News 24 Television
बालेनले खोज्लान्, सुगौली र मैत्री सन्धिको सक्कली प्रति ? सिमाविद् र पूर्वमन्त्रीको खुलासा !

काठमाडौं । नेपाल स्वतन्त्र, सार्वभौम सत्तासम्पन्न, भौगोलिक अखण्डता भएको मुलक हो । हाम्रा वीर पुर्खाहरुको बलिदान र योगदानले नेपाल यहाँसमम्म आइपुगेको छ । 

पुर्खाको विरताको गाथा र सन्धि सम्झौताले नेपालको विश्व मानचित्रमा अलग्गै पहिचान छ । तर विभिन्न कालखण्डमा भएका ऐतिहासिक दस्तावेज जोगाउन नसक्दा नेपालमाथि बैंदेशिक हस्तक्षेप बढ्ने शंका उत्पन्न भएका छन् । बेला बेला नेपालले विशेषगरी भारतसंग सिमा विवादको सामना गर्नु परेको छ । नेपालमा पुुनः एकपटक सुगौली सन्धि र मैत्री सन्धिको बहस गर्माएको छ ।  

नेपालको भौगोलिक र ऐतिहासिक अस्तित्वका रुपमा सन् १८१६ को सुगौली सन्धि र सन् १९५० को शान्ति तथा मैत्री सन्धि महत्वपूर्ण मानिन्छ । यी सन्धि बारे विभिन्न कालखण्डमा चर्चा भइरहन्छन् । सुगौली सन्धि नेपाल र तत्कालीन ब्रिटिस इस्ट इन्डिया कम्पनी (बेलायत) बीच भएको थियो भने  शान्ति तथा मैत्री सन्धि नेपाल र भारत सरकारबीच भएको इतिहास छ । सन्धि ताका दुई पक्ष विच भएको सम्झौताको सक्कल प्रति भने नेपालसँग छैनन् । 

जुन विषय बर्षाै देखि चर्चा परिचर्चाको केन्द्र बन्ने गरेको भएपनि सार्थकता दिन कसैले सकेको छैन । सन्धिको सक्कल प्रति जानाजान गायब पारियो वा कसैले प्रलोभनमा बेच्यो ? यो प्रश्न अनुत्तरित बन्ने गरेको छ ।

नेपालको पहिलो प्रधानमन्त्री भिमसेन थापा कालदेखि अहिलेका प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ सम्म आइपुग्दा केहि भ्याउ पाउन सकेको छैन । तर प्रधानमन्त्री बालेन्द्र आफुलाई राष्ट्रवादी नेताको रुपमा परिचित गराउन चाहान्छन् । महानगरमा हुँदा कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्ने देखि चुनावी क्याम्पेनिङमा राष्ट्रिय झण्डा प्रयोग गरे । 

यसले उनको राष्ट्रवाद दर्शाउछ । नेपालको ४३ औँ प्रधानमन्त्री बनेर मुलुकको बागडार सम्हालिरहेका बालेनले इतिहासका पाना पल्टाउलान् ? प्रश्न सोझिएको छ । उनले जेठ १७ को संसदमा प्रश्नत्तोरमा जवाफ दिँदा बेलायतसंग पनि सिमा बारे सल्लाह गर्ने अभिव्यक्ति दिएका थिए । तर चर्चा भने हामीले पनि भारतको सिमा मिचेका छौँ भन्ने विषयमा भएको थियो । 

यतिबेला पुनः फेरी एक पटक नेपालको संसदमा सन्धि बारे चर्चा भएको छ । सुरुमा सोमबारको संसद बैठकको प्रश्नोत्तर कार्यक्रममा कांग्रेस सांसद निस्कल राईले परराष्ट्रमन्त्री शिशिर खनालाई सोधेको यो प्रश्न सुन्नुहोसु र हेर्नुहोस् । 

सांसद राईले जान्न चाहेका थिए की सन् १८१६ मा बेलायतसँग भएको सुगौली सन्धि र १९५० मा भारतसँग भएको शान्ति तथा मैत्री सन्धिको सक्कल प्रति नेपालसँग छ कि छैन । अब परराष्ट्रमन्त्री खनालको यो जवाफ हेर्नुहोस् । 

संसदमा भएको यो प्रश्नोत्तर केवल सवाल जवाफमा मात्रै सिमित भएन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपममा बहसको विषय बन्यो । कुटनीतिक र ऐतिहासिक दृष्टिकोणले ठुलो अर्थ राख्ने बताइन्छ । जबकी हामीले चुच्चे नक्सा संविधानमै राखेरका कालापानी, लिम्पियाधुरा र लिपुलेख हाम्रै हो भन्ने दाबी गरिरहेका छौँ । 

अर्कातर्फ ग्रेटर नेपाल बारे पनि बेलाबेला चर्चा गरिने गरिन्छ । नेपालको संसदमै दुई सन्धिको विषय उठेपछि भारतले पनि मुख खोलेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले मंगलबार नियमित पत्रकार सम्मेलनमा नेपाल र भारतबीच केही विषयमा मतभेद हुन सक्ने भए पनि त्यस्ता विषय समाधानका लागि द्विपक्षीय संयन्त्र रहेको व्रिफिङ गरेका छन् । 

प्रवक्ता जैसवालले द्विपक्षीय संयन्त्र मार्फत् समस्या समाधान गर्नपर्छ भन्नुको अर्थ भारतसंग सक्कली प्रति हुनु नै भन्ने बुझिन्छ । तर नेपालसंग न सुगौली सन्धिको सक्कल र न शान्ति तथा मैत्री सन्धि नै छ । यसले नेपालले दाबी गर्दै आएको चुच्चे नक्सा र अन्य सिमानाका विषयमा सरकारले दरिलो र तथ्य प्रमाण पेस गर्न सक्नुपर्ने हुन्छ । उसो त नेपालसंग प्रमाण नभएको कुरा पूर्व परराष्ट्रमन्त्री नारायण खड्का पनि स्वीकार गर्छन् । उनी यो विषयलाई राजनीतिक फण्डाका रुपमा बुझ्न सुझाव दिन्छन् ।

नेपालको इतिहास दर्शाउने सुगौली सन्धि र मैत्री सन्धिको आधिकारिक प्रमाण नेपालसंग नहुनु लज्जाको विषय हो भन्दा फरक नपर्ला । प्रधानमन्त्री बालेन्द्र पनि भने सिमा समास्या समाधान गर्न छिमेकी मुलुक भारत चिन मात्रै नभएर आवश्यक परेको खण्डमा बेलायतसंग पनि सम्पर्क गर्ने बताइसकेका छन् । 

बालेन्द्रले सिमा विवाद बेलायतसंग जोड्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ । विपक्षीले आलोचना गरेपनि कतिपयले बालेनको यो ट्रिकले नतिजा निकाल्नसम्म विश्लेषण गर्न थालेका छन् । सिमाविद् बुद्धिनाराण श्रेष्ठ भने सुगौली सन्धिको प्रमाण अहिलेसम्म कत्तै फेला नपरेको भएपनि शान्ति सन्धिको सक्कल बेलायतको लण्डनमा रहेको तथ्य पल्टाउँछन् ।

सिमाविद् श्रेष्ठले पेस गरेको मित्र सन्धिको सक्कली प्रमाण प्रधानमन्त्री बालेन्द्र नेतृत्वको सरकारले ल्याउन सकेको खण्डमा इतिहासकै ठुलो सफलता बन्नेछ । तर उनी र उनको संयन्त्रले बेलायत सरकारसंग कसरी डिल गर्न भन्ने कुरामै निर्भर हुने देखिन्छ । यस्तो अवस्थामा के प्रधानमन्त्री बालेन्द्रले सक्कली सन्धि प्रमाण नेपाल फर्काउन सक्लान् ? यो भने समयक्रम अनुसार पुष्टि हुँदै जानेछ ।

प्रकाशित मिति: बिहीबार, साउन २८, २०८३  ०९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update