काठमाडौँ । गत चैतको अन्तिम साता नवौं हिन्द महासागर सम्मेलनका लागि मौरिसस पुगेका परराष्ट्रमन्त्री शिशिर खनालले नेपालका प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको तैयारी तीव्र भइरहेको प्रतिकृया दिएका थिए । सरकार गठन भएको केही हप्तामै परराष्ट्रमन्त्रीले प्रधानमन्त्री बालेन शाहको पहिलो विदेश भ्रमण भारत नै हुने दावी गरेपछि राजनीतिक वृत्तमा केही हलचल पैदा भएको थियो । परराष्ट्रमन्त्री स्वदेश फर्किएपछि प्रधानमन्त्रीको भारत भ्रमणाका लागि केही कुटनीतिक तैयारी पनि भएको देखिन्छ । तर यो तैयारी असफल भइसकेको छ ।
प्रधानमन्त्री बालेन शाहको भ्रमणअघि भारतले गत मे ११ मा भारतीय विदेश सचिव विक्रम मिश्रीलाई २ दिने नेपाल भ्रमणमा पठाउन लागेको थियो । तर यो भ्रमण अन्तिम समयमा आएर रोकियो । त्यस्तै परराष्ट्रमन्त्री खनाल यही जेठ १८ गते भारत जाने तैयारीमा थिए । तर उनी सहभागी हुने भनिएको सम्मेलन नै स्थगित भएपछि परराष्ट्रमन्त्रीको भारत भ्रमण नै नेपालका तर्फबाट पनि रोकियो । यो सँगै नेपाल भारतको सरकारी तवरणबाट हुने भ्रमण अन्योल बनेको छ । मुख्यतः नेपाल र भारतबीच लिपुलेक र कालापानीको सीमाविवादका कारण दुई देशीय सम्बन्ध र कुटनीतिमा संकट पैदा हुने खतरा छन् । यहीबीच दुई पक्षिय हुने भनिएको वार्ता पनि अन्योलमा परेको छ ।
आ-आफ्नै पारामा रवि–बालेन !
रास्वपा सभापति रवि लामिछोनको भारत भ्रमण तैयारी अन्तिम चरणमा पुग्दा नेपालको कुटनीति र सत्तारुढ दल रास्वापाभित्र भने खैलाबैला मच्चिएका छन् । यसले नेपालको कुटनीतिमा नयाँ आयाम आएकोदेखि सत्तारुढ दल रास्वपाभित्रै रवि र बालेनबीच मतभेत सृजना तभएको होइन ? भन्ने प्रश्न पनि उठ्न थालेका छन् । खासगरी सरकारको नेतृत्व अन्तर्राष्ट्रिय स्तरमा प्रधानमन्त्री र परराष्ट्रमन्त्रालयबाटै हुने गरेको छ । तर यहीबीचमा सरकारलाई नै ‘बाइपास’ गरेर पार्टी नेतृत्वले नै अर्को राष्ट्रका सरकार प्रमुखलाई भेट्नु कुटनीतिक रुपमा कति उपयुक्त होला ? भन्ने प्रश्न पेचिलो ढंगले उठेका छन् । अर्कोतर्फ अहिलेसम्म रास्वपा सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणबारे सरकार र पार्टीलाई अझैसम्म औपचारिक जानकारीसमेत नदिइएको बताइन्छ । सरकारका मन्त्रीहरुले नै रविको भारत भ्रमणको सम्बन्ध सरकारसँग नरहेको दावी गरिरहेको छ ।
अर्कोतर्फ सभापति रवि लामिछानेले भारत भ्रमाणको तैयारीलाई तीव्रता दिइरहँदा प्रधानमन्त्री बालेन शाह भने इयुका राजदूतहरुसँग छलफलमा व्यस्त थिए । प्रधानमन्त्री बालेन अन्तर्राट्रिय सम्बन्धलाई थप विश्वास बढाउन सुरुदेखि नै विभिन्न देशका राजदूतहरुसँग सामूहिक छलफल गरिरहेका छन् । यो अवस्थामा बालेनले प्रमुख छिमेकी मुलुक भारतको भ्रमण स्थागन गर्नु र रवि आँफै भारत जान तम्सिनुले रवि–बालेनको आ–आफ्नै पारा झल्किन्छ ।
रवि भ्रमणबारे विश्लेषकहरु के भन्छन् ?
प्रधानमन्त्रीको साटो सत्तारुढ दलको नेतृत्वको भारत भ्रमणलाई लिएर विगतमा भारतले अपनाएको रणनीतिकै निरन्तरताको रुपमा पनि व्याख्या भइरहेका छन् । कतिपयले रविको भारत भ्रमणको विषयलाई लिएर विगतमा अन्य दलको सरकार रहँदा पनि तत्कालीन सत्तारुढ दलका नेताले भारत भ्रमण गर्ने गरेको टिप्प्णी गरिरहरको हुन्् । तर यो पटकको रविको भ्रमणालाई भने बालेनको मनोविज्ञानलाई बुझ्न भारतले रविको प्रयोग गर्न लागेको विश्लेषण गरिरहेका छन् ।
खासगरी नेपालमा हाल रास्वपाको एकल सरकार छ भने, संसदमा झण्डै दुई तिहाईँको बहुमत छ । यस्तोमा भारत आफूप्रति नेपाल सरकार र प्रधानमन्त्रीको धारणा कस्तो छ ? भन्ने बुझ्न चाहन्छ । प्रधानमन्त्री बालेन शाह हाल घुमाउरो ढंगले राष्ट्रवाद झल्काकाइरहेका छन् । उनले नेपाल भारत सीमा नाकामा गरेको व्यापारिक कडाइ तथा लिपुलेक र कालापानीको सीमा विवादको विषयमा लिएको अडानका कारण भारत संशकीत छ । अर्कोतर्फ बालेन काठमाडौं महानगरको मेयरमा हुँदासमेत ग्रेटर नेपालको नक्सा कार्यालयमा राखेर चर्चामा आएका नेता हुन् । यहीबीच प्रधानमन्त्री बनेका बालेनले विदेश भ्रमणमा चासो नदिनु र उनको साटो रविलाई नै आमन्त्रण गरिनुलाई थप रोकच रुपमा लिइएको छ ।
