काठमाडौं । नेपाली खेलकुदको विकास र विस्तारका लागि रेडबुल नेपाल स्पोट्स समिट सन् २०२६ भब्य रुपमा सम्पन्न भएको छ । विहिबार ताहाचलस्थित द सोल्टी होटलमा सम्पन्न भएको कार्यक्रमको उद्धघाटन कांग्रेस सभापति गगन थापाले गरेका थिए । कार्यक्रममा चर्चित अनुहारका विच प्यानल डिस्कसन भएको थियो । नेपाली खेलकुदलाई व्यवासायिक बनाउन नेपाल स्पोट्स समिट कोशेढुंगो सावित हुने आयोजकले विश्वास गरेको छ ।
नेपाली खेलुकदको व्यावसायिक कसरी होला ? अनि खेलाडीले निर्धक्क भएर कहिलेसम्म खेल खेल्न पाउलान् ? यो प्रश्नको उत्तर सरकार र खेलसंवद्ध निकायसंग छैन् । विहिवार यी र यस्तै प्रश्नको उत्तर खोज्ने प्रयास भएको छ ।
नेपाल स्पोट्स समिट कमिटीले विहिबार काठमाडौँको द सोल्टी होटलमा रेड बुल नेपाल स्पोट्स समिट सन् २०२६ मार्फत बहस र विश्लेषण गरेको हो । कार्यक्रममा खेलुकद क्षेत्रका हस्ती, विज्ञ, निति निर्माता, विश्लेषकदेखि नेतृत्वको उल्लेख्य सहभागिता देखिन्थ्यो । कार्यक्रमको औपचारिक उद्धघाटन भने कांग्रेस सभापति गगन कुमार थापाले गरे ।
कांग्रेस सभापति गगन सभापति थापाले नेपाली खेलकुदको व्यावसायीकतामा नेपाल स्पोट्स समिट २०२६ ले महत्वपुर्ण भुमिका खेल्ने बताउँदै खेलकुदलाई राजनीतिको छाँयाबाट पुर्ण रुपमा बचाउनु पर्ने बताए ।
कार्यक्रको औपचारिक उद्धघाटनपछि प्यानल डिस्कसन मार्फत नेपाली खेलकुदका समस्या, चुनौती र व्यावसायीकताका बारेमा छलफल सुरु भयो । पाँच प्यानलमा सुरु भएको कार्यक्रममा पहिलो सेसनमाको संचालन सिवानी थापा बस्नेतले गरेकी थिएन् । जहाँ सिसन बाँनिया, प्रिति खत्रि र सचिन ढकालले नेपाली खेलकुदको एन्फास्टक्चरको बारेमा आफ्ना भनाई राखे । दोस्रो सेसनमा राइज अफ इर्मजिङ स्पोट्सको बारेमा छलफल भएको थियो ।
उक्त छलफलको संचालन संजिव शिल्पकार थिए भने प्यानल डिस्कसनमा तेक्वान्दो लेजेण्ड दिपक विष्ट, डा. मनिष राज पाण्डे, दिपक राज आर्चाय, निलेन्द्र श्रेष्ठ र पाराओलम्पिकधारी पलेशा गोवर्धन विच खेलकुदलाई मेनस्ट्रिमले दिने महत्वका विषयमा कुरा चलेको थियो ।
त्यसपछि क्रमशः तेस्रो सेसनमा स्पोट्स कन्टेन्ट र इन्फुलेन्सरका विषयमा छलफल भयो । यस छलफलको संचालक सन्दीप क्षेत्रीले गरे । प्यानलमा वसिन सिटौला, सुवेक्षा खड्का, रविराज कर्णिकार र सन्दीप खत्री थिए । चौथो सेसनमा स्पोट्स मिडिया र व्रोकास्टिङका बारेमा बहस भएको थियो ।
यसको संचालनको जिम्मेवारी थिए वरिष्ठ पत्रकार भुषण दाहाल र प्यानलमा भास्कर राजकणिकार, धिरज मल्होत्रा, जय भट्टाचार्य र सन्दीप थापा । पाँचौ तथा अन्तिम सेसनमा स्पोट्स डिप्लोमेसीका बारेमा बहस भएको थियो ।
जुन सेसनको संचालन सुरज भाडियाले गर्दा प्यानल छलफलमा राम चरित्र मेहेता, अमिर अख्तर, दिपक राज जोसी र महानायक राजेश हमालले गरेका थिए । उनीहरुले नेपाली खेकुदको व्यावसायीकताका बारेमा मिहिन ढंगले बहस र छलफल गरेका हुन् ।
यो संगै रेड बुल नेपाल स्पोट्स समिट सन् २०२६ ले नेपालको वर्तमान खेल परिस्थितिलाई दीर्धकालिन रणनीति, लगानीको प्रवद्र्धन र संथागत सुधारमार्फत सुदृढ बनाउने लक्ष्य लिएको दाबी गरेको छ । एकै मञ्चमा भएको यो खालको बहसले नेपाली खेलकुदको विकास र विस्तारमा टेवा पुग्ने विश्वास गरिएको छ ।
