News 24 Television
नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षामा जोड्दै युनिक्याम्पस ग्लोबल

काठमाडौं । नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षामा जोड्दै आएको युनिक्याम्पस ग्लोबलले २५औँ वार्षिकोत्सवका अवसरमा शिक्षा क्षेत्रमा गरेको योगदानको स्मरण गरेको छ ।

सन् २००१ मा स्थापना भएको युनिक्याम्पस ग्लोबलले पछिल्लो साढे २ दशकमा विद्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक परामर्श प्रदान गर्नुका साथै विश्वका विभिन्न विश्वविद्यालयहरूमा आंशिक तथा पूर्ण छात्रवृत्ति प्राप्त गर्न सहजीकरण गर्दै आएको छ । युनिक्याम्पस ग्लोबल मार्फत धेरै विद्यार्थीले आफ्नो शैक्षिक भविष्यलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने अवसर समेत पाएका छन् ।

संस्थाका अध्यक्ष विज्ञान श्रेष्ठले नेपाली विद्यार्थीको शैक्षिक भविष्य निर्धारण गर्नका लागि युनिक्याम्पस ग्लोबल सदैव प्रतिबद्ध रहेको बताउनुभयो । साढे २ दशकको यात्रामा विभिन्न उतारचढाव भोग्नुपरे पनि समर्पित टोली र दीर्घकालीन दृष्टिकोणका कारण अग्रणी शैक्षिक परामर्श संस्था बन्न सफल भएको अध्यक्ष श्रेष्ठले बताए ।

उनले शिक्षा क्षेत्रमा नवप्रवर्तन र सहकार्यलाई अझ मजबुत बनाउँदै अघि बढ्ने प्रतिबद्धता समेत जनाए । संस्थाका प्रमुख कार्यकारी अधिकृत घनश्याम घिमिरेले विद्यार्थी केन्द्रित सेवा, विश्वसनीय मार्गदर्शन र गुणस्तरीय परामर्शलाई प्राथमिकतामा राख्दै निरन्तर काम गर्दै आएको बताए। उनले भने, “विद्यार्थीहरूको लक्ष्य प्राप्तिमा साथ दिनु नै हाम्रो मूल उद्देश्य हो।’

शिक्षा परामर्श क्षेत्रका अगुवा हेमन्त भट्टराईले नेपालमा शिक्षा परामर्श व्यवसायलाई व्यवस्थित र विश्वसनीय बनाउने अभियानमा  युनिक्याम्पस जस्ता संस्थाहरूको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे । 

यूनिक्याम्पस ग्लोबलले परामर्श सेवासँगै शिक्षण संस्थाहरूको स्थापना र विकासमार्फत पनि शिक्षा क्षेत्रमा योगदान विस्तार गरेको छ । निक्याम्पस ग्लोबलले आफ्नो सेवा विस्तारसँगै नेपाली विद्यार्थीलाई विश्व स्तरको शिक्षामा पहुँच दिलाउने अभियानलाई अझ सुदृढ बनाउँदै लगेको छ ।

प्रकाशित मिति: बिहीबार, चैत ५, २०८२  १३:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update