News 24 Television
वीरगञ्जमा परीक्षा रद्द, विद्यार्थीले गरे नाराबाजी

पर्सा । वीरगञ्जस्थित हरिखेतान क्याम्पसको कक्षा ११ र १२ को नियमित परीक्षा रद्द भएपछि विधार्थीहरुले विरोध प्रर्दशन गरेका छन् । आईतबारबाट नियमित आन्तरिक परिक्षा सुरु भएपनि अन्तिम समयमा कलेज प्रशासनले परीक्षा रद्दको सूचना टासेपछि विधार्थीहरु आक्रोशित बनेका हुन् । 

कलेजका व्यवस्थापन पक्ष र कर्मचारीहरुको आपसी द्वन्दका कारण विधार्थीहरुको भविष्यसँग खेलवाड गरेको भन्दै विरोध प्रर्दशन गरेपछि क्याम्पस प्रशासनले विधाार्थीहरु माथि हातपात समेत गरेको उनीहरुको आरोप छ । 

कक्षा ११ र १२ को आन्तरिक परीक्षाको विषयलाई लिएर वीरगञ्जको सामूदायीक क्याम्पसको रुपमा चिनिने वीरगञ्जस्थित हरिखेतान बहुमुखी क्याम्पसका विधार्थीहरु विरोध प्रर्दशनमा उत्रेका छन् । क्याम्पस प्रशासनको गैर जिम्मेवारीपनका कारण सडकमा प्रदर्शन गर्नुपर्ने बाध्यता भएको विद्यार्थी बताउँछन् । 

आईतबारबाट कक्षा ११ र १२ को त्रैमासिक परीक्षा संचालनमा आउने भएपनि एक्कासी परीक्षा स्थगीत गरिएको सूचनाले बिधार्थीहरु आका्रेशित हुँदै सडकमा उत्रिएका हुन् । उनीहरुले वीरगञ्जको घण्टाघर क्षेत्रमा प्रहरी र क्याम्पस प्रशासन विरुद्धको नारा लगाउँदै टायर बालेर विरोध प्रदर्शन गर्नुका साथै जिल्ला प्रशासन कार्यालय पर्साको मुख्य गेट अगाडि केहीबेर धर्नामा बसेका थिए । 

उनीहरुका अनुसार क्याम्पस प्रशासनलाई दबाब दिन शान्तिपूर्ण विरोध प्रदर्शनका गरिरहदा उल्टै प्र्रशासनले प्रहरी बोलाएर आफूहरूमाथि बल प्रयोग गरिएको उनीहरुको आरोप छ । यसअघि पनि क्याम्पसमा शिक्षक, कर्मचारी र व्यवस्गथापनबीचको विवादका कारण पठनपाठन प्रभावित हुँदै आएको छ  । प्रहरीले समेत विद्यार्थीहरुमाथि ज्यादती गरेको भन्दै उनीहरु अझ बढी आक्रोसित हुन पुगे । 

प्रदर्शनका क्रममा क्याम्पसको १ बसमा तोडफोड भएको छ भने केही विधार्थीहरु घाईते भएका छन् । क्याम्पसमा लामोसमय देखी विभिन्न माग सहित शिक्षक कर्मचारीहरु असन्तुष्टि जनाउदै आन्दोलन गर्दै आएका  छन् । उनीहरुले परीक्षा हुनु अघी पनि क्याम्पस प्रशासनलाई परीक्षामा सहभागी नहुने जानकारी दिएका थिए । तर शिक्षकहरुको अल्टीमेटललाई वेवास्ता गर्दै  प्रशासनले संचालन गरेपछि आइतबार हुने भनिएको परीक्षा रद्द हुन पुगेको हरिखेतान बहुमुखी क्याम्पसका प्रमुख रविन्द्र यादव बताउछन् ।  

क्याम्पस र विद्यार्थीहरुको विवाद समाधान गर्न जिल्ला प्रशासन कार्यालय पर्सामा प्रुमख जिल्ला अधिकारी नेतृत्वमा बसेकोे सरोकारवाला बैठकले विधार्थीको भविष्यसंग खेलवाड नगर्न सचेत गराउँदै यथासिघ्र परीक्षा संचालन र पठनपाठन सूचारुमा जोड दिएको छ  । बैठकले समस्या समाधानका लागि ३ बुँदे निर्णय गरेको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए । 

हरिखेतान बहुमुखी क्याम्पसमा देखिएको यो समस्या नयाँ होइन, तर पटक–पटक दोहोरिने व्यवस्थापन र आन्तरिक द्वन्द्वले सबैभन्दा ठूलो असर विद्यार्थीहरूको भविष्यमा परेको छ । 

यदि समयमै स्थायी समाधान निकालिएन भने यस्ता विवादले शैक्षिक संस्थालाई अझ कमजोर बनाउँदै लैजाने निश्चित देखिन्छ । 

प्रकाशित मिति: सोमबार, चैत ९, २०८२  ०८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update