News 24 Television
चुनावभन्दा स्याउ खेतिको पीरः उम्मेदवारका वाचामा कृषि प्राथमिकता पर्ला ?

मुगु । गाँउघरका पार्टी पैवा, धारा मन्दिर चिया पसलदेखी चोक–चोकमा चुनावी चर्चा परिचर्चा छ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागी बिभिन्न राजनैतिक दलका नेताहरु भोट माग्न घर दैलोदेखि आमसभा, राजनैतिक बहसमा व्यस्त छन् । तर, हिमाली जिल्ला मुगुका मतदातामा भने केही उत्साह छैन ।

हिमाली जिल्ला मुगु स्याउ खेतीका लागि उपयुक्त हावापानी भएको जिल्ला हो । फागुन महिना स्याउका बिरुवामा पालुवा, कोपिला हाल्ने समय भएकाले अनावश्यक हाँगा काँटछाँट, गोडमेल, मलजल गर्न उपयुक्त मानिन्छ । 

यही समयमा काँटछाँट, गोडमेल, मलजल, निलोतुथो, चुना लगाएपछि स्याउको उत्पादन राम्रो हुन्छ । त्यसैले स्याउ पकेट क्षेत्र रहेको ताल्चा, पिना, झ्यारी, कोटीला, बाम, रोवा, सोरुकोट ,कालापाल्त, धैन, सेरी, जाम, रासकोटीवाड, खमाले, लुमेरा, कोटीलामा कृषकहरु स्याउ बगैचामा व्यस्त देखिन्छन् । 

हिजोआज आसन्न प्रतिनिधीसभा निर्वाचनका लागी गाँउदेखी शहरसम्म चुनावको लहर छ । तर मुगुका कृषकहरुमा भने चुनावी माहोलप्रति केहि उत्साह देखिदैन । अघिल्लो निर्वाचनमा भोट दिएर विजय भएर गएका नेताहरुले कृषकहरुका पीडा दुख नबुझेको प्रतिक्रिया दिएका छन् । समयको निकै मूल्य रहेको हुदा चुनाव प्रचार प्रचार गर्ने नेताहरु भेट्नु भन्दा पनि स्याउ बगैचामा गएर काम गर्नु महत्व रहेको कृषकहरु बताउछन् ।  

जौ, गहँु, फापर, कोदो, आलु खेतीबाट राम्रो आम्दानी नभएकाले स्याउ खेतीबाट राम्रो हुने भएकाले एक दशकदेखि स्याउ खेतीमा सक्रिय छन्, यहाँका किसान । मुगुमा सडक संजाल विस्तार भएसँगै उत्पादित स्याउको माग बढ्न थालेको छ । स्याउको माग बढेपछि कृषकहरु खेतीप्रति आकर्षित हुन थालेका छन् । गर्त बर्षभन्दा यो बर्ष आकासे बर्षासंगै हिमपात भएको हुदा यो बर्ष स्याउको कउत्पादन निकै राम्रो हुने आंकलन गरिएको छ ।

कर्णाली प्रदेशका स्याउ उत्पादन हुने जिल्लामा ब्यवसायीक रुपमा खेति गर्ने स्याउ कृषकहरुलाई आधुनिकरणका साथै खेतिको तालिम, अनुदानका कार्यक्रम ल्याएर सहयोग गर्ने हो भने स्याउ खेतिबाट मुगाली लगाएत कर्णाली प्रदेशका नागरीकहरुको आयआर्जनमा अझ परिर्वतन ल्याउन सकिन्छ ।

प्रकाशित मिति: सोमबार, फागुन ११, २०८२  ०८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update