत्रका युवा प्रतिनिधिहरुले सरकारले रोजगारी र उद्यमशीलताको विकास गर्ने अपेक्षा रोखका छन् । जोरपाटीस्थित चामुन्णा माध्यामिक विद्यालयमा चिन्तन चौतारीद्धारा आयोजित कार्यक्रममा नव युवाहरुले आजको आधुनिक सूचना प्रविधिको प्रयोग र उद्यमशीलताको विकासमा जोड दिएका हुन् ।
जेनजी पुस्ताका प्रतिनिधिहरुले हरेक क्षेत्रमा एआईको प्रयोग, साइवर सुरक्षा र डिजिटल साक्षरताको प्रयोग वढिरहेको सन्दर्भमा आम जनतामा यसको चेतना हुन आवश्यक भएको बताए । विभिन्न पेशा व्यवसाय तथा उद्यमशीलतामा आवद्ध नयाँ पुस्ताका प्रतिनिधिहरुका रुपमा अन्र्तकृयामा सहभागी प्राची अर्याल, दिक्षा श्रेष्ठ, डा. पृया बराल, नृपेश ढुंगाना, साइस्मा घिमिरेले नवयुवाहरुलाई देश भित्रै काम गर्ने वातावरणको माग गरेका छन् ।

उनीहरुले सरकार र निजी क्षेत्रले नागरिकलाई नयाँ प्रविधि अनुरुप सेवा दिनु पर्ने बताए । त्यसैगरी नवयुवा प्रतिनिघि शालीन मोहन गिरीले समाजका युवासंग जोडिएका प्रश्नहरु उठाउँदै शिक्षालाई सिप र प्रविधिमा जोड्न माग गरे । जेनजी प्रतिनिधिहरु अग्रीमा सुवेदी र प्रभव चालिसेले युवाको भावना र मागलाई बुझन आवश्यक भएका बताए । जेनजीहरुको विचार विमर्श कार्यक्रममा जोरपाटी क्षेत्रवाट राज्यको महत्वपूर्ण जिम्मेवारीमा नियुक्त भएका मुख्य सचिव सुमन अर्याल, त्रिवि शिक्षण अस्पतालका उपकार्यकारी निर्देशक डा पवन चालिसे, त्रिभुवन विश्वविद्यालयका केन्द्रीय पुस्तकालयका प्रमुख सागर राज सुवेदीलाई चामुण्डा माध्यामिक विद्यालयले सम्मान गरेको थियो ।

विद्यालयको तर्फबाट व्यवस्थापन समितिका अध्यक्ष दिपक सिंह भण्डारी, प्राचार्य गुणराम आचार्यले सम्मान गदै सामुदायिक विद्यालयले समुदायमा निर्वाह गरेको भूमिकामा स्थानीयवासीको सहयोग महत्वपूर्ण हुने बताए । चिन्तन चौतारी कार्यक्रमको तर्फवाट डा. सुवास प्याकुरेलले समयको माग र अवस्था अनुसार नयाँ पुस्ताको भावनालाई सबैले आत्मसाथ गर्नु पर्ने बताए । शिक्षक डा. दिवाकर प्रसाद भण्डारीले नवयुवाहरुको ज्ञान र प्रविधिमा प्रयोग गर्न सकेमा उद्यमशीलताको विकास हुने बताए । कार्यक्रममा शिक्षक तथा समाजसेवी उद्धव रायमाझीले जोरपाटी क्षेत्रमा स्थानीय वासीहरुले स्थानीय क्षेत्रदेखि राष्ट्रिय जीवनमा पुर्याएको भूमिकाको चर्चा गरे ।
कार्यक्रमको सभापतित्व युवा प्रतिनिधि प्राची अर्यालले गरेकी थिइन भने कार्यक्रम संचालन शालीन मोहन गिरी, प्रतिवेदक प्रभव चालिसे र नवयुवा अग्रीमा सुवेदीले धन्यवाद ज्ञापन गरेकी थिइन ।

