काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको स्वदेश फिर्ती भएको छ । विहिबार थाई विमान मार्फत देउवा त्रिभुवन विमानस्थल हुँदै निजि निवास चुनदेबी पगे ।
त्यहाँ पुगेका देउवाले आक्रमक सम्बोधन गरेका छन् । जसले कांग्रेस भित्रको राजनीतिमा केहि बदलावको विश्लेषण सुरु भएका छन् । पाँच महिना विदेश बसाईलाई विट मारेका देउवा पार्टी भित्रको राजनीतिमा होमिने छन् कि के गर्छन् ?
सिंगापुरदेखि थाइल्याण्ड हुँदै साँढे पाँच महिना पछि स्वदेश फर्किएका शेरबहादुर देउवाको यो आक्रोसपूर्ण अभिव्यक्तीले कांग्रेस भित्रको राजनीति थप रोचक बन्ने देखिएको छ ।
सबैलाई लागेको थियो गत बर्ष भदौ २४ को जेनजी आन्दोलनमा मरणाशन्न हुनेगरी कुटिएपछि शान्त र सौम्य बनेका देउवाको उहि शैली देख्न पाइनेछ । तर देउवा भिन्न अवतारमा देखिए । उनको यो आक्रामक शैली कांग्रेस सभापति गगन थापा र वर्तमान सत्तालाई नै हो । यसमा अहिलेका इतर पक्षका नेताहरुले देउवालाई ठुलै ललिपप देखाएको जस्तो देखिएको छ ।
विमानस्थलमा देखिएको भब्य स्वाततमा उनी पक्षका नेताहरु निकै खुसि र मख्ख देखिन्थे । सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकतामा दिएको चासो र देउवाको भव्य स्वागतको रहस्यले सभापति गगन पक्षलाई दबाब सिर्जना भएको मान्न सकिन्छ ।
श्रीमती आरजु राणा देउवा र छोरा जयविर देउवा विनै स्वेदश फर्किएका देउपा अब कसरी सक्रिय बन्छन् त सुनौँ निवर्तमान कांग्रेस कार्यवाहक सभापति पुर्णबहादुर खड्का र नेता रामहरी खतिवडाको प्रतिक्रिया ।
उसो त देउवाले जारी गरेको प्रेस विज्ञप्तिमा एक नागरिकको रुपमा स्वदेश फर्किएको भन्न भ्याएका छन् । तर उनको स्वागतमा देखिएको तामझाम र सक्रियताले केहि पाक्दैछ भन्ने संकेत गर्छ । अरु त अरु चुनदेवी स्थित इतर पक्षको कार्यालयमा देउवाकै तस्बिर राखेर सभापतिका रुपमा अथ्र्याइएको छ ।
यस कारण देउवाको स्वदेश फिर्तीमा भयङ्कर रहस्य लुकेको कुरा नकार्न सकिदैन । साथै, इतर पक्षका नेताहरुले शुक्रबार काठमाडौँमा हुने राष्ट्रिय भेलामा देउवाको सम्बोधन हुने पनि दाबी गरेका छन् ।
यसले नेपाली कांग्रेस भित्रको विवाद थप उत्कर्षमा पुग्ने देखिएको छ । यद्यपी सर्वाैच्च अदालतले कसलाई आधिकारिकता दिन्छ भन्ने कुराले कांग्रेसको भविष्य निक्र्याल गर्नेछ । अव थाई एयर मार्फत स्वदेश फर्किएका देउवाको त्रिभुवन विमानस्थलमा भएको स्वागत कस्तो भयो ? त्यो हेरौ ।
गगनको स्वागत
स्वदेश फर्किएका देउवालाई कांग्रेस सभापति गगन थापाले अर्थपूर्णरुपमा स्वागत गरेका छन् । इतरपक्षले सभापतिकै हैसियत दिन खोजिरहेका बेला गगनले भने केन्द्रीय समितिको बैठकबाटै देउवालाई स्वागत गर्दै पूर्वसभापति भनेका छन् ।
स्वागतमा हार्दिकता देखाएपनि संस्थापन पक्ष देउवाको आकस्मिक फिर्तिबाट सशंकित छ । सरकारले देउवालाई स्वदेश फर्कने चाँजोपाँजो मिलाएको आशंका अहिले संस्थापन पक्षका नेताहरुले गरिरहेका छन् । यसले पनि देउवाको नेक्स्ट स्टेप के हुन्छ भन्नेमा संस्थापन पक्ष त्रसित नै देखिएको छ ।
