काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सन्तुलन, राजनीतिक अभिव्यक्तिमार्फत आफ्नो स्थान ओजपूर्ण बनाउदै लगेका छन् । राजनीतिक टिप्पणीमा समेत रविले जिम्मेवारीपूर्वक अघि बढ्न खोजिरहेको बेला सरकारलाई समेत दबाबमा पार्न थालेका छन् ।
राष्ट्रिय स्वतन्त्र। पार्टीसंग स्वतन्त्र सांसद तथा मन्त्री महावीर पुनसहित १८२ छन्। पार्टीको आकार पनि ह्वात्तै बढेको छ। भार धेरै भएको र शंकाकाबीच सम्हालिएर अघि बढ्नुपर्ने रवि आफैले स्वीकार गरेका छन्।
रविले यस्तो स्वीकारोक्ति गर्दै गर्दा उनले भनिरहेका छन्, वालेन्द्र शाह नेतृत्वको सरकार असफल भएमा देशमा नयाँ भन्नेहरुबाट हुँदैन भन्ने कुरा स्थापित यहि बिन्दुबाट हुनेछ।
रविले सरकारले गरिरहेका काम सन्तोषजनक नभएको छनक दिइरहेका छन्। तर, उनले योसंगै भनिरहेका छन्। सरकार राम्रो दिशामा छ। तर, सरकारमाथिको नियन्त्रणबारे समेत रविले चेतावनीपूर्वक सन्देश भने दिन छाडेका छैनन्।
वैकल्पिक शक्तिको बहसबाट अब रास्वपालाई निर्णायक शक्तितर्फ लैजानुपर्ने जिकिर रविको देखिन्छ। तर, रास्वपा अत्यधिक बहुमतपछि पनि किन निर्णायक शक्ति भन्न रविलाई संकोच ? प्रश्नहरु देखिन्छन्। यद्यपी रविले पछिल्लो समय सरकारलाई दबाबमा राख्दै सहि दिशा समात्नका निम्ति संकेत दिइरहेका छन्। तर, सरकारमा रहेका मन्त्रीहरुसंग प्रधानमन्त्री वालेन्द्र शाहको केहि दुरी भने देखिन्छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र वालेन्द्रबीच खास सम्बन्ध देखिन्न। समानान्तर जस्तो देखिने गरि व्यवसायीहरुसंग गरिरहेको भेटवार्ताले पनि यसको प्रष्ट संकेत गर्छ।
यतिमात्रै नभई भूराजनीतिक रुपमा समेत संवेदनशील मानिएको नेपालले चाल्नुपर्ने कदममा समेत खास महत्व दिन नसकिएको जस्तो देखिन्छ। प्रधानमन्त्री वालेन्द्र शाहलाई भारतले भ्रमणको निम्ति दिएको विषयमा दिइरहेको अभिव्यक्ति र त्यसको सन्दर्भमा परराष्ट्रन्त्रीले दिएको अभिव्यक्तिले पनि तादम्यता मिलाउन खोज्दा सकारात्मक सन्देश प्रवाह गर्न नसकिएको जस्तो बन्न पुगेको छ। यस्तो कारण पनि रविले सरकारलाई सहि दिशामा लैजानका निम्ति दबाब दिन थालेको देखिन्छ। यद्यपी उनीहरु कसरी अघि बढ्छन भन्ने विषय भने चासोमै छ।
