News 24 Television
अरुणिमा मा.वि.को अभिभावक दिवसमा विशिष्ट व्यक्तिहरूलाई सम्मान

काठमाडौँ । बौद्ध, कुमारीगालस्थित अरुणिमा माध्यमिक विद्यालयले अभिभावक दिवसको अवसरमा समाजका विविध क्षेत्रमा योगदान दिने विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरेको छ । 

सम्मानित हुनेमा प्रतिष्ठानका संरक्षक समेत रहनु भएका शिक्षाप्रेमी एवं समाजसेवी बुद्धिबहादुर थापा (अमिर) थापा, शिक्षाविद् एवं नेपाल सरकारका पूर्व सहसचिव विश्वनाथ अर्याल र समाजसेवी शताब्दी पुरुष नारायणप्रसाद लामिछाने रहनु भएको छ । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ चित्रकार हरिप्रसाद शर्मा, अरुणिमा शैक्षिक प्रतिष्ठानका अध्यक्ष भिमानन्द ढुङ्गाना र कार्यकारी प्रिन्सिपल ईश्वरीप्रसाद लामिछाने विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गर्नु भएको हो । 

52307da0-89b3-44e5-a251-99dae7418643-1771939457.jpeg
कार्यक्रममा अरुणिमा स्मारिका अङ्क- ८ को लोर्कापण पनि गरिएको थियो भने विद्यार्थीहरूले गीत, नृत्य, नाटक, योग, तेक्वान्दो लगायतका विविध आर्कषक प्रस्तुति देखाएका थिए । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ चित्रकार हरिप्रसाद शर्माले विद्यार्थीहरूका सिर्जनात्मक क्रियाकलापबाट विद्यालयले उपलब्ध गराएको समय सापेक्ष सैद्धान्तिक एवं व्यवहारिक शिक्षा प्रतिबिम्बित भएको धारणा राख्नुभयो । सम्मानित व्यक्ति शिक्षाविद् एवं नेपाल सरकारका पूर्व सहसचिव विश्वनाथ अर्यालले विद्यार्थीहरूको दैनिकीको बारेमा अभिभावकहरूले मिहिन चासो राख्नुपर्ने विचार व्यक्त गर्नुभयो । 

f20f77de-3505-4677-8832-053d12545b23-1771939459.jpeg
अरुणिमा शैक्षिक प्रतिष्ठानका अध्यक्ष भिमानन्द ढुङ्गानाले प्रतिष्ठानको शैक्षिक सफलतामा सरोकारवाला सबैको साथ सहयोगका लागि आभार व्यक्त गर्दै आगामी दिनमा थप प्रविधिमैत्री एवं समय सापेक्ष शिक्षा उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रतिष्ठानका कार्यकारी प्रिन्सिपल ईश्वरीप्रसाद लामिछानेले विद्यार्थीहरूको सिर्जनात्मक पक्षलाई विद्यालयले उच्च प्राथमिकता दिँदै आएको जानकारी गराउनुभयो । विद्यालयका प्रिन्सिपल बुद्धिप्रसाद रेग्मीले विद्यालयको शैक्षिक उपलब्धी, प्रशासनिक व्यवस्थापन तथा अतिरिक्त क्रियाकलाप र विद्यालयले प्रदान गर्दै आएका सुविधाहरु बारे प्रकाश पार्नुभयो । 

edu-1771939461.jpeg

437af32f-e9c1-4661-b9c7-dc9ae8ef8b2d-1771939456.jpeg

प्रकाशित मिति: मंगलबार, फागुन १२, २०८२  १९:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update